आज हरिबोधनी एकादशी
कृष्णमणि बराल ÷पोखरा
आज हरिबोधनी एकादशी (ठुला एकादशी) हो । ठुला एकादशीमा पोखराको रामघाट लगायत बिभिन्न घाटमा (सेती नदीमा) फूल तार्न र पूजा गर्न भक्तजनहरुको मेला लाग्ने गर्छ ।
![](https://krishnamani.com.np/wp-content/uploads/2020/11/Haribodani-Yekadasi-2.jpg)
फाइल तस्बिर ः कृष्णमणि बराल
देशै भरका नदीहरुमा यसरी नै फूल तार्ने र पूजा गर्ने गरिन्छ । कोरोना कहको कारण यस वर्षको एकादशी मेलामा फाट्फुट्ट रुपमा मात्र फूल तार्न भक्तजनहरु डोलीमा फूल लिएर भजन गाउँदै आइपुगेका थिए ।
यसरी नदीमा पूजा गर्नु, फूल तार्नु धर्म संस्कृति भनेकाे पानी संरक्षण गराै भन्ने हाे । पानी जीवन हो, संरक्षण गर भनेको हो । पानी बिना कुनै पनि सजिव प्राणीको अस्थित्व छैन् । यसैले पानीको महत्व बुझाउन धर्म संस्कृतिले हामीलाई सचेत गराएको हो । मानव सभ्यता पनि नदी किनारबाटै सुरु भएकाे हाे । सिन्धु घाटीको सभ्यता पुरानाे मानव सभ्यता मानिन्छ । विज्ञहरुकाे मत के पनि छ भने अध्ययनबाट पाइएको संकेतअनुसार मनसुनी वर्षामा कमी आएका कारण नदीको प्रवाह घट्दै गयो र यसले संस्कृतिको विकास र पतन दुवैमा महत्वपूर्ण भूमिका निर्वाह गर्यो । यसैले नदी मानव सभ्यता नदीकाे अस्थित्व संग पनि जाेडीएकाे छ । धर्म संस्कृतिले एउटा कुरा भनिरहेकाे हुन्छ तर हामी अर्काे काम गरिरहेका हुन्छाै । धर्म संस्कृतिमा वैज्ञानिक तथ्य पनि रहेकाे पाइएका छन् । त्यसैले नदी पानी संरक्षणमा बेलैमा सचेत बनाै । एकादशीकाे दिन वर्षमा एक दिन पनि भक्तजनहरुले पूजा गर्न जाँदा पछिल्लाे समयमा त प्लाष्टिक जन्य बस्तुमा पूजाका सामाग्री लगेर उल्टै नदी फोहोर गरेर आउने क्रम शुरु भएको छ । यस तर्फ सचेत भएर पानी संरक्षण गर्न अव सबै लाग्नु पर्ने बेला आएको छ ।
![](https://krishnamani.com.np/wp-content/uploads/2020/11/MG_9275.jpg)
फाइल तस्बिर ः कृष्णमणि बराल
पोखराका फेवाताल मात्र होइन पछिल्लो समयमा सेती नदी पनि प्रदूर्षणको चपेटामा परेको छ । पोखरा महानगरपालिकाका ढल कित तालमा सोझीएका छन कित सेनी नदीमा । यति मात्र नभएर ताल, नदी र खोला किनारका घरका ढल पनि उतै सोझीएका छन् । नदी र पानीको महत्व दर्शाउने हरिबोधनी एकादशीमा सबैलाई पानी संरक्षण गर्न प्रेर्णा मिलोस शुभकामना ।
Leave A Comment