घरको शिसामा ठोकीएका ८ वटा रोचिष्णु प्रजातिका चरा मृत भेटिए
कृष्णमणि बराल÷पोखरा
असोज ११ गते ११ बजे पोखरा ५ पस्याङ्को एक घरमा ठोकीएर चित्रकूट नाम गरेका ११ वटा चरा मृत भेटिएको करिव दुई महिनामा फेरि उसै गरि सोही घरमा ठोकीएर अर्को प्रजातिको ८ वटा चरा मंगलवार बिहान मृत अवस्थामा भेटिएका छन् ।
रोचिष्णु मिसिया नाम गरेको चरा पोखरा पस्याङ्का नगेन्द्र कोइरालाको घरको शिसामा ठोकीएर तल खसेका थिए । ति मध्ये एउटा जिउँदै अवस्थामा र अरु ८ वटा मृत अस्थामा भेटिएका हुन् । बिहान करिव ८ः३० बजे तिर घरको अगाडीभागमा लगाएको सिसामा कसैले ढुङ्गा हाने जस्ता आवाज आएको थियो । बाहिर निस्केर यता उता हेरे कोही देखिन कोइरालाले सुनाए । पछि फूलमा पानी राख्नलाग्दा घरको चौथो तलामा एउटा घाइते र अर्को मरेको अवस्थामा चरा देखिएको उनले बताए । शिसामा ठोकीएर भइमा पनि झरेकी भनेर तल जाँदा थप ७ वटा चरा र्मत भेटिएको उनले सुनाए । तल खसेको अर्को एउटा चरा घाइते उडेर गएको उनले बताए ।
व्यवसायिक अग्ला घरको अगाडीको भागमा राखिएको हरियो रंगको शिसाको कारण चरा अलमलमा परेर ठोकीएको हुन सक्ने पोखरा पंछि समाजका अध्यक्ष मनशान्त घिमिरेले बताए । त्यही घरको वरपर अरु पनि अग्ला घरहरु छन् । घरमा रहेको शिसामा नजिकैको वनको छाँया पर्ने भएकोले बिहान चरा अलमलमा परेर ठोकीएको हुन सक्ने पनि उनले सुनाए । रोचिष्णु मिसिया नाम गरेकाे चराकाे प्रजाति समुन्द्रि सतह देखि १२२० देखि २४४० मिटर उचाइ सम्म पाइन्छन् । हिउँदमा ९ सय १५ मिटर तल सम्म झर्ने पनि उनले बताए ।
चरा के कसरी मरेका हुन थप अनुसन्धानकालागि ल्याबमा स्याम्पल पठाइने घिमिरेले जानकारी दिए । रिपोर्ट आएपछि के कसरी चरा मरेको हो भन्ने एकीन हुने पनि उनले सुनाए। पाेखरा लगायत देशका बिभिन्न सहर र देसैभरी यसरी ठाेकीएर कति चराकाे मृत्यु हुन्छ भन्ने एकीन तथ्याङ्क भने छैन् । चराहरु बिजुलीकाे नाङ्गाे तारमा बस्दा करेण्ट लागेर पनि धेरै मर्ने गरेका छन् । यसरी मर्नेमा काग, चमेराे धेरै हुन्छन् । गिद्ध, चील लगायतका चराहरु पनि करेण्ट लागेर मरेका पाइएकाे छ । मानव निर्मीत संरचनाहरुले चराहरु यसरी जाेखिममा पर्दै गएका छन् ।
पोखरा ५ पस्याङ्को एक घरको शिसामा ठोकीएर मरेका रोचिष्णु मिसिया प्रजातिका चरा ।
तस्बिर ः कञ्चन थापा
Leave A Comment