कृष्णमणि बराल

फेवाताल भित्रकाे यस संरचना र यस वरपरकाे ताल क्षेत्रलाई हामी सानाे छदा स्विमिङपुल भनेर चिन्याै । हामी भन्दा पाकाले यही भनेपछि हामीले ( मेराे उमेर समूहका साथी) पनि त्यही नामले चिन्दै अायाै । हिजाे अाज पनि स्थानीय युवाहरु तालकाे यस क्षेत्रलाई स्विमिङ पुल नामले चिन्दछन् । उति बेला बैदामकाे तालबाराही माविमा अध्ययन गर्ने हाम्रा साथीहरु हाप टाइममा पनि स्विमिङ पुल गएर पौडी खेलेर आएको भन्थे । गर्मी मौसममा छुट्टीको बेलामा त यहाँ पौडी खेल्ने युवाहरुको भिड्नै लाग्थ्यो ।

वास्तवमा यो स्विमिङ पुल भने होइन । फेवातालको दृश्यावलोकनकालागि बनाइएको टावर हो । तत्कालीन पोखरा नगर याेजनाले दृश्यावलोकनका लागि याे टावर २०३४ साल तिर बनाएको पोखरा उपत्याका नगर विकास समितिका पूर्व अध्यक्ष समेत रहनु भएका स्थानीय रमेश बहादुर भट्टराइले सुनाउनु भयाे । तालभित्रै दृश्यावलाेकन टावर बनेपछि तालमा पाैडी खेल्ने बानी परेका युवाहरु यही टवारबाट हामफालेर तालमा पाैडी खेल्न थाले । तालकाे टावर मात्र हाेइन टावर तल बनेकाे पेटीबाट तालमा पाेडी खेल्न झन सजिलाे हुने नै भयाे । यसैले तालकाे बिभिन्न ठाउँमा छरिएर पाैडी खेल्ने युवाहरु यसै क्षेत्रमा अाएर पाैडी खेल्न थाले । त्यती बेला पर्यटक कम अाउँथे । टावर सम्म पुगेर तालकाे अवलाेकन गर्नेहरु भन्दा दैनिक यस क्षेत्रमा पाैडी खेल्न धेरै हुन्थे । पाैडी खेल्नकै लागि बनाएकाे जस्ताे दृश्य त्यती बेला यस क्षेत्रमा देखिन्थ्याे । पाैडी खेल्ने ठाउँलाई स्विमिङ पुल भनिन्छ भन्ने जानेका युवाहरुले यस ठाउँकाे नाम नै स्विमिङ पुल राखिदिए। नयँा पुस्ताका युवाहरुले पनि यस टावर वरपरकाे ताल क्षेत्र स्विमिङ पुल माने । टावरबाट तालमा हामफालेर पाैडी खेल्थे । स्विमिङ पुलमै पाैडीएकाे अनुभव लिन्थे र रमाउँथे ।

त्यतीबेला सम्म पाेखरामा स्विमिङ पुल बनाउने चलन नै थिएन । पर्यटन उद्दाेग पनि सुरुकाे चरणमै थियाे । स्टार लेबलका सुबिधा सम्पन्न हाेटल त्यती बेला सम्म थिएन । त्यसैले त्यतीबेला सम्म स्विमिङ पुल बनाउने चलननै थिएन । हिजाे अाज भने बैदामका हाेटलका छतमा पनि स्विमिङ पुल बनेका छन् । त्यती बेला फेवाताल बैदामे तालकाे रुपमा पनि चिनिन्थ्याे । यसैले पुरानाे गीत नै छ ताल ताल बैदामे ताल । अहिले भने बैदाम भन्दा लेकसाइड नामले ताल किनारकाे पर्यटकीय क्षेत्र बैदाम चिनिन्छ ।

आजभोली फेवाताल पहिलेको जस्तो सफा भने छैन् । तालमा मिसीने फिर्के खोला, बुलाैदी खोलाहरुमा मुहानदेखि नै फोहोर फाल्ने क्रम बढेको छ । पोखराका ढल पनि पोखरा महानगरपालिकाले तालमा मिसीने फिर्के खोला, बुलौदी खोलामा सोझ्याएको छ । सोझै ढल पनि तालमा मिसीएकै छन् । फिर्के, बुलौदी खोला तालमा फोहोर बोकेर मिसिन्छन् । खोलामा ढलमात्र होइन बाथरुम र कहि कतै त शौचालयको फोहोर समेत खोलामा सोझ्याएको अनुगमनमा क्रममा फेला परेको समाचार बेलाबेलामा आउने गर्दछ । यसरी पोखराको गहना फेवा प्रदुर्षणकाे चपेटामा परेकाे छ । यसैले हिजो आज तालमा पौडी खेल्न पनि नहुने अवस्थामा तालकाे पानीको गुणस्तर खस्केको छ । तालको मुहान क्षेत्र पामे, चंखपुर, खौपौदी, भकुण्डे क्षेत्रमा पनि पछिल्लो समयमा बस्ती बिस्तार बढेको छ । मुहान क्षेत्रको ढलको व्यवस्थापन पनि मुख्य बजारकै अवस्थामा रहे ताल मुहान क्षेत्रबाट पनि प्रदुर्षण हुने क्रम बढ्ने निश्चित छ । यसरी ताल पुरिने क्रम र प्रदुर्षण हुने क्रम उतिकै तिब्रगतिमा भइरहेकाे छ । यसरी ताल जोगाउँन चुनौतीका चाङ बनेर आएका छन् ।

फेरि दृश्यावलोकन टावर तिरै फर्काै । पहिले निशुल्क जान पाइने यस स्थानमा पछिल्लो समयमा भने यस टावर सम्म जान महानगरपालिकाले निजी कम्पनीलाई शुल्क लिन पाउँने गरी ठेक्कामा दिएको छ । शुल्क लाग्ने भए संगै यहाँ अहिले तस्बिरमा देखिए झै पौडी खेल्न पाइदैन । त्यसैले यस स्थानमा हिजो आज यस्तो दृश्य भने देख्न पाउनु हुने छैन ।
तस्बिरहरु ः कृष्णमणि बराल

पाैडी खेल्दै बालकहरु ।

भाडामा दिएपछिकाे स्विमिङपुल

फेवातालमा रहेकाे दृश्यावलाेकन टावर ।

तस्बिर : कृष्णमणि बराल