Posted on

बिछाेडकाे पीडा

कृष्णमणि बराल

सबै प्राणी बिचमा उत्तिकै प्रेम हुन्छ । मानिस चेतनशील प्राणी भएकोले प्रेम अभिव्यक्क्त गर्न सक्छ । अन्य प्राणीले हामीले नदेख्ने, नबुझने गरि माया प्रेम गरिरहेका हुन्छन् । हामीहरुले उनिहरुको प्रेम, माया र सद्भाव बुझन नै नचाहेर हाेला सायद उनिहरुबिचको प्रेम भावना बुझेका देखेकै हुँदैनौं । यसैले जनावर बिचकाे प्रेमील दृृश्य तपाइँहरु माझ पस्कदै छु । तस्बिरकाे दृश्य २०६९ वैशाखकाे हाे । त्यति बेला पोखराको चाउँथे फाँटमा जे देखियो त्यो निकै भावुक बनाउने दृश्य थियो ।
सधै र जहाकही सजिलै देख्न नसकिने एउटा गाईको क्रियाकलापले प्रेम सबै प्राणीमा उत्तिकै हुन्छ भन्ने बुझन बाध्य पार्छ ।अहिले यो चाउँथे फाँट कंक्रिट जंगलमा परिणत भइसकेको छ । यस्ताे दृृश्य हिजाे अाज देखिदैन यहाँ । ८ वर्ष पहिले एउटा जिम्दाे गाईले अर्काे मृत गाईलाई गरेकाे माया हेर्नुहाेस गाई र गिद्ध फोटो कथा ।

यि दुई गाई साथी थिए वा आफन्त थिए । गाईका साहुँले जब दुध दोयर चरनकालागि छाडिदिन्थे उनिहरु फुरमान भएर चाउँथे फाँटमा रमाउँदै चर्थे होलान् । दुःख शुुख आप्नै भाषामा साट्दा हुन् । एक दिन ति मध्य एउटीलाई कालले लग्यो । अाफन्त साथीकाे मृत्युपछि अर्की उनि प्रतिकाे माया प्रेमले नजीकै झोक्क्रयाएर बसिन ।
मरेको जनावरलाई आहाराका रुपमा खाएर वातावरण सफा गर्ने र आफु बाँच्ने गिद्धले मरेको गाई बारे गन्धले नै थाहा पाए । आँखा पनि मानिस भन्दा ७ गुना बडी देख्ने गिद्धले आँखाले पनि यो दृश्य देखे हुन् । मारेर नखाने । मरेको मात्र खाने । मरेको जनावर खाएर वातावरण सफा राख्ने गिद्ध सिनो देखेपछि एकपछि अर्को मृत गाई भए नजिकै झरे ।
एक एक गरि झर्दै मृत गाई भए नजिक गए र मृत शरिर लुछ्न खान के लाग्थे गाईको साथीले झम्टी झम्टी लखेट्थ्यो । एउटा, दुईटा, गरि दश भन्दा बढी गिद्धलाई आप्नो मृत साथी नजिक पर्न नदीएको गाई गिद्धलाई धपाउँदा धपाउँदा थाक्छीन् । धेरै गिद्ध झर्न थाल्छन् । गिद्धहरु पखेटा फटफटाएर गाईलाई दच्काउछन पनि ।
यसरी धेरै गिद्ध झरेर मृत साथीकाे शरिर लुछ्न थाल्छन् । थाकेको गाई निराश हुँदै मृत साथीलाई छाडेर टाढा गएर गिद्धले लुछेको दृश्य टुलुटुलु हेर्छीन् । यसरी एउटा जिम्दो गाईले मृत गाई प्रति देखाएको त्याे माया त्यतीबेला क्यामरामा कैद गर्दा सबै प्राणी बिच माया उस्तै हुन्छ भन्ने अनुभव मात्र हाेइन साँची नै भइयाे र त्यो दृश्यले भावुक बनायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *