Posted on

प्रकृति विनास र मानव भविश्य

कृष्णमणि बराल

आफुलाई पृथ्वीको राजा मान्ने मान्छे यति बेला मृत्यु त्रासमा छ । मृत्यु त्रासको कारण बनेको छ कोभिड–१९ । एउटा अदृश्य भाइरस । अहिले विश्वमानव त्रासमा बाँचेकाे छ । सभ्य र ज्ञानी मान्ने मानिस यही भाइरसकाे कारण आफुलाई जन्म दिने आमा बुवाको नजिक पुग्न पनि डराउँछ ।

कोरोना संक्रमीत आमा बुवा अस्पतालमा छटपटाउँदा छोरा छोरी अस्पताल पस्नै डराउँछन् । अस्पतालको बेडमा आफन्त छटपटाउँदा सान्त्वना दिने कोही हुँदैन । स्वास्थ्यकर्मीको जिम्मामा रहेका आफन्त तड्पिरहेका हुन्छन् । आफन्त घरमा छटपटाइरहेका हुन्छन् ।

एउटा बटम दबाएर चन्द्रमा सयर गर्ने मान्छे यति बेला कोरोना संग डराएर कोठामा थुनिएको छ । एउटा बटम दबाउँदा छिनभरमा पृथ्वीको कुनै भाग ध्वस्त पार्न सक्ने शक्तिशाली देशहरु यति बेला अर्थतन्त्र कम्जोर भएर आर्थीक संकटको चपेटामा परेका छन् ।

शक्तिको लोभमा सुन्दर पृथ्वीनै ध्यवस्त पार्ने शस्त्र अस्त्र बनाएको मान्छे यति बेला नाथे एउटा भाइरस संग लड्न नसकेर कोठा भित्र कैद जिवन बाँचीरहेको छ । यति धेरै डरमा बाँचेर पनि उस्मा चेतना भने अझै पलाएको छैन । शक्तिकाे उन्मादमा रहेका शक्ति राष्ट्र यस्ताे माहामारीमा पनि एक भएका छैनन् । त भन्दा म शक्तिशाली र धनी भन्ने हाेडले सहकार्य गरि कोभिड १९ बिरुद्धको खोप बनाउने सोच अझै विश्व मानवमा अाएकाे छैन् ।

शक्ति गुम्ने डरमा छन् शक्ति राष्ट्र । आफै कोरोना बिरुद्धको खोप तयार गर्ने र ठुलो धनराशी जम्मा गर्ने धुनमा शक्ति राष्ट छन् । यसैले आफै आफै कोरोना बिरुद्धको खोप तयार गर्न लागि परेका छन् । मैले यति प्रगती गरे भन्ने होडबाजी चलाइरहेका छन् । मान्छे कोरोनाको उपचार नपाएर अस्पतालको बेड, घरको आँगनमा मरिरहेका छन् ।

चीनको वुहानबाट सन् २०१९ को अन्त्य तिर देखिएको कोरोना भाइरसले विश्व भ्रमण गरिसकेको छ । भदौ २८ गते सम्म विश्वमा २८,७८७,८०८ जना कोरोना संक्रमित देखिएका छन् । निको हुनेको संख्या १९,४७५,२६३ रहेको छ । ९२०,७९५ जनाको मृत्यु भएको समाचार छ ।

कोरोना पहिलो पटक देखिएको चीनले कोरोना संक्रमण नियन्त्रण गरेर जिवन सहज रुपमा सुरु गरिसकेको छ । विद्यालय पनि संचालनमा आएका छन् । उद्योगधन्दा संचालनमा  आएका छन् । अर्को छिमेकी देश भारतमा कोरोना संक्रमण तिब्र बनेको छ । नेपालमा पनि पछिल्लो समयमा कोरोना संक्रमण तिब्र बन्दै गएको छ । अमेरिका, युरोपीयन देश लगायतका देशहरु अझै कोरोना संक्रमण नियन्त्रणको प्रयासमा छन् ।

कोरोनाको खोप बनाउने होडबाजीमा रुस अघि देखिएको छ । खोप निर्माणको काम पूर्ण रुपमा नसकीदै उसले आफूनै खोप निर्माण गर्ने पहिलो देश हो भन्दै सार्वजनिक गरिसकेको छ । रुसका राष्ट्रपतिले खोपलाई विश्वसनीय हो भन्ने प्रमाणको रुपमा आप्नो छोरीलाई पनि खोप लगाईएको बताएका छन् । अमेरिका, बेलायत, भारत, अष्टेलिया, चीन लगायतका देशले पनि आआफुले कोरोनाको खोप तयार पार्ने क्रममा बिभिन्न चरणका परिक्षण भइरहेको बताउँदै आएका छन् ।

विनासकारी अस्त्र शस्त्र बनाउने होडबाजी भने यो मृत्यु त्रासमा पनि शक्ति राष्ट्रहरु लागि परेका छन् । शक्तिको मातमा एक देशले अर्को देशलाई धम्क्याउने । सिमा मिच्ने मिचाहा कार्य कोरोना त्रासमा पनि कायम नै छ । यही समयमा विश्व वन्यजन्तु कोषले एउटा रिपोट सार्वजनिक गरेको छ ।

विगत ५० वर्षमा मानविय व्यवहारका कारण विश्वभर जीवहरुको संख्या औसातमा ६८ प्रतिशतले कमी आएको बताएको छ । वैज्ञानिकहरुले यो कमीलाई विध्वंसकारी भनी व्याख्या गरेका छन् । विश्वभरका विभिन्न जंगलमा रहेका वन्यजन्तु, समुन्द्रमा रहेका जलप्राणी र घाँसेमैदानहरुमा रहेका हजारौ जीवको अध्ययन गरेको प्रतिवेदनमा यस्तो अवस्था देखिएको हो ।

मानिसले पृथ्वीको अन्य प्राणीहरुमाथी खेलवाड गरेर कोरोना जस्ता संक्रामक रोगहरु निम्त्याइरहेको छ । पृथ्वीमा रहेका प्राणीहरु एक अर्काको अस्थित्व विना बाँच्न सक्दैनन भन्ने कुरा बुझेको मान्छे आफै पृथ्वीका अन्य प्रणी माथी अन्याय गरिरहेको छ । वैज्ञानिहरु भन्छन यस्तै व्यहारले मान्छेले पछिल्ला दिनहरुमा कोरोना भन्दा जटि किसीमका रोगहरु संग जुध्न पर्ने छ । मानिसले आफ्नो घमण्ड नरोके डाइनोसर जस्तो अवस्थामा पुग्ने दिन छिटै आउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *