Posted on

कृष्णमणि बराल
कल्छे भन्ने बोटको नाम कति जनाले सुन्नु भएको छ ? तस्बिरमा देखिएको रुखलाई पोखराको नुवारथोकमा कल्छे भनिन्छ । यहाँको बारी, जंगलमा प्रशस्त पाइने कल्छे अहिले पनि जंगलमा प्रशस्तै छ । हुन त आआप्ना ठाउँ अनुसार बोट, बिरुवा, चरा, वनस्पतिका नाम भिन्न भिन्न हुने गर्दछन् ।
कल्छेको पात चिप्लो हुन्छ । रुख सानाे हुन्छ । यस रुखको विशेषता भनेको हरियोमै पनि आगोलाग्दा ह्वारह्वारती बल्छ । हरियो पात पनि मज्जाले बल्ने गर्दछ । सुकेको रुखको दाउँरा त झन बल्ने नै भयो ।

कल्छेकाे बाेट ।

हरियो पातमा पनि तेल बलेजस्तो पड्केर ह्वारह्वारती बल्ने भएकोले हामी सानो छँदा यस रुखको पातबाट आगो बाल्न तेल पो निकाल्न सकिन्छ कि भन्थ्यौ । अहिले सम्म अनुसन्धान भने भएको छैन है । यस प्रजातिको रुख अन्यत्र घुम्न जाँदा अझ सम्म मैले देखेकाे छैन । कास्की जिल्लामा पनि अन्यत्र यस प्रजातिकाे रुख देखेकाे छैन् । अन्यत्र कहाँ कहाँ पाइन्छ होला कल्छे ?
जय प्रकृति, जय वातावरण ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *