Posted on

कृष्णमणि बराल
जंगली जनावर नामै काफी छ । जंगलमा बस्ने जनावर । हिजो आज जंगलमा बस्ने चितुवा, बाघ, गैडा, थार, हिमाली घोरल लगायतका जनावर सहर पसेका समाचार सुन्दै, भोग्दै आएका छौं ।

चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया, पर्सा राष्ट्रिय निकुञ्ज लगायतका क्षेत्रका सहर र बस्तीमा बाघ, गैडा, हात्ती लगायतका वन्यजन्तु पसेर मान्छेलाई आक्रमण गरेर मारेका घट्ना बेलाबेलामा समाचारमा आइरहन्छ । सडकमा मोटरसाइकलमा गुडेकै बेलामा बाघले पछाडीबाट आक्रमण गरेर मान्छेलाई मारेका घट्ना यसै वर्ष घट्यो । पर्साको सडकमा गाडीले बाघ किचेर मारेको अर्को घट्ना पनि यसै वर्ष भयो । हिमाली क्षेत्रमा पनि हिउँ चितुवा र मानिस बीच द्वन्द्व निरन्तर चल्दै आएका छ । पहाडी क्षेत्रमा चितुवा, भालु संग मान्छेकाे द्वन्द्व चलेका घट्ना सुन्दै र भाेग्दै अाएका छाै ।

राजाकाे चाैताराबाट उद्धार गरिएकाे हिमाली घाेरल । तस्बिर : कृष्णमणि बराल

यसरी वन्यजन्तु र मान्र्छे बीच अस्थित्वकालागि लडाई भइरहेको पाइन्छ । मान्छे चेतनशिल प्राणी भएर पनि वन्यजन्तुको घर मास्ने र आफ्नै घर थप्ने, बस्ती नै नभएका क्षेत्रमा पनि सडक पु¥याउने, वनमा भएका वन्यजन्तु सिकार गर्न वनमै आगो लगाउने, वन्यजन्तुका बासस्थानमाथी निरन्तर धावा बोल्दा वन्यजन्तुले न आहारा नै सहज रुपमा पाउने अवस्था रहेको छ न त बासस्थान ।

यसैले वन्यजन्तु सुरक्षित बासस्थान र आहाराको खोजीमा सहर पस्ने गरेका छन् । सहर, बस्ती पस्दा मानिस संग जम्काभेट हुन्छ । जम्का भेट हुँदा मलाई आक्रमण गर्छ कि भन्ने डरले वन्यजन्तुले मानिसलाई पहिले नै आक्रमण गर्दछन् । आहारा खोजीका क्रममा गाउँ पसेका बाघ, चितुवाले, कुकुर, बाख्रा, गाई, गोरु, भैसीलाई सिकार गर्छन् । आफुले पालेका घरपालुवा जनावरलाई खाएपछि मान्छेले वन्यजन्तु मार्ने उपाय खोज्छन् । त्यसपछि सुरु हुन्छ मानव–वन्यजन्तु द्वन्द्व।

मानव–वन्यजन्तु द्वन्द्व न्यूनिकरण गर्न सरकारले पछिल्लो समयमा वन्यजन्तुले घरपालुवा जनावर खाएमा क्षतिपूर्ति दिने, विमा गराउने व्यवस्था गरेको छ । तै पनि मानव–वन्यजन्तु द्वन्द्व निरन्तर चल्दै आएको छ । वन्यजन्तुका वासस्थान विनास हुँदा र आहाराको कमी हुँदा वन्यजन्तु भौतारिदै सहर र बस्ती पस्न थालेका छन् । हिमाली क्षेत्र आसपासका वनमा पाइने हिमाली घोरल, थार लगायतका वन्यजन्तु पनि सहर पस्न थालेका छन् । यसरी सहर पसेका वन्यजन्तुलाई उद्धार गरी डिभिजन वन कार्यालय कास्कीले हिमाली क्षेत्रकै वनमा छाड्ने गरेको छ ।

राजाकाे चाैताराबाट उद्धार गरिएकाे हिमाली घाेरल वनमा छाड्दै । तस्बिर : कृष्णमणि बराल

पोखरा ३२ राजाको चौतारामा शनिबार स्थानीयले नयाँ प्रजातिका जनावर देखेपछि समातेर डिभिजन वन कार्यालय कास्कीमा खवर गरेका थिए । डिभिजन वन कार्यालय कास्कीले सञ्चालनमा ल्याएको वाइल्ड एम्बुलेन्समा घोरललाई उद्धार गरेर वनमै छाडीयो । समुन्द्र सतह देखि ३ सय मिटर उचाई देखि ३५ सय मिटर उचाई सम्म पाइने घोरल कास्की जिल्लामा भने १ हजार मिटर माथी देखि ३५ सय मिटर सम्म पाइन्छ । कास्कीको हिमाली क्षेत्र आसपासका वनमा पाइने घोरल बगालबाट छुटेर समुन्द्र सतह देखि ७ सय ५० मिटर उचाईको राजाको चौतारामा आइपुगेको डिभिजन वन कार्यालय कास्कीका सूचना अधिकारी शालिकराम पराजुलीले बताए ।

उद्धार गरिएको घोरललाई माछापुच्र्छे गाउँपालिकाको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) मा पर्ने नेप्राङको १५ सय मिटर उचाईको वनमा छाडीएको डिभिजन वन कार्यालय कास्कीका सहायक वन अधिकृत गोविन्द बहादुर थापाले जानकारी दिए । स्थानीय जनप्रतिनिधि, अन्नपूर्ण संरक्षण क्षेत्रका प्रतिनिधि र स्थानीयको रोहबरमा घोरललाई वाइल्ड एम्बेन्समा लगेर प्राकृतिक वासस्थनमै छाडीएको सहायक वन अधिकृत थापाले बताए ।
कास्कीमा पछिल्लो समयमा हिमाली घोरल, थार लगायतका वन्यजन्तु सहरमा आउने क्रम बढेको छ । हिमपात, खडेरी, डढेलो लागेको बेलामा वन्यजन्तुलाई आहाराको कर्मी हुन्छ । यस्तो बेलामा आहाराको खोजीमा बस्ती नजिक घोरल लगायतका वन्यजन्तु झर्ने गर्दछन् । यस वर्ष हिउँदे वर्षा निकै पछि मात्र भएकोले हिउँदे खडेरीमा कास्कीका अन्नपूर्ण गाउँपालिका, माछापुच्र्छे गाउँपालिका, मार्दी गाउँपालिकाका हिमाली क्षेत्रका वनमा आगोलागी भएको थियो । कास्कीमा यस वर्ष थार १ र २ वटा हिमालयन घोरल पोखराका सहरमा भेटिएपछि वनमा लगेर छाडीएको छ ।
यसै गरी २०७६ पुस र माघमा पनि घोरललाई पोखरा बजारबाट जिवीतै उद्धार गरेर वनमा छाडीएको थियो । २०७७ का माघ २८ गते पोखरा बजारमा अर्को जिवीतै थार फेला परेको थियो ।

घोरल अक्करे भीरमा पनि सहजै हिड्न र दौडन सक्छ । साना बुटा भएका झाडी र भीरमा रमाउने घोरल घास भएका भिराला पहाडी क्षेत्र मुख्य बासस्थान हो । मासुका लागि सिकारीको निसानामा पर्नुको साथै वासस्थानको अतिक्रमण्को कारण घोरल संकटमा पर्दै गएका छन् । घोरल लगायत वन्यजन्तुको बासस्थानमै घाँसको लोभमा डढेलो लगाउँदा पनि बासस्थानमा असर परेको छ । घोरलको सिकार गर्न सिकारीहरुले भिरमा डढेलो लगाउने गरेको पाइन्छ । यसैको कारण पनि घोरल पछिल्लो समयमा संकटमा पर्दै गएको संरक्षणकर्मी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *