कृष्णमणि बराल
पोखरेली जेठोबुढो धान उत्पादनकालागि पोखराको बिरुवा फाँट, सेदी, गैरीखेत, कुँडहर , चाउँथे फाँट प्रख्यात फाँट हुन् । यहाँका फाँटहरुमा स्थानीयहरुको दैनिकी खेतीपातीमा बित्थ्यो । बिरुवा, सेदी, कुँडहर लगायतका फाँटमा एक बाली धान मात्र रोपीन्थ्यो । अरु बेलामा गाई, भैसीको चरन क्षेत्र हुन्थ्यो ।
पोखराको विकास संगसगै देशभरका नेपालीको रोजाइमा पोखरा पर्न थाल्याे । पर्यटन विकास संगै लगानी पनि बढ्दै गयो । जसका कारण छिमेकी जिल्ला मात्र नभएर देशै भरका नेपालीको पोखरा रोजाइको सहर बन्यो ।
पोखराका बिरुवा फाँट, सेदी, चाउँथे, कुँडहर लगायतका फाँटमा हिजो आज कंक्रिट जंगलमा परिणत हुँदै गएका छन् । फेवा फाँटका सिमसार क्षेत्र पनि पुरेर घर बन्न सुरु भएको छ । बिरौटा, चाउँथे. कुँडहर लगायतका फाँटमा एकाध स्थानीयले जोगाएर राखेका खेतहरुमा अहिले पनि धान रोपीन्छ । त्यहाँ अहिले कुनीयो लगाउन सुरु भएको छ । कंक्रिट जंगलमा कुनीया पहिले जस्ताे धेरै छैनन् । कुनीया हराउँदै गएपछि कुनीयाहरु एक्लिएका छन् ।पाेखराकाे लेखनाथका फाँटमा पनि घर बन्न सुरु भएका छ। घर बन्न सुरु भए पनि त्यहँाका फाँट अझै पनि खेत नै धेरै छ । त्यसैले त्यहाँका कुनीयाले भने अहिले सम्म एक्लिन परेका छैन् ।
तस्बिरमा एक्लिएका कुनीया ।
तस्बिरहरु ः कृष्णमणि बराल
Leave A Comment