कृष्णमणि बराल
पोखरामा यस वर्ष गत वर्षको तुलनामा एक महिना ढिला गरि हिउँदे वर्षा भयो । यहाँ पानी परे संगै हिमाली क्षेत्रमा पनि एक महिना ढिला गरी हिउँ प¥यो । गत वर्ष पुस महिनाको पहिलो साता नै पोखरामा पानी र हिमाली क्षेत्रमा हिउँ संग संगै परेको थियो । यस वर्ष पानी र हिउँकालागी माघको २३ गते सम्म पर्खनु प¥यो । लामो समय पानी नपर्दा हिमाली क्षेत्रमा सुख्खा बढ्यो । पानी आइरहने धेरै मुल र खोला सुके ।
माघको पहिलो साता कास्कीको ताङतीङ, क्रपु, क्होलासोथर, कोरी, हुगु क्षेत्रमा नयाँ पदयात्रा मार्गको खोजीमा गएको टोलीले पहिलो रात ३१ सय मिटरकाे उचाइकाे चम्रोमा नै पानी पाएनन् ।

मादी गाउँपालिका २ चम्रो स्थित पाेखरी । तस्बिर : कृष्णमणि बराल

नियमीत आउने पानीको स्रोत सुकेपछि पोखरीको पानी खानु परेको टान पोखराका अध्यक्ष सुशीलराज पौेडेलले बताए । अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ पदयात्रा मार्गको खोजीमा टानको नेतृत्वमा गएको टोलीले पदयात्राको पाँचौं दिन पनि उस्तै समस्या भोग्यो ।

अन्नपूर्ण संरक्षण क्षेत्रको समुन्दी सतह देखि ३८ सय मिटर उचाइकाे कोरीमा पुग्दा त्यहाँ नियमीत बग्ने मुल र खोला उसै गरि सुकेका थिए । चम्रोमा जस्तो काेरीमा पोखरी नभएकोले पीउने पानीको पनि अभाव यो । टोलीले पानी अभावकाे कारण त्याे रात खाना पनि नखाइ सुत्नु परेकाे नयाँ पदयात्रा क्षेत्रकाे खाेजीमा सहभागी मादी गाउँपालीका २ का वडा अध्यक्ष एकजंग गुरुङले बताए । यस्तो अवस्थामा हिउँदमा जंगली जनावरलाई पनि पानीको समस्या हुन सक्ने उनले सुनाए । जंगली जनावर र मानिसकालागि नियमीत पानीको स्रोतकालागि यस क्षेत्रमा पोखरी बनाउनु पर्ने अवस्था रहेको अध्यक्ष गुरुङले बताए । यस वर्ष जस्तो पानीको अभाव कहिल्यौ नभोगेको यात्रामा संगै रहेका र ३० वर्ष यसै क्षेत्रमा भेडी गोठमा बसेका अनुभवी काइला दाईले सुनाए ।

लामो हिउँदे खडेरीको कारण अन्नपूर्ण संरक्षण क्षेत्रमा यस वर्ष मनाङ, म्याग्दी, कास्कीका बिभिन्न स्थानमा डढेलो लाग्यो । मनाङको ताचैमा गत मंसीर ११ गते देखि लागेको आगो गत हप्ता मात्र नियन्त्रणमा आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका सूचना अधिकारी ऋषि बरालले बताए । त्यस क्षेत्रमा करिव ७ हेक्टर क्षेत्रमा आगो लागेको बताइएको छ । मनाङको सबै ठाउँमा गरी १४ हेक्टर भन्दा बढी क्षेत्रफलमा यस हिउँदमा जंगलमा आगोलागेको उनले सुनाए । कास्की, म्याग्दी, मुस्ताङ लगायतका क्षेत्रका वनमामा समेत गरेर धेरै क्षेत्रफलमा आगोलागी भएको छ । मनाङमा सल्लो खोटोमा आगोलागेको कारण झन झन आगो फैलदै गएको थियो । खोटो पेट्रोलझै बल्ने भएकोले डढेलो धेरै फैलिएको सूचना अधिकारी बरालले बताए । अाज भएकाे वर्षकै पहिलो हिउँदे वर्षा संगै मनाङ, मुस्ताङ, म्याग्दी र कास्कीका हिमाली क्षेत्रमा हिउँ परेपछि राहात मिलेको स्थानीयले बताएका छन् ।

अघिल्ला वर्षहरुमा पुस र माघ महिनामा मुस्ताङमा ४/५ पटक बाक्लो हिउँ पथ्र्यो । हिउँ परेपछि उपल्लो मुस्ताङदेखि तल्लो मुस्ताङका डाँडाकाँडा, खर्क र बेसी चाँदीझै हिउँले सेताम्मे हुन्थे । यस वर्षा हिमाली क्षेत्रमा हिउँ नै कम पर्याे । अघिल्ला वर्षमा हिउँ परेपछि एक महिना सम्म बाक्लाे हिउँ रहन्थ्याे । यस वर्ष पुस,माघ र फागुनमा एक एक पटक मात्र थाेरै हिँउ परेकाे र दुइ तीन दिनमै हिउँ बिलाएकाे स्थानीयले बताए । पर्याप्त हिउँ नपरी यस वर्षकाे हिउँदकाे महिना सकिएकाे स्थानीय बताउँछन् । अघिल्ला वर्षमा हिमपातसँगै मुटु काप्ने चिसाे हुन्थ्याे । हिउँदमा यहाँका तापक्रम माइनस २० डिग्रीसम्म झथ्र्याे । यस वर्ष हिउँ नपरेकाेले अघिल्ला वर्षहरु भन्दा न्यानाे महसुस भएकाे मुस्ताङकाे मुत्तिनाथका पर्यटन व्यवसायी सुरज गुरुङले सुनाए । अघिल्ला वर्षा जस्ताे हिउँ नपरी, त्यती धेरै जाडाेकाे अनुभव नगरि मुस्ताङमा विस्तारै गर्मी बढेको पनि उनले बताए । हिउँ परेपछि नै हाे हिमाली क्षेत्रका मरुभूमी जस्ता जमीनमा चिसाे हुने र खेतीपातीकालागि अनुकुल हुने । हिउँ नै कम परेपछि कृषि उत्पादनमा पनि असर परेकाे स्थानीय किसानले बताएका छन् ।