कृष्णमणि बराल

चीनको उहानमा सन् २०१९ को डिसेम्बर महिनामा पहिलो पटक देखा परेर विश्व भर कोभिड–१९ काेराेना भाइरस फैलदा विश्वभरका मानव त्रासमा थिए। कोभिड–१९ विरुद्धको खोप कहिले बन्ला र विश्वभर पुग्ला भन्ने थियाे । अहिले नेपालमा पनि काेराेना भाइरस विरुद्धकाे खाेप लगाउन सुरु भइसकेकाे छ । यस अघि काेराेना संक्रमण सुरुकाे चरणमा विश्वका अरु देश जस्तै नेपालमा पनि त्रास फैलिएकाे थियाे । कोभिड–१९ नियन्त्रण गर्न नेपाल सरकारले चैत ११ गते देखि देश नै लकडाउन लगाएकाे थियाे । लकडान संगै कोरोना त्रासले नागरिक घरमै कैद भए । काेराेना संक्रमण  भएर उपचारको क्रममा मृत्यु भएकाको शव व्यवस्थापनमा चुनौति थपिएकाे थियाे ।

गण्डकी मेडिकल कलेज पाेखरामा खाेप लगाउनु अघि खाेप कार्डमा ल्याप्चे लगाउँदै सुरक्षाकर्मी । तस्बिर : कृष्णमणि बराल

सुरुका दिनमा आप्ना बुवा आमा कोरोना संक्रमण भएर अस्पताल बस्दा छोरोछोरी नजिक परेनन् । मृत्यु संस्कारमा सहभागी हुन सकेनन् । नेपाली सेनाको शव व्यवस्थापन टोलीले शव व्यवस्थापन ग¥यो । शव व्यवस्थापन गर्दा पनि शव व्यवस्थापन गर्ने स्थानका नागरिक काेराेना सर्ने त्रासले सडकमै उत्रिए । बिरोधमा निस्के । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोरोना संकटमा बिरामीले पाएका दुुःख कष्ट देखि कोरोना भाइरस संक्रमण भएर उपचार गराउन आएका बिरामी, कोरोना संक्रमण भएर उपचारका क्रममा गण्डकी प्रदेशमा मृत्यु भएका पहिलो कोरोना संक्रमित पुरुषको शव व्यवस्थापन लगायतका समाचार र तस्बिरका लागि दैनिक कार्य क्षेत्रमा खटी नै रहे । पत्रकार साथीहरु बिच छलफलकालागि जमघट पनि सुरक्षा सचेतना अपनाएर भएको थियो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा काेराेना बिरुद्धकाे खाेप लगाएपछि खाेप लगाइदिने स्वास्थ्यकर्मी संग । तस्बिर : उमेश पुन ।

यसरी निरन्तर काममा रहेको अवस्थामा मलाई पनि कोरोना भाइरस संक्रमण  भइछाड्यो । कोरोना पुष्टि भएको ३४ दिनमा चौथो पटक स्वाब टेष्ट गर्दा ३५ अाै दिनमा बल्ल कोरोना नेगेटिभ रिपोट आयो । कोरोना टेष्ट गर्न दोस्रो पटक २१ अाै दिनमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुग्दा अस्पताल परिसर भित्रै कोरोनको स्वाब टेष्ट भइरहेको ठाउँ नजिकै कोरोना संक्रमण भएर उपचारका क्रममा मृत्यु भएका दुई जनाको शव व्यवस्थापन गरेको दृश्य देखियो । मृतकका आफन्तले अाफन्तकाे मृत्यु पश्यात घाटमा गर्नु पर्ने मृत्यु संस्कार दाग बत्ति दिने बाहेक सबै बिधी अस्पताल परिसरमै गरेको दृश्य क्यामरामा कैद गरे । आफु कोरोना संक्रमित भएर श्वाव टेष्ट गर्न जाँदाकाे अवस्थामा कोरोना सक्रमण भएर मृत्यु भएकाको शव व्यवस्थापन गर्दाकाे त्यो पनि दुई जनाको तस्बिर भावुक हुँदै खिचे । घर फर्केर होम आइसोलेशन बाटै मैले काम गर्ने अन्नपूर्ण पोष्ट पत्रिकामा समाचार र फाेटाे फिचर पठाए ।

काेराेना संक्रमण भएपछि उपचारकाे गर्दै गर्दा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पाेखरामा मृत्यु भएकाकाे शव नेपाल अार्मीले व्यवस्थापन गर्नु अघि अस्पताल परिसरमै घाटमा गर्नु पर्ने धार्मीक विधि अनुसार अफन्तलाई अन्तिम बिदाई गर्दै मृतकका अाफन्त । तस्बिर : कृष्णमणि बराल

काेराेना संक्रमण भएर उपचारका क्रममा गण्डकी प्रदेशमा पहिलाे पटक काेभिडबाट मृत्यु भएका स्याङजाका एक पुरुषकाे शव पाेखराकाे मनिपाल अस्पताल नजिकै सेती नदिमा व्यवस्थापन गर्न लग्दै नेपाली सेनाकाे शव व्यवस्थापन टाेली र काेराेना जाेखिमकाे डरले माथी सडकमा बिराेधमा उत्रेका स्थानीय ।

तस्बिर : कृष्णमणि बराल

कोरोना संग पैठेजोरी खेल्दै आजको दिन सम्म आइपुग्दा पछिल्लाे समयमा कोरोना संक्रमण दर कम हुँदै गएको छ । नेपालीकाे दैनिकी सामान्य अवस्थामा फर्कन थलिसकेकाे छ । भारत सरकारले निशुल्क उपलब्ध गराएको दश लाख कोरोना खोप फ्रन्ट लाइनमा खटिने स्वास्थ्यकर्मी , सुरक्षाकर्मी, पत्रकार लगायतले कोरोनाको खोप लगाइरहेका छन् । त्यसै क्रममा फागुन ३ गते सोमबार मैले पनि कोरोना खोप लगाउने अवसर पाए । यति छिटाे काेराेना बिरुद्धकाे खाेप लगाउन पाइएला भन्ने भने लागेकै थिएन । काेराेना खाेप निशुल्क उपलब्ध गराउने भारत सरकार र याे अवसर उपलब्ध गराउने नेपाल सरकारलाई धेरै धेरै धन्यवाद ।

खाेप लगाएपछि बिभिन्न समस्या हुन्छ । ज्वराे अायाे, शरिर दुख्याे, कम्जाेरी भयाे लगायत बिभिन्न जटील समस्या अाएका अनुभव खाेप लगाउनेहरुले फेसबुकमा लेखेका छन् । तर मैले अहिले काेराेना अनुभव देखि खाेप अनुभव सम्म लेखिरहदा सम्म स्वास्थ्य सामान्य नै छ । राति हेराै । केही नहाेला भन्ने विश्वासमा छु ।

पाेखराकाे गण्डकी मेडिकल कलेजमा सुरक्षाकर्मीलाई खाेप लगाइदिदै स्वास्थ्यकर्मी । तस्बिर : कृष्णमणि बराल

संक्रमण भएर हाेम अाइसाेलेसनमा बस्दा पनि खासै ठुलाे समस्या बेहाेर्नु नपरेकाेले सामान्य नै हाेला भन्ने लागिरहेकाे छ । यसरी कोरोना खोप लगाउन अवस्था सम्म आइपुग्दा अझै पनि बेलायतमा कोरोना खाेप चलिरहे पनि काेराेना त्रास पनि उस्तै छ । त्रासका कारण केही शहरमा लकडान पनि लगाइएको छ । जापानमा पनि केही शहरमा कोरोना संक्रमण नियन्त्रण गर्न कडाई गरिएको छ । नेपालमा भने पछिल्लो समयमा दैनिक जनजीवन सामान्य बन्दै गएको छ । दैनिक सरकारको पक्ष र विपक्षमा नाराजुलुस भइरहेको छ । सबैले कोरोनालाई भुलिसकेको अवस्था छ ।
कोरोना संक्रमण कम भए पनि अझै पनि हाम्रा बानी व्यवहार काेराेना छ भनेरै सचेत हुनु पर्ने हाे । बजारमा, घर घरमा कोरोना छ भन्ने सोचेर सुरक्षित रुपमा हिड्डुल गर्नु पर्ने सल्लाहा यस क्षेत्रका विज्ञले दिदैआएका छन् । काेराेनाबाट बच्न काेराेनाकाे खाेप लगाए पनि स्वास्थ्य सुरक्षा पहिलेकाे जस्तै अपनाउनु पर्ने विज्ञले बताउँदै अाएका छन् । हामी सबै पहिले काेराेना उत्कर्षमा रहदा जस्तै सचेत हुने हाे की ? याे सगै सरकारले सबै नेपाली नागरिकले सहज रुपमा छिट्टै कोरोना खोप लगाउने व्यवस्था मिलाउनु पर्छ । सबैले अाप्नाे स्वास्थयकाे ख्याल गराै, स्वस्थ्य रहाै । मस्तर रहाै । सबैकाे जय हाेस ।

गण्डकी मेडिकल कलेज पाेखरामा खाेप लगाइदिन ब्यस्त स्वास्थ्य कर्मी । तस्बिर : कृष्णमणि बराल

डे सेकेण्ड अाफ्टर काेराेना खाेप (४ फागुन २०७७ )

काेराेना हुँदा भन्दा काेराेना खाेप लगाउँदा बढी तनाब

खाेप लगाएकाे दिन रातको करिव साँढे ११ बजे तिर एक्कारी शरिरले बढी जाडो अनुभव गर्न थाल्यो । शरिर काप्यो । शरिरनै काप्ने गरि जाडो भएपछि शिरक खापेर सुते । त्यती गर्दा पनि खाट नै हल्लीने गरि शरिर काप्न छाडेन । कस्तो खाट नै हल्लने गरि जाडोले शरिर कापेको यशोदा भन्दै थिइन । हुट लगाउन उनैले दिइन । हुट लगाएर शिरक खापेर सुते ।
कति बेला निधाएछु थाहा नै भएन । भोलीपल्ट बिहान उठ्दा टाउँको दुखी राखेको थियो । आँखाको गेडी पनि दुख्यो । दाहिने आँखा अली बढीनै दुखी रहयो । बेस्सरी टाउँको दुख्ने र वाकवाक होला जस्तो दिन भर भइनै रहयो । खाना खान मनलागेन । खरो भने भयो । बिहान सागरले फोन गरे । के कस्तो छ सोधे । ठीकै छ भने ।
उनले स्ट्रवेरी खेती गरेको हेर्न जाम भने । टाउँको दुुख्ने, ज्यान भारी भए पनि बाहिर हिड्दा केही सहज होला भन्ने लागेर आउँछु भने । कम्जोर फिलिङ भए पनि हिडेर गए । मासबारका भाइ पूर्ण अधिकारीले स्ट्रवेरी  खेती सुरु गरेका रहेछन् । कुरा कानी ग¥यौं । स्ट्रवेरी चाख्यौ । फर्कदा दुई दुई वटा स्ट्रवेरीकाे बिरुवा भाइ पूर्णले दिए । बोकेर ल्यायौ । पूर्णको घरमै हुँदा शरिर धानिन नसक्ने भएको थियो । घर आएपछि बेडमा पल्टे । दिनभर टाउँको दुख्यो । आँखाका गेडी दुख्यो । आमा र श्रीमती यशोदाले खाना खान बल गर्न भने पनि रुचेन ।
खाना नखाई पल्टे । दिनभरको खाली पेट भएर होला बेलुका ७ बजे तिर खाना रुच्यो र अलिकति खाना खाए । कोरोनाको खोप लागेको बेलुका देखि भोलीपल्ट बेलुका ९ बजे सम्म यस्तो अनुभव रहयो । असोज २१ गते मलाइ कोरोना संक्रमण पुष्टि भएर ३५ दिन अाइसाेलेसनमा हुँदा भन्दा हिजाे खाेप लगाएपछिकाे बेलुका देखि बढी नै शरिर दुख्ने, टाउँकाे दुख्ने , खान मन नलाग्ने भयाे । काेराेना भएर हाेम आइसोलेसनमा बस्दा भन्दा कोरोना खोप लगाउँदा बढी तनाब भयाे । आँखाको गेडी दुख्ने टाउँको बेस्सरी दुख्ने भयो । ज्वरो भने यसपाली पनि आएन । खाेप लगाउँदा कसैलाई सामान्य हुने त कसैलाई असजीलाे भइदिने रहेछ । खाेप लगाउँदा सबैलाई अप्ठ्याराे हुन्छ भन्ने भने हाेइन । खाेप सबैले लगाउनु हाेला । अहिले बिस्तारै टाउँको दुख्न कम भइरहेको छ । अव भोली बिहान देखि शरिर लयमा फर्कने गरि ठीक महसुस गरिरहेकाे छु । अघिल्ला दिन पानी परेपछि भोली पल्ट बिहान छ्वाङ हिमाल खुले जस्तै शरिर छ्वाङ् हुने विश्वासमा छु ।

नेपालमा अहिले लगाइ रहेकाे यहि हाे काेराेना खाेप । तस्बिर : कृष्णमणि बराल

नेपाल सरकारले ल्याएको कोभिशील्ड खोप यस्ताे छ ।

नेपाल सरकारले भारतस्थित सीरम इन्स्टिट्यूट अफ इन्डियासँग किनेको कोरोनोभाइरसविरुद्ध प्रयोग हुने कोभिशील्ड खोपको १० लाख मात्रा नेपाल अाएकाे हाे ।

उक्त खोप अक्सफर्ड यूनिभर्सिटी र औषधि उत्पादक कम्पनी आस्ट्राजेनेकाले संयुक्त रूपमा विकसित गरेका हुन्। अहिले सीरम इन्स्टिट्यूटले भारतमा उक्त खोप व्यावसायिक रूपमा उत्पादन गरिरहेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत फागुन ५ गते नेपालले सीरम इन्स्टिट्यूटसँग २० लाख मात्रा खोप खरिद गर्ने सम्झौता गरेकोमा त्यसको पहिलो खेप नेपाल आएको हो।

यसअघि भारत सरकारले नेपाललाई अनुदानस्वरूप कोभिशील्ड खोपको १० लाख मात्रा उपलब्ध गराएको थियो। त्यही खोप प्रयोग गरेर नेपालमा कोभिड-१९ विरुद्ध खोप अभियान सुरु भइसकेको छ।