Posted on

कृष्णमणि बराल

अग्ला हिमालयको काखमा रहेको पोखराको तस्बिर देख्नेहरुलाई पोखरामा हिउँ पर्छ भन्ने लाग्छ । भन्छन पोखरामा हिउँ पर्छ नि ? हिउँ पर्दा खवर गर्नु है । पोखरा देखि सबैभन्दा नजिकको हिमाल माछापुच्छ्रे हो । २६ किलोमिटर हवाई दुरीमा यो हिमाल पर्दछ । याे कुमारी माछापुच्छ्रे हिमालको उचाई ६,९९३ मिटर छ । अन्नपूर्ण, धौलागिरी र माछापुच्छ्रे हिमालकाे काखमा हुनु पोखराको सुुन्दरता हाे । यिनै हिमालका कारण पोखरामा विश्वभरका पर्यटक आउँछन् ।

ठुलाखर्कमा परेकाे फाप्रे । तस्बिर : अशेष बाेस

पोखराकाे फेवाताल समुन्द्रि सतह देखि ७ सय ४२ मिटरमा पर्दछ । पोखरा विश्वकै एक मात्र एउटा यस्तो शहर हो जहाँबाट ८ हजार मिटर भन्दा अग्ला तीन वटा हिमाल देखिन्छन । यहाँबाट आठ हजार मिटर भन्दा अग्ला अन्नपूर्ण प्रथम, धौलागिरी र मनास्लु हिमाल देखिन्छन् । यसैले यहाँबाट देखिने सुन्दर हिमालको अवलोकन गर्न, हिमाली क्षेत्रको पदयात्रा गर्न र हिमाल आरोहण गर्न विभिन्न देशका नागरिक पोखरा आइपुग्छन् ।

पोखराबाट आँखै अगाडी अग्ला हिमाल देखिने भएकोले पनि धेरैको विश्वास पोखरामा हिउँ पर्छ भन्ने रहेको हुन्छ । हिन्दुकुश हिमालय पर्वत अन्तर्गतको अन्नपूर्ण, धौलागिरी, मनास्लु लगायतका हिमालको काखका रहेको पोखरामा हिउँ भने पर्दैन । पोखरेली बरु हिउँ खेल्न भने पछि निकै उत्साहित हुन्छन् । पोखरा नजिकैको मर्दी हिमाल पदयात्राको १९ सय मिटर भन्दा माथी पुस, माघ महिनामा हिउँ पर्छ । यस पदयात्रा क्षेत्रमा २३ सय मिटर भन्दा माथी हिउँ खेल्न मिल्ने गरी हिउँ पर्ने स्थानीय पर्यटन व्यवसायी सुदिप गौतमले जानकारी दिए । पोखराबाट सिदीङ हुँदै एक दिनमै हिउँ खेल्न पुगिन्छ ।
हाइक्याम्प ३५ सय ५० मिटर उचाईमा छ । यहाँ पुस, माघ महिनामा बाक्लो हिउँ पर्छ । पछिल्लो समयमा हिउँ खेल्न जानेको भिड नै लाग्छ । हिउँ परिरहने जिल्लाका बाहेक अन्य सबै क्षेत्रका युवायुवतीहरुलाई हिउँमा खेल्न निकै मन पर्छ । हिउँ खेल्न जाने भने पछि छुट्टै रमाइलो हुन्छ । जाडो मौषममा लगातार पानी परेपछि पोखराबाट एक दिनमै हिउँ खेल्न जान सकिने ठाउँहरु छन् । पदयात्राको क्रममा म धेरै पटक बाक्लो हिउँ पर्ने अन्नपूर्ण आधारशिवी, थोरङ्लापास लगायतका क्षेत्रमा पुगेको छु । तै पनि पोखरा नजिकैको गाउँमा हिउँ परेको छ भन्ने खवर पाउँदा भने उत्साहित हुन्छु ।

कास्कीकाे काँडे क्षेत्रमा सन् २०११ मा परेकाे फाप्रे । तस्बिर : कृष्णमणि बराल

कास्कीको लुम्ले ठुला खर्कमा सन् २०१२ मा हिउँ प¥यो भन्ने खवर आयो । लुम्ले, काँडे, ठुलाखर्कमा हिउँ प¥यो भन्ने खवर पाएपछि बिहानै उठेर अशेष शाक्य, दुर्गा पौडेल र म त्यता हानियौ । काँडे पुग्दा नै हिउँ देखियो । काँडे हुँदै हामी ठुला खर्क पुग्यौ । त्यहाँ पुग्दा त बाक्लै हिउँ । हिमाल नजिकैका डाँडामा हिउँ छैन तर ठुला खर्क, पोथनामा मात्र हिउँ छ । यो के हो भनेर हामीले स्थानीयलाई सोध्यौ । स्थानीयले भने याे हिउँ त होइन फाप्रे हाे । हिउँ भन्दा केही मोटो गेडेमलको आकारका हिउँ बास्तबमा फाप्रे पो रहेछ । तस्बिरमा ठुलाखर्कमा सन् २०१२ मा परेको फाप्रेको सुन्दरता ।

ठुलाखर्ककाे गाेठ र त्यहाँ परेकाे फाप्रे । तस्बिर : कृष्णमणि बराल
ठुलाखर्कमा परेकाे फाप्रे । तस्बिर : कृष्णमणि बराल
फाप्रेबाट बिभिन्न अाकृती बनाउँदै बालकहरु । तस्बिर : कृष्णमणि बराल
ठुलाखर्कमा रमाउँदै पर्यटक । तस्बिर : कृष्णमणि बराल
काँडे क्षेत्रकाे फाँटमा फाप्रेकाे सुन्दरता । तस्बिर : कृष्णमणि बराल
ठुलाखर्ककाे पुग्नै लाग्दा फाप्रे सगै तस्बिर खिचाउँदै दुर्गा । तस्बिर : कृष्णमणि बराल
अशेष बाेस ।
ठुलाखर्कमा पुगेपछि अाराम गर्दै । तस्बिर : दुर्गा पाैडेल ।

ठुलाखर्कबाट देखिएकाे फेवाताल र बेसीमा परेकाे फाप्रे । तस्बिर :कृष्णमणि बराल

Leave a Reply

Your email address will not be published. Required fields are marked *