Posted on

कृष्णमणि बराल

विश्वका मान्छे यति बेला काेराेना त्रासमा बाँचीरहेका छन् । चीनको उहानमा पहिलाे पटक सन् २०१९ को डिसेम्बर महिनामा देखापरेर विश्वभर फैलिएको कोरोनाबाट मान्छे त्रसीत भएकैले घरमा थुनीए । जस्काे कारण विश्व अर्थतन्त्र खराव अवस्थामा पुगेकाे छ । मान्छेहरु काेराेनाकाे साथै अार्थिक तनावमा पनि छन् ।

त्रासकाे बिच कोभिड–१९ तरकारीबाट पनि सर्छ भन्ने हल्ला चल्याे । लकडाउनकै बिचमा बाहीरी जिल्लाबाट ठुलाे परिमाणमा पोखरा ल्याइएका तरकारी पाेखरा १२ का स्थानियले अाफै बिज्ञ बने र नष्ट गरेकाे समाचार पहिलो लकडानकै हाे । त्यसै गरी पैसाबाट कोरोना सर्छ भन्ने त्रास नेपालमा मात्र हाेइन विश्वका अरु देशमा पनि फैलिएकै हो ।

यही हल्लाबाट मान्छे अझै पनि त्रसीत छन् । कतिपयले पैसा सेनिटाइज गरेर मात्र लिन गरेको पनि छन् । यसै बिच अमेरिकाको न्यूयोर्क सिटीमा बस्ने एक पोखरेली युवाले डलरबाट कोरोना सर्छ भन्ने त्रासमा ९ सय २० डलर नष्ट भएको फेसबुकमा राखेका छन् । भएछ के भने कोरोना मार्न माइक्रोओभनमा उनले डलर राखेछन् । डलर निश्ति समय तातो बनाएर झिक्ने उनको उद्देश्य थियो । तर पोखराका मनोज कुँवरले माइक्रोओभनमा राखेको ९ सय २० डलर बेलैमा नझिक्दा डडेर नष्ट भएछ ।

उनले अगष्ट ५ मा फाेटाे सहित फेसबुकमा लेखेका छन । काेराेनाकाे डरले गर्दा जिन्दगीमा मेरो ठुलो भुल । पैसाबाट कोरोना सर्छ भनेर माइक्रोओभनमा राखेर तताएको ९ सय २० अमेरिकी डलर जलेर खतम भयो । विश्वका अरु धेरै मुलुकमा पनि यस्तो घटना भएको समाचार आएका छन् । यस्तै दक्षिण कोरियाका मानिसहरुले पनि ओभन र वासिङ मेसिनमा पैसा राख्दा डड्ने र च्यातिएर नष्ट भएकाे समाचार आएका छन् ।

कोरोना मार्न माइक्रोओभनमा ९ सय २० डलर राख्दा डडेको अवस्थामा ।

तस्बिर ः मनोज कुवँरको फेसबुकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *