Posted on

कृष्णमणि बराल
घान्द्रुक कास्की जिल्लाको सुन्दर पर्यटकीय गाउँ हो । अन्नपूर्ण गाउँपालिकामा पर्ने यो गाउँ पदयात्रा पर्यटनकालागि विश्वमै प्रसिद्ध छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) क्षेत्रमा रहेका यो गाउँ समुन्द्रि सतह देखि १,९४० मिटर उचाइमा रहेको छ ।

कास्कीकाे पर्यटकीय गाउँ घान्द्रुककाे सुन्दरता । तस्बिर : कृष्णमणि बराल

अन्नपूर्ण संरक्षण क्षेत्रको प्रसिद्ध गन्तव्य माछापुच्र्छे, अन्नपूर्ण आधारशिवीर यसै गाउँ हुँदै जान सकिन्छ । घान्दु्रक—घोरेपानी पदयात्रा पनि विश्व पर्यटन माझा लोकप्रिय पदयात्रा मार्ग हो ।
घान्द्रुक गाउँ गुरुङ संस्कृति, कलाकालागि पनि प्रख्यात छ । यहाँका पुरानो शैलीका ढुङ्गाले छाएका घरहरु पनि उतिकै आकर्षक छन् । पछिल्लो समयमा यहाँ पनि आधुनिक घरहरु बन्ने होडचलेको छ । यस्तै गरि पछिल्लो समयमा यस पदयात्रा क्षेत्रमा सडक खनिएपछि पदयात्रा छोटीएको छ । लमजुङको बेसीसहर, मनाङको ताल, चामे, मनाङ थोरङला भन्ज्याङ्ग पास गरेर मुत्तीनाथ, जोमसोम तातोपानी, घोरेपानी, घान्द्रुक हुँदै २१ दिनमा मात्र पर्यटक पोखरा आइपुग्थे । सडकको कारण २१ दिनको चक्रिय पदयात्रा छोटीएर अहिले ५÷६ दिनमा झरेको छ । घान्द्रुक गाउँ सम्मै अहिले मोटरमै पुग्न सकिन्छ । हिडेर जान चाहानेलाई भने छुट्टै पदयात्रा मार्ग पनि छ ।
कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले चैत ११ गते देखि लगाएको लकडाउन संगै बन्द रहेको घान्द्रुकको पर्यटन माघ १ गते देखि खुला हुँदै छ । एक्याप क्षेत्रका अन्य पदायत्रा क्षेत्र खुल्दै जाने क्रममा घान्द्रुक पनि स्वास्थ्य सतर्कता अपनाएर खोल्न लागेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष किसम गुरुङले बताएका छन् । घान्द्रुक खुले संगै अन्नपूर्ण आधारशिवीर र माछापुच्र्छे आधारशिवीर क्षेत्रका पदयात्रा पनि पर्यटककालागि खुला हुने छ ।

पर्यटकीय गाउँ घान्द्रुकमा चर्दै गरेका घाेडा र पृष्ठभूमीमा अन्नपूर्ण साउथ, हिमचुली र माछापुच्छ्रे हिमाल । तस्बिर : कृष्णमणि बराल
पर्यटकीय गाउँ घान्द्रुकमा झुलेकाे गहुँ र पृष्ठभूमीमा अन्नपूर्ण साउथ, हिमचुली र माछापुच्छ्रे हिमाल । तस्बिर : कृष्णमणि बराल
प्लाष्टिककाे बाेतल मुक्त पर्यटकीय गाउँ घान्द्रुक । तस्बिर : कृष्णमणि बराल

Leave a Reply

Your email address will not be published. Required fields are marked *