Posted on

कृष्णमणि बराल

कोरोना संक्रमणले देशकाे अर्थतन्त्र धराशाही भएको छ । कोरोना संक्रण नियन्त्रण गर्न सरकारले लगाएको लकडाउनको कारण उद्योग, कलकारखाना लामो समय बन्द रहे । खुला भएपछि पनि उद्योग धन्दाले अझै गति लिन सकिरहेका छैनन् ।

पर्यटन उद्योग त सबैभन्दा प्रभावित उद्योग हुने नै भयो । सरकारले कोरोना संक्रण नियन्त्रण गर्न चैत ११ गते देखि लकडाउन लगाउनु अघि देखि नै पर्यटक आउने क्रम रोकीसकेको थियो । कोरोना संक्रमण विश्वभर फैलदै गएपछि विदेशी पर्यटकले नेपाल मात्र होइन विश्वका कुनै पनि देश जाने आप्नो योजना रद्द गरिसकेका थिए । नेपालमा  रहेका पर्यटक पनि आप्नो देश फर्कन हतार गरेका थिए । पोखरामा रहेका केही पर्यटकले भने नेपाल नै सुरक्षित रहेको भन्दै पत्रकार सम्मेलन पनि गरे ।

अझै पनि  युरोप, क्यानडा, जापान लगायतका देशका केही शहरमा कोरोना संक्रमण नियन्त्रण गर्न लकडाउन लगाइएको छ । यसैले विदेशी पर्यटक आउन अझै सहज छैन् । नेपाल भने पछिल्लो समय समान्य अवस्थामा फर्कदै छ । आन्तरिक पर्यटक घुमघाममा निस्कन थालेका छन् । देशको राजनीति नयाँ मोडमा गएपछि बिरोधका र समर्थनका सभा र जुलुुसले कोरोनालाई झन विर्साइदिएको छ । यसकाे परिणाम भाेली सकरात्मक होला वा नकरात्मक अहिले भने आन्तरिक पर्यटक घुम्ने सम्मका सहजतामा देश गएको छ ।

आन्तरिक पर्यटक घुम्न निस्कन थालेपछि पर्यटन उद्योग चलायमान हुन थालेकाे छ । यही अवस्थामा नेपाल बन्द जस्ता कार्यक्रम राजनीतिक पार्टीले राख्दा भने कोरोनाले थलीएको पर्यटन उद्योग मात्र होइन सबै उद्योग प्रभावित हुने व्यवसायी बताउँछन् । नेपाल बन्द जस्ता देशको समृद्धिमा बाधक बन्ने हडताल सधैकालागि बन्द गर्नु पर्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड—नेपाल समूहले नेपाल बन्द घाेषणा गरेपछि सामाजिक सञ्जालमा व्यवासीहरुले लेखेका छन् । कोरोनाले थलीएको व्यसायलाई उर्जा दिनु पर्ने यो बेलामा बन्द हडतालले उद्योग झन उठ्नै नसक्ने अवस्थामा पुग्ने निश्चित छ । एक दिनकाे बन्दले घुम्ने याेजना बनाएका कुनै पनि पर्यटककाे याेजना राेकीन्छ । अन्य उद्दाेग धन्दाकाे अवस्था पनि उस्तै रहने व्यवसायी बताउँछन् ।

पर्यटन उद्दाेग सग जाेडिएकाे छ शैक्षिक भ्रमण । लोमो समय पछि विद्यालयहरु खुल्न थालेका छन् । विद्यार्थी शैक्षिक भ्रमणमा पनि आउन थालेका छन् । तर देशमा बन्द हडतालकाे श्रृङ्खला सुरु हुन थालेकाे छ । देश नै बन्द गर्ने गरि हुने बन्द हड्ताल सधैकालागि बन्द हुनु पर्ने व्यवसायीकाे पुरानाे माग हाे । देश गणातन्त्रमा गए पनि राजनीतिक पाटीहरुकाे राजतन्त्रकालीन धङ्धङ्गी जारी छ । सत्तामा रहेका यसै राजा भए । सत्तामा नभएकालाई पनि छिट्टै त्याे ठाउँमा पुग्न हताराे छ ।

देश नै बन्द गर्नु कति जायज हाेला । नागरिकले अाफु खुशी हिडडुल गर्न नपाउनु झन कति सम्बेदनशिल विषय हाेला । बिरामी भएर अस्पताल जानु पर्ने अवस्था अाएकाे अवस्थामा पनि अस्पताल सम्म जान सवारी साधन नपाउने अवस्था अाउ छ बन्दमा । यति सम्बेदनशिल विषय हाे नेपाल बन्द । देश नै बन्द गर्ने, ठप्प पारेर ताला लगाउने कुरा गम्भिर विषय हाे । नागरिककाे दैनिकीमा ब्रेक लगाउनु हाे । स्वतन्त्र रुपमा हिडडुल गर्ने, गरिखाने अधिकार हनन् गर्नु हाे । नेपालमा कति सस्ताे नेपाल बन्द ? गणतन्त्र भनेकाे जनता स्वतन्त्र रुपमा हिडडुल गर्न पाउने, व्यापार व्यवसाय गर्न पाउँने, बिरामी पर्दा निशुल्क उपचार पाउनु पर्ने हाेइन र ? अाप्नाे राजनीतिक स्वार्थकालागि गणतन्त्रमा पनि नेपाल बन्द गर्ने कस्ताे संस्कार बसाल्दै छाै हामी ?

एउटाले सत्तामा बसेर कु गर्याे भनेर अर्काेले सडकमा बसेर जनतालाइ बाहिर निस्नै नदिने, गरिखान नै नदिने गरि नेपाल नै बन्द गरेर सडक कब्जा गरेर कु गर्न पाइन्छ त ? हडतालका नाममा नागरिक हिडडुल गर्न नपाउँने कस्ताे गणतन्त्र ल्यायाै हामीले ।

कुनै पार्टीलाई सरकारका गलत कामकाे बिरुद्ध बन्द हडताल गर्नु छ भने बन्द अाब्ह्यन गर्न सक्छन । त्याे अधिकार छ । हुनु पनि पर्छ । हामी मान्छाै । कुनै पनि पाटीले गरेकाे बन्द अाब्हानमा नागरिकले समर्थन गर्न पनि सक्छन नगर्न पनि सक्छन गणतन्त्रमा । तर अाफुले अाब्हान गरेकाे बन्दमा घरै थुपुक्क बस भनेर जबरजस्ती गर्न पाइन्छ ? कुनै व्यवसाय गरेकै भरमा, कतै सवारी साधानमा हिडेकै भरमा कुटीनु गणतन्त्रमा सुहाउने कुरै हाेइन् । ट्यक्सी चलाएकै कारण जबरजस्ती सवारी साधन जलाउन पाइने कुरा हाे त ? खाजा पसल खुलाइएकाे नाममा पसले माथी ताताे तेल खन्याएर जबरजस्ती पसल बन्द गर्न गणातन्त्रमा सुहाउने कुरा हाे ? हामीले कस्तो संस्कार सिकाउँदै छौ ? कस्तो गणतान्त्रिक अभ्यास गर्दै छौं ? मेराे जिज्ञासा के यसो गर्न संविधानले दिन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *