Posted on

मृतककाे दाहासंस्कारपछि काेराेना पुष्टि भएका परिवार र मलामीमा काेराेना रिपाेट नेगेटिभ

कृष्णमणि बराल

मान्छेबाट मान्छेमा सर्ने कोभिड–१९ (कोरोना भाइरसको) को कारण विश्वका मान्छे आंतकित छ । आफन्तको मृत्यु संस्कार गर्नुको त के कुरा बिरामी हुँदा भौतिक दुरी (सामाजिक दुरी) कामय गर्नु पर्ने भन्दै बाबा आमा बिरामी हुँदा पनि भेट्न जाँदैन मान्छे । अस्पतालको आइसोलेसनमा बसेका आफन्त भेटन दिइदैन पनि ।

कोरोना भाइरसको कारण मृत्यु भएकाकाे दाहासंस्कार गरिदा दाहासंस्कार गर्नेलाई सर्छ भन्ने मान्यताकै कारण आफन्तले शव छुदैनन् । छुन दिइदैन । कोरोना संक्रमणबाट मृत्यु भएका आफन्तको अन्तिम बिदाइमा सहभागी हुनु त के अनुहार हेर्न पाउँदैनन् । काेराेनाबाट मृत्यु भएकाकाे शव अस्पताल प्रशासन र सुरक्षा कर्मीकाे नियन्त्रणमा हुन्छ । विश्व श्वास्थ्य सगठनकाे याे नियम विश्वमानवले लुरुलुरु पछ्याइरहेकाे छ । काेराेनाबाट मृत्यु भएकाकाे शवलाई सोझै नदी किनारमा लगेर गाड्ने चलन छ । कोरोना भाइरसको कारण मानिसले आफ्नो धर्म संस्कृति बिपरित आफन्तको शव गाडीदा पनि माैन छ । यति बिघ्न त्रास बनेको छ कोरोना मृत्यु ।

गत बिहीबार राति पोखरा ५ मालेपाटनकी ४५ वर्षीय महिलाको मृत्यु भयो । उनि ब्लड क्यानसरकी बिरामी थिइन । पोखराको फिष्टेल अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । जिउँदै हुँदा दिइएको स्वाबको रिपोट मृत्यु भएर दाहासंस्कार गरेको भोली पल्ट आयो । रिपोटमा मृतक महिलामा कोरोना पोजेटिभ देखियो । यसपछि सुरु भयो त्रास र भयको वातावरण । मलामी गएका दुई सय जना भन्दा बढि होम क्वारेन्टाइनमा बसे । मालेपाटनका छिमेकी, गाउँको घर कास्कीको माछापुच्र्छे« गाउँपालिका घाचोकका दाजुभाइ आफन्त सबैमा कोरोनाको त्रास भो र होम क्वारेन्टाइनमा रहे ।

अस्पतालको आलोचना भयो । स्वाब टेष्ट गर्न दिएपछि रिपोट नकुरेर किन आफन्तलाई पहिले नै शव दिएको ? मलामी, गाउँ घर आफन्त र छिमेकीलाई कोरोना संक्रमण सरेमा को जिम्मेवार हुने भन्ने जस्ता तर्क सहित आलोचना भइनै रहयो  । आफन्तले रिपोट आएपछि लग्ने हो कि भनेकै थिए । अस्पतालका डाक्टरले क्यानसरबाटै मृत्यु हुन सक्ने पहिले नै अनुमान गरे । यसैले रिपोट कुर्नु पर्ने अस्पतालले जरुरी ठानेन ।

कोरोना संक्रमण भएको रिपोट आएपछि गाउँको घर छिमेकमा यति सम्म भएछ कि मृतकका परिवार र आफन्त घरबाट बाहिर निस्कन नै सकस पर्न थालेछ । गाई भैसीकालागि घाँस काट्न जान पनि उस्तै सकस । कोरोनाको सकस पूर्ण जिन्दगी प्रत्यक्ष अप्रत्यक्ष करिव चार सय बढीले मृतकका आफन्तको रिपोट नआउँदा सम्म भोगे । मृत्यु भएको पाँच दिन पछि कन्ट्यक ट्रेसिङ सुरु भयो । मृतकका श्रीमान, परिवार नजिकका आफन्त सहित २२ जनाको स्वाब टेष्ट गरियो । रिपोट आयो मृतकका श्रीमान परिवार आफन्त सबैको रिपोट नेगेटिभ ।

मृत्यु अघि कोरोना पोजेटिभ रिपोट आएको भए मृत्यु पछि शव सुरक्षाकर्मीले व्यवस्थापन गर्थे । सेती किनारमा लगेर डोजरले तयार पारेको खाल्टोमा पुर्थे । पछिल्लो समयमा व्यस्थापन गर्नु अघि मृतकलाई सलामी दिने गरिएकाे छ । अरु कोरोना संक्रमणबाट मृत्यु भएकाको जस्तै शव व्यवस्थापन हुनु परेन उनलाई । आफन्त, छरछिमेक, साथीसंगीको साथमा उनको अन्तिम बिदाई गरियो ।

मृत्यु शाश्वत सत्य हो र पनि दुःखको क्षण हो । यो दुःको क्षणमा पनि खुशीको बिषय कोरोना संक्रमणबाट मृत्यु भनिए पनि उनिबाट कसैलाई कोरोना संक्रमण भएन । यो कसरी हुन गयो ? स्वंम म श्रीमती बिरामी भएपछि स्यारसुसारमा लागेकै हो । छोरी र आफन्त पनि उतिकै लागेकै हुन् । अस्पतालको बेडमा समेत म पुगेर स्याहार सुसार गरेकै थिए । मृतकका श्रीमानले सुनाए । कोरोना कम्जोर थियो कि । रिपोट गलत उको प्रश्न छ ? दाहासंस्कार गरेको भोलीपल्ट रिपोट आएपछि सरकारी निकायबाट मृतकको प्रत्यक्ष सम्पर्कमा को कति हुनुहुन्थ्यो । कसरी बस्नु भएको छ । के कसरी बस्ने भन्ने विषयमा खोजि पनि गरेन । कोरोना कहरमा सरकारको तयारी यही व्यवहारले देखउँछ । जब की मृतकको मलामी गण्डकी प्रदेश सभाका दुई जना सांसद पनि गएका थिए । मृतकका आफन्तलाई प्रत्यक्ष भेटेर समबेदना दिएका थिए ।

पोखरामा कोरोना संक्रमणबाट जटिल बिरामी भनिएका केही व्यक्तीको परिवारमा पनि कसैमा कोरोना संक्रमण देखिएको छैन । दुई सता अघि पोखरा बैदामका पर्यटन व्यवसायीलाई रुघा खोकी र ज्वरो आयो । पोखरा छाडेर कतै नगएको मात्र होइन बाहिरबाट आएकाको नजिक नपरेको उनको भनाई थियो । त्यसैले सामान्य फ्लु सम्झे । बिस्तारे सास फेर्न गाहे हुँदै गयो । श्रीमती र परिवार नै स्यार सुसारमा लाग्यो । कोरोना सिम्टम देखिएपछि साथी भाइले अस्पताल जान सुझाए । अस्पताल भर्ना भए ।

अस्पतालले जाँचपढ्ताल गर्दा निमोनीया भएको भन्यो । कोरोना सक्रमण भए नभएको पत्ता लगाउन स्वाब टेष्ट पनि गर्न पठाइयो । उपचारकै क्रममा स्वाब टेष्टको नतिजा आयो कोरोना पोजेटिभ । त्यसपछि सुरु भयो उनको सम्पर्कमा भएकाको तनाव । पाँच दिनपछि घरका परिवारको कोरोना संक्रमण भएनभएको जाँच्न स्वाब टेष्ट गर्न लगियो । केही दिनपछि रिपोट आयो घरमा सबै परिवारमा कोरोना संक्रमण नभएको रिपोट नेगेटिभ । अस्पतालमा उपचार गराएका व्यवसायीले पनि १३ दिनमा कोरोनालाई परास्त गरे र घर फर्कीए । देशकै पर्यटकीय राजधानी दावी गर्ने पाेखराकाे युराेप मानिएकाे लेकसाइडका स्थानीयले काेराेना सर्ने डरमा सडकमा डाेरी टाँगेका दृृश्यले गिज्याइरहेकाे थियाे लेकसाइडलाइ नै । मानिस कति सम्बेदनहिन हुन्छन भन्ने काेराेना पछि विश्व मानवकाे व्यवहारले देखिएकाे छ ।

एकै परिवारका १३ सहित १६ जनाले नै जिते कोरोना

साउनको तेस्रो हप्ता पहिलो पटक सहकारीमा काम गर्ने परिवारको एक महिला सदस्यलाई कोरोना संक्रमण पुष्टि भयो । उनि बिरामी छोरोलाई उपचार गर्न पोखराको एक निजी अस्पताल पुगेकि थिइन् । उपचारको क्रममा सामान्य ज्वरो आएपछि आमा छोराकै कारोना संक्रमण छ छैन स्वाब टेष्ट भयो ।

स्वाब टेष्टको क्रममा आमा छोरालाई कोरोना संक्रमण देखियो । त्यसपछि सुरु भयो घरका अन्य सदस्य र सहकारीका अरु सदस्यमा पनि कोरोना संक्रमण भए नभएको कन्ट्याक ट्रेसिङ् । कन्ट्याक ट्रेसिङ्का क्रममा तीन जना दाजुभाईको परिवारको १३ जना सदस्यमा कोरोना संक्रमण पुष्टि भयो । यसको साथै एक जना परिवारको घरमा भाडामा बस्ने तीन जनामा पनि कोरोना संक्रमण देखियो । उनले काम गर्ने सहकारीका कुनै सदस्यमा भने कोरोना संक्रमण देखिएन् ।

घरमा एक पछि अर्को सदस्यमा कोरोना पुष्टि भएपछि परिवारमा तनाव त थियो नै । विश्वका मान्छेलाई तनाव दिएको कोरोना संक्रमण आप्नै परिवारका १३ सदस्यमा देखिएपछि तनाव नहुने कुरै भएन कोरोना संक्रमणबाट मुक्त भएका परिवारका एक सदस्य प्रकाश बरालले अन्नपूर्ण संग भने । परिवारमा कोरोना संक्रमण हुनेमा ११ वर्षका बालबालिका देखि ७३ वर्षका पाका उमेर समूहका थिए । कोरोना संगको लडाईमा परिवारका १३ जना र घरभाडामा बस्ने ३ जना सहित १६ जनाले जिते । 

पाेखरामा हालै एक महिलाको उपचारका क्रममा अस्पतालमा मृत्यु, दाहासंस्कार र दाहासंस्कार पछि कोरोना रिपोट पोजेटिभ । कन्ट्याक ट्रेसिङमा मृतकका परिवार र आफन्त कसैमा कोरोना संक्रमण नदेखिए पछि रिपोट गलत थियो की कोरोना कम्जोर भन्ने चासाे जिज्ञाशा पाेखरेलीकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *