कृष्णमणि बराल
आज भाइटीकाको दिन हो । भाइटीका पर्वमा अाज दिदीबहिनीले आप्नो दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र एश्वर्य प्राप्तिको कामना गर्दै सप्तरङ्गी टीका लगाएर मनाइँदै छ ।
भाइटीकाे दिन बिहान उठ्ने बित्तिकै श्रीमती यशोदाले बोलाइन् । बाबा बाबा आकाशमा आगो लागे जस्तो बाँदल त रातो छ । कस्तो राम्रो फोटो खिच्नु हुन्छ कि ? मैल झ्यालबाटै अन्नपूर्ण हिमाल भए तिर उत्तर तर्फ हेरे । हिजो अस्ती दिन भर खुला रहेका हिमाल बादलुले ढाकीएका थिए । बादलमा रङ्ग भने पोखिएको थियो ।
त्यसपछि बाहिर निस्केर पूर्व तिरको आकाश हेरको त बादलमा पुरै सूर्यको बिहानीको लालीले रातो रंग पोखिएको थियो । क्यामरा निकाले र तस्बिर खिच्न थाले । पोखराको विकास क्रम संगै घर बन्ने क्रम बढेको छ । घरको छतबाट बादलमा पोखिएका रंगहरु खिच्न अग्ला घरहरुले छेके पनि जहाँबाट बढी मात्रमा बादलमा पोखिएका रंगहरु देखिन्छन त्यतै गएर फोटो खिचे । आकाशमा उडेका चराले आकाशकाे सुन्दरतालाई थप सोभायमान बनाएका थिए ।
आज बिहान भाइटीकाको दिन पोखराको आकाशमा पोखिएका सूर्यको लालीको सुन्दरता तस्बिरमा ।
तस्बिरहरु सबै ः कृष्णमणि बराल
Leave A Comment