Posted on

डियर मित्र
नमस्कार

मेरो जन्मदिन माघ १२ (जनवरी २५) गते हो । जन्मदिन । जन्मोत्सव मनाउने नेपाली परम्परा पहिले देखिकै हो । घरमै पुजा पाठ गर्ने । मन्दिरमा गएर पुजा गरेर जन्मदिन मनाउने पुरानो नेपाली परम्परा हो ।

पछिल्लो समयमा नेपालमा पनि केक काटेर जन्मदिन मनाउने चलन चल्दै आएको छ । तीन वर्ष अघि मलाई सरप्राइज केक आएका थियो । त्यती बेला नाम नै खुलाएर केक आएका थियो । त्यो नै मेरो जीवनमा पहिलो पटक केक काटेर जन्म दिन मनाएको वर्ष थियो । भाइ मुक्तिराज रेग्मीले यसरी सरप्राइज दिएका थिए ।

यसपाली भने मेरो जन्मदिनमा मलाई अझै सरप्राइज दिनु भो । तपाइँलाई मुरी मुरी धन्यवाद । अाज दिउसाे म मनाेज घर्ती भाइकाे ल फममा थिए । केक पसलबाट फाेन अायाे । तपाइँकाे नाममा केक अडर छ ८ बजे भित्र लिन अाउनु । ८ बजे पछि बन्द हुन्छ । यति भने पछि मलाइ कस्ले अडर गर्नु भएकाे हाे साेध्न मन लाग्याे । साेधे । तर नाम भने नभन्नु भन्नु भएकाे छ उताबाट जवाफ अायाे । म अचम्ममा परे । रमाइलाे नै लाग्याे । कस्ले हाेला खुल्दुली भने लागि रहयाे । केक नै अडर गरेपछि लिनै जानु पर्याे । श्रीमती यशाेदा र म केक लिन गयाै । फेरि साेध्याै कस्ले रहेछ अडर गरिदिनु भएकाे भनेर । उहाँले जवाफ दिनु भाे एक जना भाइले हाे नाम नभन्न भन्नु भाछ । त्यस पछि कर गर्ने कुरै रहेन ।

यो सरप्राइज जन्मदिनको गिफ्ट सधै सम्झीरहने छु । तपाइँले सरप्रयाइज राख्न खोज्नु भएकोले तपाइँ संगको भेटमा, फोन सम्पर्कमा धन्यवाद भन्न नसके पनि यही मेरो व्यक्तीगत ब्लगबाट धेरै धेरै धन्यवाद । तपाइँको यो मायाले केक काटेर जन्मदिन मनाउन नचाहाने मलाई केक काट्न बाध्य बनाउनु भएकोमा धन्यवाद नै भन्छु । केक काट्न नमान्ने मलाई छोराछोरी रमाउने गरी केक काट्न बाध्य बनाउनु भएकोमा पूर्न धन्यवाद ।

लभ यु
प्रिय मित्र
धन्यवाद ।

मेराे जन्मदिनकाे केकमा यस्ताे लेखिएकाे थियाे ।

मेराे जन्मदिनमा शुभकामना दिनु हुने सबैमा मुरी मुरी धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *