कृष्णमणि बराल
कहालीलाग्ने जहाज दुर्घट्नाकाे त्याे दृश्य सम्झँदा अझै पनि पत्याउन सक्दिन । हाे र जस्ताे लाग्छ । दैनिक दुःख, खुसी, अपराध, खेल, सिनेमा सबै खाले समाचार लेख्नु पर्ने र ति दृश्य क्यामरामा उतार्नु पर्ने पत्रकारिता पेसा ।
हिजाेकाे त्याे कहालीलाग्ने माओवादी द्धन्द्धकाल हाेस वा अहिलेका यस्ता दुर्घट्ना सम्झँदै डर लाग्छ । हिजाे माओवादी द्धन्द्धकालमा विद्रोही पक्ष होस कि राज्यपक्ष दुवैको गोली हानाहानका कारण जनता मारमा परेका थिए । सर्वसाधारण पनि दुवैको निशानामा परेका थिए । तस्बिर खिच्दा कति पटक माओवादी पक्षबाट धम्की आए । कति पटक सरकार पक्षले दु:ख दिए । त्यती बेला माओवादी द्धन्द्धमा परेर मृत्यु भएका परिवारको आँसु झरेको तस्बिर खिच्नु पर्ने बाध्यता आउँथ्यो । तस्बिर खिच्नु बाध्यता थियाे । डर पनि थियाे । अनेक जाेखिम पार गरेर यहाँ सम्म आइयो ।
त्यस्ता द्धन्द्धका घटना मात्र होइन प्राकृतिक विपदमा परेर ज्यान गुमाएका परिवारको तस्बिर खिच्नु अर्को दुःख थियो । अन्नपूर्ण पदयात्रा क्षेत्रमा हिमपहिरोमा परि मृत्यु भएकाको र आफन्तको तस्बिर खिच्नु पर्ने अवस्था पनि बेला बेलामा आए । बाढी, पहिरोमा परी मृत्यु भएका, सवारी साधन दुर्घटनामा परी मृत्यु भएका आफन्तको रोदनका तस्बिर पनि कति पटक आफै रुदै तस्बिर खिच्नु परेकाे छ । यस्ता दृश्य क्यामरामा कैद गर्नु सजिलाे हुँदै हाेइन । याे आफैमा दु:ख हाे । दु:खमा आँसु झार्दै तस्बिर खिच्नु सजिलाे हुने कुरै रहेन ।
यति एयर दुर्घटना अघि पोखराबाट मुस्ताङ जानेक्रममा दुई पटक भएका जहाज दुर्घटनाकाे तस्बिर खिच्ने क्रममा मन थाम्न नसकी रुवाएकाे थियाे । जहाज सम्पर्क विहीन भन्ने समाचार सुने लगतै जहाजमा यात्रा गरिरहेकाका आफन्त हतारिदै विमानस्थल पुग्छन् । विमानस्थल पुगेका आफन्त विमानस्थलमै विलाैना गरेकाे दृश्य सहितकाे आँसु बगेका तस्बिर खिच्नु पर्छ । यस्ता दृश्यका तस्बिर स्वदेशमा मात्र हाेइन विदेशका ठूला मिडियाका हेडलाइनमा छापिन्छन् । यस्ता दु:खका तस्बिर खिचिरहदा लाग्छ नेपालमा कति सुन्दर दृश्य छन् । जुनले धेरैकाे ह्यदय खुशी बनाउँछ । ति दृश्यकाे तस्बिर पनि मैले खिचेकाे छु । तर ति खुशी बनाउने दृश्य भएका तस्बिर कहिल्यै मागिएन ।
तर आँसु बगेका अनुहारहरु भने निकै खाेजि हुन्छ । कुनै प्राकृतिक सुन्दरताका तस्बिर भन्दा पनि दुःखमा बगेका आँसु सहितका तस्बिर किन धेरै बिक्री हुन्छ हाेला ? दुःखमा पनि निस्फीक्री रुन किन दिइदैन । क्यामराले घेरिएपछि ति आँसु रोकिन्छन् समहालीन खोज्छन् र फेरि भक्कानिन्छन् । दुःखमा झरेका आँसु संसारका मिडियाले किन प्राथामिक्ता दिन्छन हाेला ? यो मेरो जिज्ञासा हो । यस्ता दृश्य कहिल्यौ खिच्न नपरोस भन्ने हुँदा हुँदै पनि ठूलो घट्ना फेरि दोहोरिएर आउँछन । त्यस्ता दृश्य फेरि खिच्नु पर्ने । त्यस्तै तस्बिरकाे खाेजी हुने । आखिर संसारमा खुशी भन्दा धेरै आँसु बिक्री हुने त रहेछ ।
यहाँ भने दुर्घटनामा परेर आफन्तका आँसु झरेका तस्बिर भन्दा पनि जहाज कसरी दुर्घटना भयो । दुर्घट्ना भएपछि जम्मा भएको मानव सागरका कारण उद्धार कार्यमा कस्तो प्रभाव रहयो । मैले खिचेका मध्ये धेरै तस्बिर विदेशी मिडियाका मुख्य पृष्ठमा छापियाे । त्यस मध्ये एउटा तस्बिर निकै चर्चामा आएको रहेछ । जलिरहेकाे जहाज वरपर, सडक, नदी किनार मात्र हाेइन घरकाे छतमा पनि भिड भएकाे त्याे तस्बिरकाे निकै चर्चा भएछ । यसरी लागेकाे भिडका कारण कतै उद्धारमै समस्या त आएन भन्ने विषयमा केन्द्रित भएर विभिन्न देशका मुख्य पत्रिकामा मैले खिचेकाे तस्बिरकाे बारेमा फ्रान्सको एक मुख्य टेलिभिजन आर्टे टेलिभिजनले बहस नै चलाएकाे थियाे । त्यसमा केन्द्रित हुँदै छु ।
त्यस भिड सहितकाे जहाज जल्दै गरेकाे तस्बिरलाई लिएर फ्रान्सकी एक जना पत्रकारले मलाई इन्स्ट्राग्राममा सम्पर्क गरिन । फोन नम्बर मागिन र त्यस तस्बिरका बारेमा लामो कुराकानी भयो । फ्रान्सको चर्चित आर्टे टेलिभिजनमा त्यस फोटोको बारेमा बहस भयको थियो । आर्टे टेलिभिजनमा प्रकाशित सामाग्री तल युटुबमा हेर्न सकिन्छ । साथै डाइरेक्ट टेलिभिजनको लिंक क्लिक गरेर पनि हेर्न सक्नु हुन्छ ।
विश्व साँगुरो भइसकेको छ । जहाँ घट्ना भए पनि छिनभरमै विश्वभर फैलन्छ । यो डिजिटल युगमा कुनै एउटा कुनामा भए गरेका घट्ना छिनभरमै भाइरल भइजान्छ । यस्तै पोखरामा यति एयर विमान दुर्घट्ना हुँदा भएको हो । यसमा विश्वका मुख्य संञ्चार माध्यमले मुख्य समाचार बनाए । तर त्यस्ता दृश्य खिच्न भने सजिलो छैन ।
विभिन्न कारणले दुःखमा परेर बलिन्धारा आँसु खसालेको अवस्थाका तस्बिर म आफै रुदै खिचेको छु । छिमेकी दाजु नै विमान दुर्घटनामा पर्दा पनि रुदै उहाँको शवको तस्बिर खिच्नु पर्ने बाध्यता आइलागेको थियो । युवा नेता, तत्कालिन मन्त्री रविन्द्र अधिकारी हेलीकोप्टर दुर्घट्नामा परि मृत्यु हुँदा उहाँको शवलाई पोखरा ल्याएर नगरपरिक्रमा गर्दा रुदै तस्बिर खिचेको थिए । यस्तो घट्ना फेरि नहोस भन्यो । फेरि उस्तै पिढा दिने गरि दोहोरिन्छ ।
पछिल्लो समय २०७९ माघ १ गते ७२ जना यात्रु लिएर काठमाडौँबाट उडेको जहाज पोखरामा अवतरण गर्नु केही मिनेट अघि सेतीमा दुर्घटना हुँदा त्यो कहालीलाग्दो दृश्यको रिपोटीङ, तस्बिर र भिडियो खिच्नु पर्ने बाध्यता आइलाग्यो । पेसाका कारण आफूले काम गर्ने पत्रिकाकालागि, यस्तै गरी बीबीसी नेपाली सेवाकालागि भिडियो र तस्बिर खिच्नु पर्ने जिम्मा थियो । यस्तै गरी अन्तर्राष्ट्रिय न्युज एजेन्सीकालागि पनि साथीहरूले तस्बिर र फोटो खिच्ने जिम्मा दिनु भएपछि आँसु झाँदै तस्बिर भिडियो खिच्नु पर्ने बाध्यता आइलाग्यो । घटना भएको दुइ वर्ष हुन लाग्याे । त्याे क्षण सम्झदा कहालीलाग्छ ।
त्यो कहालीलाग्दो दृश्य सम्झना नचाहेर पनि त्यही समय तिर फर्केर त्याे समयकाे फाेटाे खाेजिहुन्छ र फेरि सम्झना दिलाउँछ । ७२ जना मान्छे सवार जहाज खस्छ र जल्छ । मान्छै भित्र जलीरहेछ । बचाउन सक्ने कुनै उपाय छैन । त्यस्तो दुःखद क्षणको दृश्य बाहिर बसेर खिच्नु पर्दा कुन मानवको मन भारी नहाेला । मन नराेला ? । तर पेसाका कारण वध्यता थियो । आँसु झादै त्यो दृश्य कैद गर्न सजिलो थिएन । फोटो खिचिरहँदा अझै त्यस जहाजमा पत्रकार महासङ्घका केन्द्रीय सदस्य, भाइ त्रिभुवन पौडेल लगायत चिनेका अरू साथीहरू पनि छन् भन्ने सुनेपछि झन् हात काँप्यो । म कार्यरत पत्रिका अन्नपूर्ण पोस्ट, बिबिसी नेपाली सेवाले मात्र होइन धेरै अन्तर्राष्ट्रिय मिडियाले पनि तारनतार दुर्घटनाको अवस्थाको समाचार, फोटा, भिडियो पठाउन भनिरहन्थे । त्यसकैकालागि कर्म त गर्नु नै थियाे । मन दराे बनाएर त्याे दु:खद क्षणाका दृश्य क्यामरामा कैद गरेकाे तस्बिर बेलायत, युराेप, अमेरिका लगायतका देशका मुख्यपत्रिकामा मुख्य तस्बिर बने । एउट तस्बिरले त हँगामा नै मच्चाएछ ।
जहाज जलेपछि मान्छेकाे त्याे भिड छिचली सक्नु थिएन । दमकल. एम्बुलेन्सका के कुरा मान्छे नै ठेलमठेल थिए । जहाज जलिरहेकाे नजिकै समेत भिड पुगेकाे थियाे । यसले गर्गदा उद्धार गर्न नै समस्या बनाउने सम्मकाे अवस्था देखिएकाे थियाे । घरकाे छतमा, ;सडकमा, गहिरीएर बगेकाे सेतीकाे गल्छी किनारमा पनि मान्छे नै खस्ने हाे कि भन्ने गरी भिड लागेकाे थियाे ।आफ्नै कार्यक्षेत्रमा देशमै अहिले सम्मकै ठूलो दुर्घटना हुँदा मेनस्ट्रिम जर्नालिजम गरिरहेको मेरा लागि काममा खटिनु नै थियाे । जतिसुकै दुःखद क्षण भए पनि आफ्नो व्यावसायिक धर्म निभाउनु नै पर्ने थियो । सुरुमा जलिरहेको जहाज देख्दा मन भक्कानियो । आँसु झरे । शान्त रहे । मान्छे भित्र छन् । जहाज जलिरहे छ । त्यो दृश्य देख्दा कसको मन रुँदैन र। जहाज भित्र अझै आफ्नै मान्छे पनि हुन सक्छन् । मन सम्हाले र जलिरहेको जहाज तर्फ मोबाइलले भिडियो खिच्दै र क्यामराले तस्बिर लिदै अघि बढे । पोखरा ७ र १५ वडाको बीच भाग भएर बग्ने सेतीको दुवै तर्फ जहाजका भग्नावशेषहरू छरपस्ट थिए । सेतीको पारिपट्टि १५ नम्बर वडा तर्फ जहाजको ठूलो भाग दनदनी जलिरहेको थियो ।
मान्छेहरू उद्धार कार्यमै बाधा पर्ने गरी ओइरिएका थिए । दुर्घटना स्थल, सडक, नदीमै खस्ने गरी नदीको किनार, पुलपुलेला जहाँतही मान्छे नै मान्छे । हामी यति धेरै बेरोजगार र अबुझ भयौ कि एम्बुलेन्स, दमकले पनि छेक्ने गरी जम्मा भयौ । उद्धार र उपचार पहिले भन्ने त हाम्रो दिमागमा आउने कुरै रहेन । हुँदा हुँदै जलिरहेको जहाजलाई पृष्ठभूमिमा पारेर सेल्फी खिच्नेको पनि उस्तै पारा थियो । दुर्घटना स्थल तर्फ आउने क्रममा मुस्ताङचोक देखि नै मान्छेको भिड थियो । दम्कल र एम्बुलेन्सका त के कुरा मोटरसाइकललाई पनि बाटो पाउन मुस्किल भइरहेको थियो । भिड छिचोल्दै दुर्घटना स्थल पुगेको थिए ।
त्यो भयानक क्षण सम्झँदा अहिले पनि कहाली लाग्छ । कसरी खिचियो होला त्यती बेला त्यो भिडियो, फोटो भन्ने हुन्छ । मैले खिचेका फोटोहरू र भिडियो विश्वका मुख्य मिडियाहरूले मुख्य पृष्ठमा स्थान दिएर समाचार बनाएका थिए । त्यही मध्येको एउटा फोटो युरोप लगायत विभिन्न देशमा निकै भाइरल भए छ । त्यही फोटोको बारेमा केन्द्रित भएर म संग फ्रान्सको टेलिभिजन आर्टेले अन्तरवार्ता लिएको थियो । त्यती बेला लिएको अन्तरवार्ता अहिले बल्ल सेयर गर्दै छु ।
त्यो घटना सम्झँदा अहिले पनि कहाली लाग्छ । सपना जस्तो लाग्छ । सत्यलाई पत्याउनु पर्ने । जहाज दुर्घटनामा प्रिय भाइ त्रिभुवन पौडेल लगायत धेरैलाई गुमाउनु पर्दा अझै विश्वास लाग्दैन । त्रिभुवन भाइले कतै फेरी फोन पो गर्छन् कि जस्तो लाग्छ । भाइ सँगै थोरङला पास गर्दाको क्षण लगायत धेरै क्षण सम्झना आउँछ । घटना भएको डेढ वर्षपछि यो मेरो तस्बिरबारे फ्रान्सको मुख्य टेलिभिजन आर्टेले म संग र अन्य विज्ञ संग गरेको कुराकानीको भिडियो सेयर गर्ने जमर्को गरे ।
Leave A Comment