Posted on

कृष्णमणि बराल

पाेखरा : कोरोना रोग लागेको वा नलागेको थाहा पाउनका लागि द्रुत गतिमा गरिने टेष्ट हो, आरडिटी अर्थात् र्‍यापिड डाइग्नोष्टिक टेष्ट । कोरोना संक्रमणको अवस्थालाई प्रारम्भिक रुपमा हेर्नका लागि यो टेष्ट किटको प्रयोग गर्ने गरिएको छ ।

अहिले ७७ वटा जिल्लामा पहिलो चरणमा यही किटमार्फत् कोरोना संक्रमणको शंका लागेकाहरु वा विदेशबाट फर्किएका दुई साता पूरा भइसकेका र उनीहरुको परिवारमा कोरोना संक्रमण रहे नरहेको पत्ता लगाउन यो किटको प्रयोग भइरहेको छ ।

आरडिटीको प्रयोग तथा यसको उपयोगिताको सम्बन्धमा अहिले विभिन्न टिका टिप्पणीसमेत भइरहेको छ । कतिपयले यो टेष्ट किटको काम नै नभएको बताइरहेका छन् त कतिपयले यसले गलत रिपोर्ट दिने गरेको गुनासो पनि गरिरहेका छन् । कतिपय मानिसहरुले त स्पनेले काम नगरेको भन्दै फिर्ता पठाएको र्‍यापिड टेष्ट किट नै नेपाल ल्याएको बताइरहेका छन् । कतिपयले चाहिँ अहिले नेपालले प्रयोगमा ल्याएको र्‍यापिड टेष्ट किटले विश्व स्वास्थ्य संगठनबाट मान्यता नै नपाएको भन्दै यसको उपयोगितामाथि नै शंका गरिरहेका छन् ।

कतिपय स्थानमा गरिएको र्‍यापिड डाइग्नोष्टिक टेष्टमा नेगेटिभ (रोग नभएको) देखाएपनि पिसिआर (ल्याब टेष्ट)मा पोजिटिभ (रोग भएको) देखाइएको पाइएको छ । अनि कतिपय अवस्थामा आरडिटीमा पोजिटभ देखाएपनि पिसिआर टेष्टमा नेगेटिभ अर्थात् रोग निको भइसकेको वा रोग नै नभएको देखाएको छ । यी कारणले पनि र्‍यापिड टेष्ट किटका बारेमा धेरैमा अन्यौलतमा सिर्जना गरिदिएको छ ।

यसरी हुन्छ र्‍यापिड डाइग्नोष्टिक टेष्ट ।

पाेखरा महानगरपालिका स्वास्थ महाशाखा अन्तरगत शहरी स्वास्थ्य प्रवर्द्धन केन्द नयाँ बजार पाेखरामा र्‍यापिड डाइग्नोष्टिक टेष्टकालागि नमुना सकलन गरिदै ।

तस्बिरहरु : कृष्णमणि बराल

Leave a Reply

Your email address will not be published. Required fields are marked *