Posted on

मानव जीजनमा किरा-फट्याङ्ग्राको महत्त्वपूर्ण भूमिका हुन्छ। हामीले किरा-फट्याङ्ग्रा त हाे भनेर सामान्य साेचेर मार्ने गर्दछाै। त्यसाे गर्नु हुँदैन । तिनीहरूलाई मार्नुअघि हामीले सोच्न आवश्यक छ किनभने तिनीहरूको सङ्ख्या विश्वभर नै नराम्ररी घट्ने क्रममा छ।

हाम्रो पर्यावरणको संरक्षण गर्नका लागि र खानेकुरा उत्पादन गर्न किरा-फट्याङ्ग्राको महत्त्वपूर्ण भूमिका हुन्छ।”हामीले संसारबाट सबै किरा-फट्याङ्ग्रालाई हटायौँ भने हामी पनि मर्छौँ,” लण्डनको न्याचुरल हिस्ट्री म्यूजियमका वरिष्ठ क्यूरेटर इरिका मक्यालिस्टरले बीबीसीको क्राउड साइन्स कार्यक्रमलाई भनिन् भन्दै बीबीसीले समाचारमा जनाइएकाे छ ।

किरा-फट्याङ्ग्राले जैविक संरचनालाई भत्काउँछन् जसका कारण सड्ने प्रक्रियाले गति पाउँछ। यसले माटोलाई पुनःपूर्ति गर्न मद्दत गर्छ। “यदि किरा-फट्याङ्ग्रा नहुने हो भने… त्यो एकदमै अप्रिय हुन्छ। किराहरू बिना हामी फोहोर वस्तुमा पौडिरहेका हुन्थ्यौँ वा मरेका जनावर जताततै भएको ठाउँमा हुन्थ्यौँ,” मक्यालिस्टरले भनिन्।

उनीहरू चरा, चमेरा र साना स्तनधारीका आहारा पनि हुन्।

जैविक रुपमा खेर गएका वस्तुलाई सडाउन मद्दत गरेर किराले पृथ्वीलाई सफा राख्न सघाउ पुर्‍याउँछ “जनावर, चरा वा माछाको करिब ६० प्रतिशत खाना किराहरूमै निर्भर हुन्छन्। त्यसैले किराहरू नभए चरा, चमेरा, भ्यागुता र माछा पनि हराउँछन्,” युनिभर्सिटी अफ सिड्नीका फ्रान्सिस्को सान्चेथ बायोले भन्छन्। “पोषक तत्वको पुनरावृत्ति हुने काम धेरै हदसम्म जमिनमुनि रहेका लाखौँ किराको गतिविधिमा भर पर्छ।”

पाेखरा ११ फूलबारीमा फट्याङ्ग्रो र सयपत्री फूल । तस्बिर : कृष्णमणि बराल

सबै किरा-फट्याङ्ग्रा हराए भने के हुन्छ? – BBC News नेपाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *