कृष्णमणि बराल द्वारा खिचियका भिडियो

नेपालमा बारमबार दाेहाेरिएर किन जहाज, हेलिकाेप्टर दुर्घटना हुन्छ । यसरी दाेहाेरिने गरि हुने दुर्घटना नियन्त्रणकाे प्रयास किन राेक्न सफल भएकाे छैन् । यसबारेमा बहस भइरहनु पर्छ र बारम्बार दाेहाेरिने दुर्घटना राेकिनु पर्छ । तर त्यस्तो देखिदैन ।

बारम्बार हुने जहाज, हेलिकप्टर दुर्घटनाले झस्याङ् बनाउँछ । मनै चसक्कै हुन्छ । त्यस्तै डरलाग्दाे विमान दुर्घट्ना २०७९ माघ १ गते भएकाे थियाे । देशकै सबैभन्दा भयानक विमान दुर्घटना पाेखराकाे सेती नदी किनारमा भएकाे थियाे । ७२ जना यात्रु सवार जहाज दुर्घटनाकाे समाचार विश्वभर क्षणाभरमै फैलियाे । यस्ताे कहालिलाग्ने दृश्य क्यामरामा कैद गर्नु बाध्यता आइलाग्याे । यस्ता दृश्य क्यामरामा कैद गर्नु सजिलाे कुरा हुँदै हाेइन । पेशागत धर्म निभाउनु पर्ने । आँसु पुछ्दै यस्तो दृश्य क्यामरामा कैद गर्नु प¥यो ।

यस्ताे दुःखद क्षणका तस्बिर मैले काम गर्ने पत्रिका अन्नपूर्ण पाेष्टकाे साथै बीबीसी नेपाली सेवालाई फोटो, भिडियो उपलब्ध गराउनु थियाे । यसैले यस्ताे दु:खद क्षणकाे तस्बिर खिच्नु नै थियाे । यस्ता ठूलो दुर्घटना हुँदा अन्तर्राष्ट्रिय न्यूज एजेन्सीले पनि सम्पर्क गरेर फोटो, भिडियो पठाउन अनुरोध गर्ने गर्दछन् । यसैले मिडियालाइ पनि उपलब्ध गराउँदै आएको हाे ।

यस दु:खद क्षणकाे तस्बिर धेरै अन्तर्राष्ट्रिय न्यूज एजेन्सीले प्रयोग गरे । ति एजेन्सीमा प्रयोग भएका भिडियाे तथा तस्बिर युराेप, अमेरिका लगायत देशका मुख्य पत्रिकाका मुख्य पृष्ठमा छापिएछन्। जहाज दुर्घट्ना भएकाे फाेटाेहरुमा दुर्घट्नापछि उद्धार गर्न नै समस्या हुने गरी उर्लेकाे जनसागर देखिने तस्बिर विदेसी मिडियाकाे नजरमा परेछ । यसै बारेमा फ्रान्सको प्रमुख टेलिभिजन मध्यको एक आर्टे टेलिभिजनमा आवद्ध एक पत्रकारले म संग सम्पर्क गरेर कुरा गरेकी थिइन् ।

हामीकाेमा यस्ता विषयलाइ केलाएर डेप्थ स्टाेरी गर्ने चलन छैन तर फ्रान्सको टेलिभिजनले तस्बिर देखेर नै यस विषयमा समाचार बनाउन सम्पर्क गरे । मैले त्याे जलीरहेकाे जहाज वरपर उर्लेकाे जनासागर समेटिने गरि त्याे फ्रेममा खिचेकाे विषय मात्र हाेइन त्यसरी मान्छे उर्लदा उद्धरमा कस्ताे असहज भयाे भन्ने सम्मका गहिराे प्रश्न मलाई सोधियो । जे अवस्था त्यती बेला भएकाे थियो त्यसबारेमा मेले जानकारी दिए ।

त्यो दुःखद क्षण सम्झँदा अहिले पनि कहाली लाग्छ । सपना जस्तो लाग्छ । सत्यलाई पत्याउनु पर्ने । जहाज दुर्घटनामा प्रिय भाइ त्रिभुवन पौडेल लगायत धेरैलाई गुमाउनु पर्दा अझै विश्वास लाग्दैन । धेरै पछि यो अन्तरवार्ता राख्ने जमार्काे गरे । हेरेर सुझाव दिन सक्नु हुन्छ ।

धन्यवाद ।

 https://www.arte.tv/fr/videos/110342-056-A/le-dessous-des-images/?fbclid=IwZXh0bgNhZW0CMTEAAR3uV44vQom7hL65JiVroU_zOC0quhdk_gkzSVcSbg71TSp_6nc8yLi65Lw_aem_I8Z4S02gvsi7q9PUdlCvdQ

https://www.arte.tv/fr/videos/110342-056-A/le-dessous-des-images/?fbclid=IwZXh0bgNhZW0CMTEAAR3uV44vQom7hL65JiVroU_zOC0quhdk_gkzSVcSbg71TSp_6nc8yLi65Lw_aem_I8Z4S02gvsi7q9PUdlCvdQhttps://www.bbc.com/nepali/articles/c6p668d6754ohttps://www.bbc.com/nepali/articles/c6p668d6754o

Ethnic Media in Canada.
Birds Tourism in Nepal
Yekadasi Mela in Ramghat Pokahra, Nepal.

We land port Ontario.

https://www.bbc.com/nepali/articles/c6p668d6754o