Posted on


कृष्णमणि बराल
नेपालीहरुको दोस्रो ठूलो चाड तिहार घर आँगनमा आइसकेको छ । कागलाई शुक्रवार पूजा गरेर सुरु भएको यस वर्षको तिहार पर्वको दोस्रो दिन आज कुकुरलाई पूजा गरिदै छ । त्यसपछि गाई, गोरुलाई पनि पुजिन्छ । लक्ष्मीको पूजा गरिन्छ । तिहारको अन्तिम दिन कार्तिक शुक्ल द्वितीयाका दिन भाईटीका लगाई तिहार पर्व मनाइन्छ ।

पाउँराेटी खाँदे काग।

तिहारमा किन पुजिन्छन त काग कुकुर, गाई र गोरु ?

पृथ्वी सबै प्राणीहरुको साझा घर हो । सबैको बाँच्नु पाउनु अधिकार त भैगयो । तर मानिसले पृथ्वी आफ्नो मात्र हो झै गरि अन्य प्राणीको अस्थित्वमाथी खेलवाड गरिरहेको छ । धर्म, संस्कृति भनेका पहिलेको कानुन पनि हो । सबै मानिस बराबर हुन् । मानिस कोही ठुलो कोही सानो हुनै सक्दैन । यदि भगवान छन भने उनकालागि हामी मानव र अन्य प्राणीहरु पनि बराबर हुन् ।

भगवानलाई खुशी पार्ने नाममा मानिसले अरु प्राणीको बली दिने गर्दछ् । भगवानले कुनै अन्य निदोष जनावरको बली मागेका हुँदैनन् । किन भने भगवानकालागि अरु प्राणी पनि मान्छे भन्दा कम महत्वको हुनै सक्दैन् । काग, कुकुर, गाई, पुजा गर्नु भनेको सबै प्राणीहरुलाई संरक्षण गर भनिएको हो । हामीले वर्षमा एक पटक कागलाई मिठो खानेकुरा दिन्छौ अरु दिन शुभबोल भन्दै अन्ध विश्वासमै फर्कन्छौं । अन्य जनावरहरुको हकमा पनि उस्तै व्यवहार गछौं । पृथ्वीमा रहेका एक प्राणीको अस्थित्व अर्को प्राणी संग जोडिएको छ । त्यसैले कोरोना कराण मृत्यु त्रास बढेको बेलामा पृथ्वीमा रहेका अन्य जीबहरुको संरक्षणमा लाग्न दायित्व बढेर गएको छ ।

अन्य प्राणीहरुको संरक्षण गर्न सन्देश दिने महत्वपूर्ण नेपालीहरुको दोस्रो ठुलो पर्व तिहारको अवसरमा सबैमा हार्दिक शुभकामना । कोरोना कहरमा सुरक्षित रुपमा तिहार मनाउनु होला । सबैको जय होस ।

तिहारमा कुकुरकाे पूजा गरेपछि नमस्कार गदै पर्यटक ।

तिहारमा गाईकाे पूजा गरिदै ।

तस्बिरहरु : कृष्णमणि बराल

Leave a Reply

Your email address will not be published. Required fields are marked *