कृष्णमणि बराल

स्याङ्जा जिल्लाको वालिङ नगरपालिका ४ खाल्टे होमस्टेकालागि प्रसिद्ध छ । सुन्तला गाउँको चिनारी बनाएको यस गाउँलाई सुन्तलाबारीको नामले चिनिन्छ । यहाँ ३२ घर छन् । गुरुङका २९ र बाहुनका ३ घर रहेका छन् ।
पछिल्लो समयमा यो गाउँ होमस्टेकालागि प्रख्यात छ । यहाँ आउने पाहुँनाहरुलाई गाउँकै उत्पादन टक्र्याइन्छ । सुन्तलाको साथै यस गाउँमा कोदो, मकै, धान, काउली, बन्दा, आलु, प्याज, लसुन, बेसार अदुवा लगायत खाद्यन्न र तरकारी उत्पादन हुन्छ । घरघरै बाख्रा पालन पनि छ ।
गाउँमा गुरुङ समुदायका १५ घरमा होमस्टे संचालनमा छ । विसं २०६९ देखि होमस्टे संचालनमा आएको हो । गाउँको पूर्वमा मनकामना र दक्षिणमा कान्छी मनकामना मन्दिर छन् । गाउँ नजिकै गुफा र झरना पनि पर्यटकको आकर्षण हुन् । झरनामा क्यानोनिङ पनि गर्न सकिन्छ । पोखराबाट ५७ किमि सिद्धार्थ राजमार्गको त्रीयासीबाट ७ किलोमिटरमा खाल्टे गाउँ सुन्तलाबारी सामुदायिक होमस्टे पर्दछ । गाउँलेकाे अात्मियता, अतिथि सत्कार मन छुने छ । स्थानीय उत्पादनका खानाका परिकार मलाई निकै मन पर्याे । सुन्तलाकाे समयमा रुखमै गएर सुन्तला टिपेर पनि खान पाइन्छ ।

सुन्तलाबारी हाेमस्टेमा सुन्तला बगैचाकाे सुन्दरता तस्बिरमा । २०७३ सालमा सुन्तलाबारी हाेमस्टेमा जाँदा खिचिएका तस्बिरहरु हुन् ।

सबै तस्बिरहरु: कृष्णमणि बराल

हिउँजुरे तोरीगाँडा चरा सुन्तलाकाे बाेट मुनी कुखुराकाे अाहारामा रमाउँदै ।

तस्बिर : कृष्णमणि बराल