सामाजिक दुरी कायम गर्दै यसरी सुरु भयो गण्डकी प्रदेशको बर्खे अधिवेशन
कृष्णमणि बराल÷पोखरा
कोरोना कहर बिच गण्डकी प्रदेश सभाको बर्खे अधिवेशन आइतबार देखि सामाजिक दुरी कायम गर्दै पोखरा सभागृहमा सुरु भएको छ । प्रदेश मन्त्रिपरिषदको एक हप्ता अघिको बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख अमिक शेरचनसमक्ष सिफारिस गर्ने निर्णण गरेको थियो ।

पोखरा सभागृहमा आइतबार देखि सुरु भएको गण्डकी प्रदेशको बर्खे अधिवेसनमा सहभागी सासदहरु ।
तस्बिरहरु ः कृष्णमणि बराल


अहिलेको पोखराको नदिपुर स्थित गण्डकी प्रदेश सभा हलमा सामाजिक दुरी कायम गर्न नसकिने भएपछि पोखराको न्यूरोड स्थित १५ सय सिट क्षमताको पोखरा सभागृहमा बर्खे अधिवेश सुरु भएको हो । सभागृहको भाँचिएका कुर्सीको मर्मत, रंगरोगन, लगायत सभा बस्नकालागि गण्डकी प्रदेश सरकारको लगानीमा आवश्यक पूर्वाधार तयारी युद्धस्थरमा भए पछि पोखरा सभागृहमा अधिवेशन हुन सम्भव भएको हो ।


अहिलेको पोखराको नदिपुर स्थित गण्डकी प्रदेश सभा हलमा सामाजिक दुरी कायम गर्न नसकिने भएपछि २२ देखि २५ लाखको लागतमा पोखरा सभागृह मर्मत सम्भार र रंगरोगन गरिएको गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रि तथा प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । धेरै मानिसको भेला हुनु प¥यो भने एक मात्र बिकल्प पोखरा सभागृह पोखरा महानगरपालिकाले चुस्त जुस्त र मर्मत सम्भार नगर्दा जिर्ण अवस्थामा थियो । सभागृहमा यसरी सुरु भयो गण्डकी प्रदेशको बर्खे अधिवेशन ।