Posted on

फ्ल्यास ब्याक २०६२÷०६३ जनआन्दोलन

कृष्णमणि बराल÷पोखरा
राजतीतिक पार्टीका हरेक आन्दोलनमा जनताले परिवर्तनको आशा र विश्वास लिएर साथ दिए । हरेक आन्दोनमा काधमा काध मिलाए । आप्नो छाक काटेर खान दिए , आफु चिसोमा सुतेरै पनि नेतालाई न्यानो गरि सुत्ने व्यवस्था मिलाए ।
राणाको शासन काल देखि राजतन्त्र हटाएर गणतन्त्र ल्याउने हेरक आन्दोलनमा जनता नायक बनेर आन्दोलनमा होमीए । नेता जनताको पछि पछि आन्दोलनमा सहभागी भए । परिवर्तनकाे भोक र अग्रगामी सोच जनतामा आयो । जनताले आप्नो प्यारा नेतालाई हरेक पटक साथ दिए ।
राणा ढल्यो । निरंकशु राजतन्त्र हटेर प्रजातन्त्र आयो । त्यतीले पुगेन राजतन्त्र नै फ्याँके बल्ला हामीले काम गर्न सक्छौ नेताले भने । जनताले साथ दिए । आशा, भरोसा, विश्वासले भरिएका सपना साँचेर जनताले लोकतान्त्रीक पार्टीलाई जे भने त्यही पु¥याए । जनताको प्यारो पार्टीका नेता प्रधानमन्त्री, राष्ट्रपति र मन्त्री बन्दा खुशीका आँशु झारे । अव हामीले चाहेका विश्वास गरेका प्यारा नेता सत्तामा पुगे जनता खुशी भए ।

जनआन्दोलन २०६२÷०६३ का फोटो प्रदर्शनीको अवलोकन गर्दै विद्यार्थी । फोटो पत्रकार समूह कास्कीले जनआन्दोलन सफल भएपछि त्यती बेला आन्दोलनमा भएका बिभिन्न घटना समेटिएका फोटो प्रदर्शनीको आयोजना गरेको थियो । तस्बिर : कृष्णमणि बराल

जनता आफ्नो स्वार्थका लागि कहील्यौ पुगेनन नेताको ढोकामा । आफु र आप्नो बच्चाकालागि केही गरिदेउ भनेर कहिल्यौ आशा गरेनन् । लोकतान्त्रीक पार्टीले देश विकास गरुन, घरमा पानी, बिजुली, बिरामी पर्दा निशुल्क उपचार र छोराछोरीले निशुल्क शिक्षा पाउन भन्ने चाहाना भने जनतामा रही रहयो । त्यो जनताको अधिकार मात्र थिएन हरेक आन्दोलनमा पार्टीका घोषणा पत्रमा र भाषणमा गरेका बाचा थिए ।
पढे लेखेका छोराछोरी बेरोजगार नबनुन् । उनिहरुको शिप अनुसारको काम देशकै माटोमा पाउँन् । बस जनताको चाहाना यिनै हुन् । जुन चाहाना नेपालका कम्युनिष्ट पार्टीहरुले नै जनताको घरमा पुग्दा गरेका बाचा थिए । नेपाली कांग्रेसले पनि उसै गरि जनताका माझ बाचा गरेकै थिए । माओवादी पनि यिनै मुद्धा लिएर जनयुद्ध गरेको थियो । समनताको नारा बोकेर । कोही गरिव हुने छैनन् । शोषण मुक्त समाज हुने छ । जातको आधारमा कोही अपहेलीत हुने छैन माओवादी जनयुद्धताका मात्र होइन संयुक्त जनआन्दोलनमा यिनै नारा लगाएका थिए । माओवादी जनयुद्धमा राज्य र बिद्रोही दुबैका कारण १७ हजार को मृत्यु भो । जनताले आप्नो प्यारी छोरी, छोरा गुमाए । आफै सहिद बने ।
२०६२÷०६३ को संयुक्त जनआन्दोलन उत्कृष्टमा पुग्यो । जनता नै सडकमा उत्रेपछि राजा पछि हटे । मरेको संसद राजाले बिउत्याए । त्यही संसदले राजतन्त्र लाई बिदाई ग¥यो । नयाँ संघीय लोकतान्त्रीक गणतन्त्र देशमा आयो । संविधान सभा मार्फत नयाँ संविधान बन्यो । राजा बस्ने आशनमा जनताका छोराछोरी बसेका छन अहिले । जनताद्धारा जनताकालागि नेतृत्व चयन हुने गणतान्त्रीक व्यवस्था आएको पनि यतिका वर्ष भयो । हिजो जनताको घरमा आश्रय लिएर खाएको ढिडो, गुन्द्रुकको स्वाद नेताहरुले बिर्सीसकेका छन् ।
जनताको अवस्था, दैनिकी र चाहाना उस्तै छन् । छोरोछोरी बेरोजगार छन् । जनताले छोराछेरी ऋण काढेर विदेश कामका लागि पठाउनु परेको छ । ऋण काढेरै औषधी मुलो गर्नु परेको छ । कोरोना कहरमा उपचार नपाएर मर्नु पर्ने अवस्था छ । छोरोछोरी पढ्नमा तेज हुँदा खुशी हुनु पर्नेमा खर्चको अभावमा झन दुःखी हुनु पर्ने अवस्था छ । महंगीले उठ्नै नसक्ने अवस्था छ । जनता जनताबाट नागरिक हुने अवस्था अझै आएको छैन् । बग्रेल्ती समस्याले जनता अतालिएका छन् ।
धेरै पटक अल्पमतको सरकार बने । यसरी अल्पमतका सरकार बन्दा सत्ताको खेलमा नेता र पार्टी लागे । विकास पछि प¥यो । जनताले सोचे । करिव दुई तिहाइको सरकार बन्ने गरि दुई कम्युनिष्ट पार्टी मिलेर बनेको नेकपालाई जनताले मत दिए । करिव दुई तिहाईको सरकारका नेताहरु सत्ता लिप्सामा लागे । पदमा, पावरमा, कुरो मिलेन । भित्र भित्र अनेक खेल भए । अन्तत आफै प्रधानमन्त्री पदबाट हट्नु पर्ने अवस्था आएपछि संसदनै भंग गरे । नयाँ जनमतमा जान मिति घोषण गरे ।
जनताले के भन्ला भन्ने डर र त्रास न प्रधानमन्त्रीमा रहयो न त नेकपाका शिर्ष नेतृत्वमा नै रहयो । जनताको चाहाना भाढमा जाओस शक्ति आफु संग हुनु पर्छ नेताको व्यवहार यहि देखियो । यति बेला २०४६ सालको प्रजातन्त्रीक आन्दोलनमा नेपाली कांग्रेसले र नेपाल कम्युनिष्ट पार्टीका घटकहरुले लगाएको नारा जनताले सम्झी रहेका हाेलान। मैले पनि सम्झीरहेकाे छु । आन्दोलनको पहिलो दिनमै राजतन्त्र बिरुद्ध नारा लगाउँदा १४ वर्षको उमेरमा पक्राउ परेर एक महिने जेल जिवन बिताएका पलहरु उसै गरि सम्झना अाउँछ । २०६२÷०६३ को जनआन्दोलनमा पत्रकारको भूमीकामा रहदा प्रहरी र नेपाल आर्मीले आन्दोलनका फोटो खिच्दा पक्राउ गरे । खिचेको फोटो मेटाइदिए ।

यसरी जनता सहिद बनेर, लडेर ल्याएकाे परिवर्तनकाे जनताले नै महशुस गर्न नपाउने के व्यवस्था ल्यायाै हामीले । जनताका चाहाना नै नबुझने । जनताका आवाज नै नसुन्ने हामीले कस्तो परिवर्तन ल्यायौ । कस्तो गणतन्त्र ल्यायौ ? कस्ता पार्टी र नेताहरु हामीले पायौं ? हामीले राजनेता त पाएनाै नै । के देशमा अशल नेतृत्व र असल नेताकाे पनि खडेरी नै परेकाे हाे ?
म जिल्ल परिरहेको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *