कृष्णमणि बराल÷पोखरा
नेपाली परम्परागत शैलीका घुमाउने घर आधुनिक शैलीका घरले विस्थापित हुँदै गएपछि हराउँदै गएका छन् । पोखरा महानगरपालिकामा १५ वर्ष अघि सम्म पनि यस्ता घुमाउने घर थुप्रै देखिन्थे ।
अहिले भने महानगरपालिका भित्र यस्ता घर देख्न मुश्किल छ । पोखराको बैदाम(लेकसाइड), मासवारमा यस्ता घुमाउने घर १५ वर्ष अघि सम्म पनि देखिन्थे । रातो माटोले लिपेका घुमाउने घर भित्र दुई तलाको हुन्थ्यो । घर भित्र सुत्ने ठाउँ, खाना पकाउने र आगो ताप्ने अगेनो हुन्थ्यो । एउटै मुडोको भ¥याङ हुन्थ्यो । माथिल्लाे तलामा भकारीमा धान, मकैको कुनीयो लगाएर राखिन्थ्यो ।
स्थानीय ज्ञान र सीप प्रयोग गरि बनेका यस्ता घर भूकम्प जाँदा पनि थाम्ने खालका हुन्थे । नेपाली इन्जिनियरहरुले बनाएका नेपाली परम्परागत शैलीका यस्ता घर अहिले पाेखरा बजारमा देख्न मुश्किल छ । पोखराको लेकसाइडमा भने अहिले पनि एउटा घुमाउने घर छ । बैदामका रैथाने कृष्णराज पहारीकाे घुमाउने घरमा खरको अभावमा टिनले छाएर जोगाएर राखिएको छ । विदेशी पर्यटक यस्ता घर देखेपछि मोहीत हुन्छन् ।
नेपाली शैलीमा बनेका यस्ता घर स्वास्थ्यकालागि निकै उपयुक्त मानिन्छन् । गर्मी माैसममा सितल हुने र जाडाे माैसममा न्यानाे हुने यि घरकाे अायु पनि सिमेण्टका घर भन्दा धेरै गुना बढी हुने काठका घरमाविद्याबारिधी गरेका डा सुन्दर पाैेडेल बताउँछन् । अाधुनिक घर बनाउने हाेडमा नेपाली परम्परागत इन्जिनियरिङ विधी मात्र लाेप भएकाे छैन स्वास्थ्यकालागि उपुयक्त बसाइ पनि खलबलिएकाे छ । अहिले सिमेण्टकाे चिसाेमा रमाउने र फुर्सदमा पछुताउने भएकाे छ । तस्बिरकाे घुमाउने घर पाेखरा ३१ बेगनासका कृष्णमोहन र खवराज अधिकारीको हो । हेर्नुहाेस तस्बिरमा नेपाली परम्मरागत घुमाउने घर । अहिले तस्बिरमा देखिएकाे यो घर भत्किसकेकाे छ ।
Leave A Comment