Posted on

कृष्णमणि बराल
पाेखराकाे सुन्दरता र न्यानाे प्रकृतिक वातावरण चिनेर धेरै प्रजातिका चरा पाेखरा आउँछन् । जाडाे छल्न यहाँका तालहरुमा आउने देखि बसाइँसराइँ गरेर टाढा टाढा सम्म जान पनि यही बाटाे भएर चराहरु उड्छन् । पोखरा चराहरुकालागि स्वर्ग रहेको चरा विज्ञहरु बताउँछन् । अन्नपूर्ण, माछापुच्र्छे हिमाल देखि २५ किलो मिटर हवाई दुरीमा रहेर पनि पोखरामा न धेरै जाडो नै हुन्छ नत धेरै गर्मी नै । यसैले पोखरा हिमाली क्षेत्रको चिसो क्षेत्रमा पाइने देखि तराईको न्यानो ठाउँमा पाइने सबै प्रजातिका चराकालागि स्वर्ग रहेको चरामा विद्यावारिधी गरेको डा हेमसागर बराल बताउँछन् । यहि वातावरण चिनेर नै धेरै प्रजातिका चराहरु यहँा रमाउन आउने गरेकाे उनले सुनाए ।

सिकारी चराकालागि नेपालकै सबैभन्दा उपयुक्त स्थान मात्र हाेइन स्वर्ग नै हाे पोखरा । पोखरा यस्तो एक मात्र भ्याली हो जहाँ नेपालमा पाइने ९ प्रजातिका सबै गिद्ध पाइन्छन् । नेपालमा पाइने ६ प्रजातिका महाचिल पनि पोखरामा पाइने डा बरालले सुनाए । ९ तालको शहर पोखरा पानी चराकालागि पनि स्वर्ग नै हाे । यसैले पोखराको प्रकृतिलाई चराले चिनेको तर मान्छेले नचिनेको स्वर्ग रहेको डा बरालले बताए ।


पाेखराकाे अहिले चालु विमानस्थल भन्दा नयाँ बन्दै गरेको अन्तर्राष्ट्रिय विमानस्थल वरपर चराको बासस्थान र मुभमेण्ट धेरै हुने गर्दछ । नयाँ विमानस्थल चालु हुनु अघि नै विमानस्थल नजिकैकाे ल्याण्डफिल्डसाइट सार्ने देखि सिकारी चराकालागि कास्कीकाे घाचाेकमा संचालनमा रहेकाे जटायु रेष्टुरेण्टमा उचित आहाराकाे व्यवस्था मिलाउन सके मांसहारी प्रजातिका चरा रेष्टुरेण्ट भए तिर आकर्षित हुन सक्ने बिज्ञ बताउँछन् ।

यसबाट ठुला चराहरु अन्तर्राष्ट्रिय विमानस्थल वरपरको आकाशमा उड्ने बानी बिस्तारै हट्दै नयाँ क्षेत्रमा खानाको खोजीमा मोडीन सक्छ । विमानस्थल निर्माण हुनु अघि सम्म यस क्षेत्र स्थानीय वासीन्दाका गाई, भैसी र हिउँदमा जाडो छल्न पोखरा झर्ने मुस्ताङ्ीहरुका घोडा, खच्चड चर्ने चरन क्षेत्र थियो । घाइते र बुढा भएर मरेका घोडा, खच्चड, गाई, गोरुलाई गिद्धले आहाराका रुपमा खाने गर्थे । यही बानीको कारण विमानस्थल वरपरको आकाशमा अहिले पनि गिद्ध, चील विचरण गरिरहेका देखिन्छन् ।

विमानस्थल निर्माणकालागि सरकारले पटपटक जग्गा अधिग्रहण गर्दा स्थनीय जग्गा धनीले पटक पटक दुःख पाए । अव यहाँ वषौ देखि रमाउँदै आएका चराहरु पनि विमानस्थल संचालनमा आए संगै विस्थापीत हुने दिन नजिकीदै छ । चरालाई सहज हुने गरी अन्यत्रै जाने वातावरण बनाउन सकिएन भने संचालनमा आउदै गरेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण गर्दा, यहाँबाट उडान भर्दा र पोखराका आकाशमा रहदा जोखिममा पर्ने छन् । यस तर्फ सरोकारवाला निकाएले बेलैमा ध्यान दिनु पर्ने विज्ञहरु बताउँछन् ।

चराहरु हाइभोल्टेज विद्युत प्रशारण लाइनका कारण पनि उति नै जोखिममा छन् । यसरी करेण्ट लागेर चमेरा, चील, गिद्ध लगायातका चरा मर्ने गरेका छन् । हामीले सुन्दर प्रकृतिका उपहार नदी, खोला, तालमा गरेको प्रदुर्षणका कारण पनि पानी चरा लगायत सबै प्रजातीका चरा र जीवलाई असर गरिरहेको छ । चराकालागि मात्र होइन मान्छे र सबै प्राणीका लागि स्वर्ग प्राकृतिक सुन्दरताले भरिपूर्ण पोखराका प्राकृतिक स्रोतको संरक्षणमा हामी सबै बेलैमा लागाै ।
जय प्रकृति । जय पोखरा

घरकाे छतबाट देखिएकाे अन्नपूर्ण हिमालकाे दृश्य । तस्बिर : कृष्णमणि बराल

हाम्रा कारणले फाेहाेर भएकाे सुन्दर फेवाताल । तस्बिर : कृष्णमणि बराल

Leave a Reply

Your email address will not be published. Required fields are marked *