नेपाल पत्रकार महासंघ कास्की शाखाले सञ्चालन गर्दै आएको र प्रजातन्त्रका सेनानी दयाशंकर पालिखेको स्मृतिमा उहाँको परिवारले स्थापना गरेको, “प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान २०८२ ” बाट प्रिय अग्रज दाजु, मित्र सूर्यचन्द्र बस्नेत सँगै सम्मानित हुन पाउँदा गौरवान्वित भएको छु ।
दयाशंकर पालिखेले आफ्नो जीवनकालभर प्रजातन्त्र र स्वतन्त्रताकालागि दिनु भएको योगदान सधैँ स्मरणीय रहिरहने छ । पुरस्कारको निरन्तरताकालागि उहाँको परिवारले पु¥याउनु भएको योगदान प्रशंसनीय छ । पत्रकारिता सम्मानकालागि पत्रकार महासंघ कास्की, समिति र महासंघ कास्की कार्यसमितिलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
सम्मान कार्यक्रममा उपस्थित भएर बधाई तथा शुभकामना दिनुहुने, फोन, सामाजिक सञ्जालबाट बधाई, शुभकामना र शुभेच्छा प्रकट गर्नु हुने सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
शुभकामना र शुभेच्छाकालागि पुनः धन्यवाद