प्राकृतिक रुपमा हाम्रो मृत्युपछि हामी पनि गिद्धका आहारा हौं ।
कृष्णमणि बराल÷पोखरा
मान्छेको जस्तै सबै जीवहरुका आआप्नै घर हुन्छन् । कसैको जमिनमा, कसैको पानीमा, कसैको रुखमा, कसैको पहाडमा यसरी हरेकका आआप्नै घर हुन्छन् । कमीला, महुरी, चरा देखि हाम्रो नाङ्गा आँखाले देख्न नसक्ने जीवहरुले पनि आप्नालागि घर बनाएका हुन्छन् ।
सानाे खैराे गिद्ध गुँड कुरेर बसेकाे अवस्थामा । तस्बिर: कृष्णमणि बराल
यहाँ मैले गिद्धको घरको बारेमा लेख्दै छु । गिद्ध ठुलो शरिर र पखेटा भएको मांशाहारी चरा हो । तर यसले सिकार गर्दैन । मांशाहारी चरा तर सिकार गर्दैन कसरी माशु पाउँछ र खान्छ होला ? यो निकै पेचीलो प्रश्न हो । त्यसैले त गिद्धले शुद्ध आहारा र बासस्थान नपाउँदा पछिल्लो समयमा विश्वमै संकटमा पर्दै गएका छन् ।
यदि हामी मान्छे चेतनशिल नभएको भए । अन्य जनावर जस्तै अवस्थामा रहेको भए । प्राकृतिक रुपमा मरण पछि हामीहरु पनि गिद्धको आहारा हुन्थ्यौं । यसैले प्राकृतिक रुपमा हाम्रो मृत्युपछि हामी गिद्धका आहारा हौं । यो प्राकृतिक नियम हो । नेपालका केही हिमाली जिल्लामा यस्तै प्राकृतिक नियम धार्मिक संस्कारको रुपमा चली आएको छ । उपल्लो मुस्ताङ, मनाङ्, डोल्पा लगायतका जिल्लामा यो चलन अझै पनि छ । पछिल्लो समयमा यस्तो चलन हराउँदै गएको पनि छ । मान्छे मरेपछि लाशलाई काटेर टुक्रा बनाई गिद्धलाई खुवाउने चलन छ । हिमाली भेगका समुदायले गिद्धलाई स्वर्ग दूतको रुपमा पुज्ने गर्छन ।
गिद्धहरु कुनै रुखमा गुँड बनाएर बस्छन त कुनै पहरामा गुँड बनाउँछन् । डंगर, सानो खैरो, सुन लगायत ६ प्रजातिका गिद्धले रुखमा गुँड बनाउने गर्छन । यसै गरि हिमाली, हाडफोर र सेतो गिद्धले पहरामा गुँड बनाउने गर्छन् । भालेपोथी मिलेर संगै गुँड बनाउने देखि बच्चा हुँकाउने काम गर्छन् । नेपालको तराई देखि हिमाल सम्म बिभिन्न ९ प्रजातिका गिद्ध पाइन्छन् । गिद्ध धेरै जसो अग्लो ठूला सिमलको रुखमा बस्न रुचाउँछन् । ठुलो पखेटा र शरिर भएका कारण उडान भर्न र अवतरण गर्न सहज हुने भएकोले अग्ला सिमलका रुख गिद्धको रोजाईमा पर्ने गरेका हुन् । पछिल्लो समयमा गिद्धले मनपराउँने गिद्धका अग्ला घर सिमल पनि मासिदै गएका छन् । गिद्ध संरक्षण गरौं, वातावरण जोगाउँ । जय संरक्षण ।
तस्बिरमा गिद्ध आप्नै घरमा ।
तस्बिरहरु ः कृष्णमणि बराल
लाेपाेन्मुख गिद्ध पाेखरामा अाप्नै घरमाथी कावा खाँदै ।
तस्बिरहरु: कृष्णमणि बराल
Leave A Comment