कृष्णमणि बराल
पानी जीवन हो । पानी बिना कुनै पनि सजीव प्राणी बाच्न सक्दैन । पानीको महत्व त्यती बेला हुन्छ जति बेला पानीको अभाव हुन्छ ।पानीको महत्व बुझेरै होला नेपाली संस्कृतिमा नदीलाई पुजा गरिन्छ । खोला, ताल लगायत पानीमा फोहोर गर्नु हुँदैन पाप लाग्छ हजुरआमा हजुरबुवा भन्नु हुन्थ्यो । आमा बुवाले पनि भनिरहनु हुन्छ । तर पछिल्ला समयमा ९ तालको शहर पोखराका ताल मात्र होइन नदी र खोलाहरु हाम्रौ कारणले प्रदूर्षणको चपेटामा छन् ।
त्यही जीवन संग जाेडीएकाे पानी अभावमा एक साँझ एक छाक छाेड्नु परेकाे यात्रा संस्मरण तपाइँ माझ राख्दै छ । अन्नपूर्ण संरक्षण क्षेत्रका विश्वप्रख्यात पदयात्रा मार्गमा धुलाे र धुवाँ उडाउँदै सवारीसाधन गुड्न थालेपछि नयँा नयँा पदयात्रा मार्गकाे खाेजी हुँदै अाएकाे छ। पदयात्रा पर्यटनलाई जोगाई राख्न नयाँ बैकल्पीक पदयात्रा मार्गको खोजी टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले गर्दै अाएकाे छ । माघ ३ गते देखि एक हप्ता टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका अध्यक्ष सुशीलराज पौडेलकाे नेतृत्वमा अन्नपूर्ण संरक्षण क्षेत्रको ताङतीङ, क्रपुडाँडा, चम्रो, गुरुङ समुदायको ऐतिहासिक थाकथलाे क्होला सोथर, तुहुके ताल, कोरी, हुगुगोठ, कफुचे हिमताल देखि पर्यटकीय गाउँ सिक्लेस जाेड्ने गरि नयँा पदयात्रा मार्गकाे खाेजीमा २० जनाकाे एक टाेली पदयात्रामा थियाे । यस पदयात्रामा म पनि पत्रकारका नाताले जोडीन पुगेकाे थिए । हाेटल, रेष्टुरेण्ट नभएकाेले पदयात्रामा जंगलमै टेण्ट गाडेर बस्नु पर्थ्याे । खाद्दान्न, तरकारी अाफै बाेकेर लिएर जानु पर्थ्याे यसैले टाेली ठूलाे थियाे ।
चम्रोमामा हामीले खाना पकाउन र पिउन प्रयाेग गरिएकाे पाेखरीकाे पानी । तस्बिर : कृष्णमणि बराल
८ वर्ष अघि नै म र राम गुरुङ दाइ भाचोक गाउँ हुँदै भाचाेकका स्थानीय संगै दुध पोखरी पुगेका थियाै । त्यती बेला हामी चम्रोमा दोस्रो रात बास बस्न पुगेका थियौ । यस यात्रामा पहिलो रात त्यही बस्न पुग्याै । ८ वर्ष अघि भदौ महिनामा अरु तिर्थयात्री जस्तै हामी पनि जनै पूर्णीमामा दुध पोखरीमा नुहाउन र पुर्जा गर्न जाने क्रममा चम्रोमा बास बस्न पुग्दा त्यती बेला त्यहाँ पानी प्रसस्त थियो । यात्राका ७ दिन नै पानी परेर दुःख कष्ट सहेरै रुझदै भिज्दै रमाउँदै यात्रा गरेका थियौ ।
यस पटक भने अनुभव फरक रहयो । क्रपुबाट करिव ६ घण्टा लगाएर हामी पहिलो रात थकाई मार्न चम्रो पुग्यो । त्यहाँ पुग्दा साँझ परिसकेको थियो । माघको महिना मौषम चिसो हुने नै भयो । दिनभरको थकान मेटाउन हामी धर्मशाला नपुग्दै हाम्रो टिमका साथीहरु पानी खोज्न हामी भएतिरै रित्तोभाडो लिएर आउनु भो । पहिले नियमीत अाउने पानी यो हिउँदमा मुल नै सुकेको रहेछ । धर्मशाला नजिकै क्रपु झर्ने भिरमा हिलो थियो । केही थोपा पानी झरिरहेको छ । त्यही थोपा भाँडामा जम्मा गर्न केही थोपा बढाउन सकिन्छ कि भन्दै काइलादाइ र साथीहरु लागे ।
तर २० जनाको टोलीलाई यसरी पानी जम्मा गरेर तातोपानी र खानापकाउने पानी जोहो गर्न नसकीने भएपछि अर्को बिकल्पका खोजीमा साथीहरु लागे । हाम्रो साथमा काइलादाई जो ३० वर्ष सम्म यसै क्षेत्रमा भेडीगोठमा जिवन बिताउनु भएको थियो । उहाँ हुनुहुन्थ्यो । उहाँले पूर्व तिर पोखरी छ । के कति पानी छ लिएर आउनु भन्नु भो । यसै अनुसार साथीहरुले पोखरीको पानी ल्याएर छाने उमालेर हामीले त्यही पानी पियौं र खाना पकाएर खायौं । यसरी हामीले यात्राकाे पहिलाे दिन नै पानीकाे अभाव झेल्याै । यात्रा चम्रोबाटअघि बढ्याे र दोस्रो रात गुरुङ समुदायको एेतिहासिक थाकथलो क्होला सोथरमा बस्यौं । त्यहाँ पानीकाे समस्या रहेन । पुरानाे एेतिहासिक पानी घट्ट नजिकै खाेलामा स्वच्छ पानी बगी रहेकाे थियाे । तेस्रो रात तुहुके ताल र चौथो साँझ कोरी पुग्यौैं ।
साँझ पख सुन्दर कोरी डाँडा पुग्दा कुहीरो लागिसकेको थियो । ३८ सय मिटरमा उचाइमा रहेको कोरी डाँडामा जाडो निकै थियो । आउँदा बाटो मै सुख्खा खोला भेटिएको थियो । त्यही सुख्खा खोलामा कोरी सम्म लग्ने पाईप जोडिएको थियो । कोरीमा पुगेपछि फेरि काइला दाईको नेत्रीत्वमा पानी खोज्न टाेली निस्कियाे । करिव ४५ मिनेट पछि पानी खोज्न जानु भएका अनुभवी काइला दाइकाे टाेली िरत्ताे हात फर्कीयाे । ३० वर्ष यसै क्षेत्रमा भेडीगोठ संचालन गर्नु भएका काइला दाइले यस्ताे सुख्खा पहिले कहिल्यै नबेहाेरेकाे सुनाउनु भयाे । जसबाट भरोसा गरेका थियौ उनैले पानी ल्याउन नसकेपछि पानी पाउँने अाशा मरेकाे थियाे । पदयात्रा पर्यटनका युवा व्यवसायी दीपक सापकोटा, विजय केसी र कुमार अधिकारी भाइ पानी खोज्न निस्के । खोज्दा पानी नपाएपछि करिव एक घण्टा पछि नजिकैको गोठमा गाेठालाले जाेहाे गरेर राखेको करिव १६÷१७ लिटर पानीकाे ग्यालुन लिएर साथीहरु आए ।
त्यती पानीले खाना पकाएर खाने कुरा पनि भएन । पानी पनि अडकलेर खानु पर्ने भाे । चिया पाक्यो । पानी तात्यो त्यही चिया र ताताे पानी खार्यौ र त्यो रात सुत्यौ । यसरी पानी नपाउँदा हाम्रो यात्राको चौथो रात खाना पाकेन । भोलीपल्ट बिहान तीन घण्टा हिडेपछि नुटामा पानी भेटीयो । पानी भेटीएपछि सबैमा खुशी छायाे । अनुहारमा चमक अायाे । धित मर्ने गरि साथीहरुले मजाले चिसाे पानी नै पीए । पानी पनि तात्याे । ताताे खानेले ताताे पानी खाए । साथीहरुले खाना पकाउनु भो खाना खायौ र हुगु गोठ तिरको यात्रकालागि तल हानीयाै ।
नयाँ पदयात्रा मार्गको खोजीको आयोजक टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ थियो । कास्कीकाे मादीगाउँपालिकाकाे सहयोग र नेपाल पर्यटन बोर्डको प्रवद्धन रहेको थियो । पानीको समस्या देखेपछि टानका अध्यक्ष सुशीलराज पौडेल र मादी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष एकजंग गुरुङले पहिला पानीको समस्या हल गर्ने गरि काम हुनु पर्नेमा जोड दीए । पदयात्रा पर्यटन क्षेत्रमा लामाे समय काम गरेका पर्यटन व्यवसायीले नयाँ पदयात्रा मार्ग निकै उत्कृष्ट रहेकाेले संचालनमा ल्याउन ढिलाई गर्न नहुने बताए । हिउँदमा पदयात्रा गर्न अाउने मानीसलाई मात्र होइन जंगली जनावरलाई समेत पानीको समस्या हुने भएकाेले पानीकाे समस्या पहिले हल गर्नु पर्नेमा उनिहरुले जाेड दिए । वडा अध्यक्ष गुरुङले सुख्खा मौषममा हुने पानीको समस्या समाधान गरेर पदयात्रा मार्ग छिट्टै संचालन गरिने बताए । काइला दाइले लामाे समय पानी नपर्दा यस वर्ष हिमाली क्षेत्रमा हिउँ नलागेकाे सुनाए । यस्ताे खडेरी भएर खाेला नै सुकेकाे पहिले अाफुले थाहा नपाएकाे पनि उहाँले सुनाउनु भयाे ।
पृथ्वीको तापक्रम बढेसंगै हिमालमा हिउँ र ग्ल्यासियर पग्लदै गएको वैज्ञानिक अनुसन्धानमा देखिएकाे छ । विश्व भर नै यस्ताे अवस्था देखिएकाे वैज्ञानिक बताउँछन् । तापक्रम वृद्धिकाे असरले हिमाल, पहाड र तराइ सबै क्षेत्रमा पानीका मुहान सुक्दै गएका छन् । तल्लो तट चितवन राष्ट्रिय निकुञ्जमा पानीको अभाव वन्यजन्तुले भोग्न नपरोस भनेर गैडा र हात्तिकालागी पोखरी बनाएकाे समाचार आइरहेका छन् । हिमाली क्षेत्रमा पनि वन्यजन्तुकालागि हिउँदमा पानी अभाव हुने अवस्था देखिएको छ । यस तर्फ पनि सोच्नु पर्ने बेला आएको यो यात्रामा देखियो ।
पानीकाे अभावमा सुन्दर काेरी डाँडामा खाना पकाएर खान नपाएकाे त्याे रात मैले ३० वर्ष अघिकाे सफा फेवाताल सम्झे । तालमा मात्र हाेइन बिराैटाकाे मुलकुलाेमा पाैडी खेलेकाे र तालकाे पानी बगेर गएकाे बिराैटाकाे कुलाकाे पानी खाएकाे सम्झना त्यती बेला झलझली अायाे । सफा बुलाैदी, फिर्के खाेलामा पाैडी खेलेकाे पानी खाएका दिनहरु पनि स्मरण भयाे । यसै गरि चम्रोमा पानीकाे मुल सुकेपछि पाेखरीकाे पानी खानु पर्ने अवस्था अाउँदा त्याे रात मनमा अनेक कुरा खेले । भाेली हाम्रौ पालामा हामीेले अहिले खाइआएका पानीका स्रोत सुके र फेवाताल, बुलौली, फिर्के खोलोको पानी खानु पर्ने अवस्था आयो भने के हाम्रो शरिरका अंगले काम गर्लान ? हाम्रौ कारणले प्रदूषर्णको चपेटामा परेका ति खोला, नदी र फाेहाेर तालकाे त्यो पानी हामी खान सकौला ? यस्ता अनेक प्रश्नका बाण एकोहोरो म माथी प्रहार भएको मैले महसुस गरे ।
गुरुङ समुदायकाे ऐतिहासिक थाकथलाे क्हाेलासाेथरमा रहेका ऐतिहासिक भग्नावशेष । तस्बिर :कृष्णमणि बराल
Leave A Comment