Posted on

लाखौ जीव हराउँदै जाँदा मान्छे एक्लै बाँच्न सक्ला ?

कृष्णमणि बराल

कारले बाघ मा¥यो । कारको ठक्करबाट बाघ म¥यो लगायतका शिर्षकमा पुस १८ गते बिहानै देखि समाचार अनलाइन देखा परे । समाचार सुने पछि हामी मानिसले बाघको बाटो मात्र छेकेनौ बाच्न पनि दिएनौ भन्ने एक्कासी मनमा आयो । पर्सा राष्ट्रिय निकुञ्जको अमलेखगञ्ज पथलैया सडक खण्डमा शनिबार बिहान ७ बजेर २० मिनेटमा सडकमै बाघलाई कारले ठक्कर दिदा बाघ मरेको थियो । यही समाचार बिहानै समाजिक सञ्जालमा पनि देखिएको थियो ।

पर्सा राष्ट्रिय निकुञ्जको अमलेखगञ्ज पथलैया सडक खण्डमा शनिबार बिहान कारले ठक्कर दिदा मरेकाे बयस्क पाेथी बाघ ।

तस्बिर ः संयक चौलागाइंको फेसबुकबाट ।

बाघ आप्नो बाटोमा हिडिरहेको थियो । मान्छे कारमा आयो । बाघलाई ठक्कर दियो । बाघ ठाउँको ठाउँ ढल्यो । यसरी जंगलकी रानी बाघको मार्ग मानिसले अबरोध ग¥यो । रानी आप्नो गन्तब्य सम्म पुग्न त पाइनन नै मनिसका कारण करिव ८ वर्षकी जंगलकी रानीको प्राण पखेरुनै उड्यो । पोष्टमार्टम रिपोट अनुसार कारको ठक्करबाट बाघको टाउकोमा गम्भीर चोट लागेको रहेछ । करङ र हड्डी पनि भाच्चिएको थियो ।

पर्सामा मात्र होइन बर्दिया राष्ट्रिय निकुञ्ज भित्र पूर्व—पश्चिम राजमार्गको अम्बासा—चिसापानी सडक खण्डमा पनि सवारीसाधनको ठक्करबाट बाघ लगायत वन्यजन्तु मर्ने गरेका समाचार आइरन्छन् । यसरी विश्वमै दुर्लभ बाघको बाटोमा मान्छेले अबरोध मात्र पु¥याएको छैन उनिहरुका बासस्थान, आहारा पनि खोसेको छ । यसैले बाघ विश्वबाटै हराउँदै गएका छन् । विश्वमा दुर्लभ मांसाहारी स्तनधानी प्राणीमध्येको पाटेबाघको सङ्ख्या नेपालमा सन् २०१८ गरिएको पछिल्लो गणनामा २३५ पाइएको थियो। जसमध्ये पर्सा निकुञ्जमा १८ वटा पाइएका थिए।

पुस १९ गते कान्तिपुर पत्रिकाले कहिले कति वन्यजन्तु मरे भन्ने तथ्याङ्क सहित समाचार लेखेको छ । २०७५÷०७६ मा ४९५ वन्यजन्तु मरेको तथ्याङ्क छ भने सडक दुर्घटनाबाट ११९ वन्यजन्तु मरेको तथ्याङ्क छ । यसै गरि २०७४÷०७५ मा ३९१ वटा वन्यजन्तु मरेको रेकड छ भने सडक दुर्घटनाबाट १२४ वटा मरेका छन् । यसै गरि २०७३÷०७४ मा ३२६ वटा वन्यजन्तु मरेको रेकर्ड छ भने १३३ वटा सडक दुर्घटना मरेका छन् । बाघ मात्र होइन गैडा, हात्ती लगायतका जनावर पनि मान्छेका कारण उस्तै संकटमा छन् ।

यो त जंगलका राजा र अन्य वन्यजन्तुको कुरा भो । मान्छेका कारण सबै जीवहरु उस्तै संकटमा छन् । विश्वमै दुर्लभ गिद्धहरु पनि मानिसका व्यवहार र मानिसले निर्माण गरेका संरचानाका कारण लोप हुने अवस्थामा पुगेका छन् । मरेका जनावरको सिनो मात्र खाने । सिकार नगर्ने (मारेर नखाने) गिद्धकालागि मानिसले कुनै पनि जनावर गिद्धकालागि भनेर खानकालागि छाडेको छैन् । मरेका जनावर पनि पछिल्ला समयमा गाडीन्छन् । यसरी मरेको जनावर पाउन नै गिद्धकालागि कठीन बन्दै गएको छ । यसैले पछिल्लो समयमा गिद्धकालागि आहाराकाे कमी हुँदै गएको छ ।

पाेखरा २६ रिठ्ठेपानीमा करेण्ट लागेर घाइते भएकाे राज गिद्ध उद्धार गरि उपचार गरिरदै ।

तस्बिर : कृष्णमणि बराल

मानिसले चराहरुको बासस्थान अतिक्रमण मात्र गरेको छैन आहारा पनि बिसाक्त बनाइदिएको छ । मानिसकालागि गुनकारी पंछी गिद्ध मानिसले पशु उपचारमा प्रयोग गरेको डाइक्लोफेनेक औषधीका कारण ठुलो संख्यामा मरे । बिरामी पशु उपचारमा डाइक्लोफेनेक औषधी प्रयोग गरेका जनावर मरेपछि गिद्धले आहाराको रुपमा खाँदा गिद्धको मृगौला नै बिग्रेर ठुला संख्यामा दक्षिण एशियामा गिद्धहरु मरे । लाखौको संख्यामा रहेका गिद्धहरु अहिले हजारको संख्यामा रहेका छन् । यसरी गिद्ध घट्दो र लोप हुने क्रममा छन् ।

मानिसले बनाएका संरचनाको कारण पनि गिद्ध मरेका छन् । बिजुली बिस्तार गर्ने क्रममा कभर नगरीकनै नाङ्गातारमा करेण्ट प्रवाहा गरिएको छ । यिनै बिजुलीका नाङ्गातार चराकालागि पनि काल बनेका छन् । नाङ्गो तारमा गिद्ध बस्दा पनि करेण्ट लागेर गिद्ध मर्ने गरेका छन् । पोखरामा लोपोन्मुख हिमाली गिद्ध, सानो खैरो, राज गिद्ध, डंगर गिद्धहरु बेला बेलामा करेण्ट लागेर मर्ने गरेको पाइएको छ । यि मध्य पोखरा २६ रिठ्ठे पानीमा दुर्लभ राज गिद्ध करेण्ट लागेर घाइते भएको थियो ।

घाइते गिद्धको पखेटामा ठुलो चोट थियो । घाउँमा किरा परिसकेको थियो । हामीले गिद्धको उद्धार गरि उपचार सुरु ग¥यौ । तर दुर्लभ प्रजातिको राज गिद्धलाई बचाउन सकेनौ । यो दुई वर्ष अघिको कुरा हो । एउटा सानो खैरो गिद्धलाई उद्धार गरि बचाएका थियौ । तर हिमाली गिद्ध भने करेण्ट लागेर मरेको अवस्थामा बिजुलीको तार मुनी पखेटा जलेको अवस्थामा फेला परेको थियो ।

अग्ला घरहरु पनि चराकालागि काल बन्छ भन्ने सुन्दा अचम्म लाग्छ । पोखरामा यस्तै घटना हालै भएको छ । गत असोज ११ गते पोखरा ५ पस्याङ्मा अग्लो घरको शिशामा ठोकीएर ११ वटा चित्रकूट नाम गरेका चरा मरेका थिए ।

पाेखरा ५ काे एक घरकाे शिशामा ठाेकीएर मरेका चित्रकूट नाम गरेका चरा ।

तस्बिर : कृष्णमणि बराल

बिहान ११ बजे यो घट्ना भएको थियो । स्थानीय कञ्चन थापा कोइरालाको घरमा २ मंसिर मा पनि उसै गरि फेरि अर्को प्रजातिको चरा ठोकीए । रेचिष्णु मिसिया नाम गरेका ८ वटा चरा उसै गरि थापाको घरमा ठोकीए र मरे । वन्यजन्तु चोरीसिकारबाट विश्वमा दैनिक कति वन्यजन्तु मारिन्छन भन्ने लेखाजोखा नै छैन ।
यसरी मानिसले बनाएका संरचना मात्र होइन मानिसका व्यवहार, बासस्थान विनास र आहारा समेत खोसिदा वन्यजन्तु, चरा र सबै जीबहरुको अस्थित्व संकटमा पर्दै गएको छ । पृथ्वीको हरेक कुना मानिसको कब्जामा छ । यसरी आकाश, पाताल, जंगल, पानी हरेक स्थान मानिसको कब्जामा छ । मानिसले अन्य प्राणीको बासस्थान, आहारा पनि खोसेको छ । पृथ्वीका अन्य प्राणी मानिसको निरंकुश शासन देखि आजित भए हुन् ।

यस्तै मानिसको व्यवहारले पृथ्वी तात्ने क्रम पनि बढेको छ । जीव हराउदै जादा कोरोना पैदा भएको वैज्ञानिकहरुले बताउँदै आएका छन् । कोरोना जस्ता ठूलो समस्याबाट बच्न पृथ्वीमा रहेका अन्य जीबहरुको संरक्षणमा लाग्ने दायित्व बढेको वैज्ञानिक बताउँछन् । मान्छेले अन्य प्राणी माथी अन्याय गरिरहेको छ । यस्तो व्यवहारले मान्छेले पछिल्ला दिनहरुमा कोरोना भन्दा जटिल किसीमका रोगहरु संग जुध्नु पर्ने वैज्ञानिकहरुले चेतावनी पनि दिदै आएका छन् ।
पृथ्वी सबै प्राणीको साझा घर हो । मानिसलाई जति नै हक अधिकार यो पृथ्वीमा रहेका अन्य जीवहरुको पनि उतिकै हो । अन्य वन्यजन्तु बाच्न पाउँने अधिकारको विषय मात्र होइन मानिस बाच्न पाउने अवस्था पनि अन्य जीबको अस्थित्व संग जोडीएको बैज्ञानिक बताउँछन् । तर सुन्नु पर्ने ठूला देशका शासक सुन्दैनन् । साना देशहरु पनि उहि गतिमा छन् । जलवायु परिवर्तनकाे मुद्दामा पनि ठूलाले सुन्दैनन् । साना भनिएका देशले ठुला देशका कारण याे भएकाे भन्दै पन्छनछन् । कोरोनाको कारण मृत्यु त्रास बढेकाे याे बेला काेराेना जस्ता जटिल समस्या भविश्यमा अाउन नदिन पृथ्वी ताताे हुने क्रम राेक्न र पृथ्वीमा रहेका सबै जीबहरुको संरक्षणमा लाग्नु पर्ने दायित्व बढेर गएकाे छ । हाम्रो पछिल्लो पुस्ताको भविश्व सुरक्षित राख्न पनि यसाे गर्नु पर्ने वैज्ञानिकहरु बताउँदै आएका छन तर कार्यान्वयनमा लाग्नु पर्नेहरु आँखा चिम्लीरहेका छन् । लाखौ जीव संकटमा पर्दा र पृथ्वीबाट हराउँदै जाँदा मान्छे एक्लै बाँच्न सक्ला ?

पाेखरामा अग्लाे घरकाे शिशामा ठाेकीएर मरेका रेचिष्णु मिसिया प्रजातिको चरा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *