कृष्णमणि बराल
पोखरा : हिन्दुकुश हिमालय पर्वत अन्तर्गत पोखरा अन्नपूर्ण हिश्रृखलाको काखमा पर्दछ् । हिमालय क्षेत्रमा भूकम्पको जोखिम धेरै हुने वैज्ञानिक अनुसन्धानले देखाएको छ । पोखरा अन्नपूर्ण हिमालयको काखमा रहेकोले यस क्षेत्र भूकम्पिय जोखिम धेरै रहेको बताइन्छ । हुन त नेपाल हिमालै हिमालको देश हो । विश्वमा पाइने १४ वटा ८ हजार मिटर भन्दा अग्ला हिमालमा ८ वटा नेपालमै पर्छ । यस हिसावले नेपाल समग्र हिमालय क्षेत्रमा पर्छ । के नेपालका सबै हिमाली क्षेत्र भूकम्पिय जोखिमा पर्छ ?
पोखरा अन्नपूर्ण हिमाल देखि हवाई दुरी २५ किलो मिटर मात्र छ । ८ सय वर्ष अगाडि पश्चिम नेपालमा ठुलो भूकम्प गएको बताइन्छ । झण्डै ९ रेक्टरको भूकम्प गएको थियो भन्ने वैज्ञानिक अध्ययनमा पाइएको छ । त्यतीबेला अन्नपूर्ण हिमश्रृखला क्षेत्रमा भएका हिमताल फुटेर, हिमशिखर पनि ढलेर संगै बगाएर ल्याएका गेग्रयानले पुरिएर अहिलेको पोखरा उपत्याका बनेको भन्ने वैज्ञानिकको भनाइ छ । पछिल्लो अध्ययनले त्यती बेला अन्नपूर्ण चौथो हिमाल ८ हजार मिटर भन्दा अग्लो रहेको वैज्ञानिकले बताएका छन् । ८ सय वर्ष अघि ९ रेक्टरको भूकम्प जाँदा अहिलेको अन्नपूर्ण चौथोको हिमालको शिखर फुटेर ५ सय मिटर उचाइ घटेको बताइन्छ । अन्नपूर्ण चौथोलाई पोखराबाट हेर्दा पनि शिखर फुटेको जस्तै आकार देखिन्छ । वैज्ञानिकहरुले त्यहाँको चट्टान अध्ययन अनुसन्धान गरेर अन्नपूर्ण दोस्रो भन्दा अन्नपूर्ण चौथो अग्लो थियो भन्ने पत्ता लगाएको बताएका छन् । अन्नपूर्ण क्षेत्र लगायत हिमाली क्षेत्रमा भूकम्प नगएको धेरै वर्ष भएकोले त्यस्तै ठूलो भूकम्प कुनै पनि बेला जान सक्ने र दुर्घटना फेरि दोहोरिन सक्ने बताएका हुन्।
पछिल्लो समयमा ग्लोवल वामिङका कारण हिमालमा हिउँ पग्लने क्रम बढ्दो क्रममा छ । यसैले हिमाली क्षेत्रमा रहेका हिमतालहरु जोखिममा छन् । नेपालमा २७ वटा हिमतालहरु रहेका छन् । भूकम्प जाँदा मानव निर्मित संरचना मात्र भत्कदैनन । हिमालको संरचनामा असर गर्न सक्छ । हिमताल पनि फुटाउन सक्छ । त्यस्ता खालका प्राकृतिक प्रकोपबाट बच्न पूर्वतयारी नेपाल जस्ता भूकम्पिय जोखिम भएको देशमा हुनुपर्छ । हालै फ्रान्सका वैज्ञानिकले अध्ययन गरीप्रकाशन गरेको नेचर भन्ने जर्नलमा निस्कीएको रिपोट अनुसार अन्नपूर्ण हिमालय क्षेत्रमा भूकम्पका जोखिम रहेको बताइएको छ ।
नेपाल र तिब्बत क्षेत्रका हिमतालहरु फुटे भने लाखौं मान्छेको ज्यान जान सक्छ । यस तर्फ बेलैका सचेत भएर भूकम्प आउँदा हुने जोखिम न्यूनिकरणमा सरकार र नागरिक पनि लाग्नु पर्ने देखिन्छ । तर देशमा सरकारको उपस्थिती नै देखिदैन । पछिल्लो पटक २०६९ वैशाख २३ गते सेती नदिमा आएको बाढीका कारण कास्कीको साविक सार्दीखोला गाविस हालको माछापुच्छे« गाउँपालिकाको खारापानीको बस्ती नै बगाएको थियो । बाढीमा परि ३५ जना भन्दा बढीको ज्यान गएको थियो ।
पोखरा उपत्यका अन्नपूर्ण हिमशृंखलाबाट आएको लेदो र गेगरबाट पुरिएर बनेको हो । अन्नपूर्ण हिमालय क्षेत्रबाट करिब १२ हजार वर्ष अघि र पछिल्लो पटक ८ सय वर्ष अघि गरेर आएका भीषण बाढीहरु पछि चुनयुक्त लेदो सहितको बालुवा, गिटी, र ठुला ढुङ्गाहरुलले पुरिएर पोखरा उपत्यका बनेको वैज्ञानिक तथ्य रहेको छ । त्यसैले प्राकृतिक रुपमा पोखरा जत्ति सुन्दर छ, प्राकृतिक प्रकोपहरुले पनि पोखरा उत्तिकै जोखिम रहेको बताइन्छ । वैज्ञानिकहरूले पोखरामा थुप्रिएको डिपोजिट र अन्नपूर्ण हिमालय क्षेत्रमा भएको डिपोजिटको अध्ययनबाट यो फेला पारेका हुन् ।
जस्तै पोखरा उपत्यकामा र वरिपरीको डांडाहरुमा जे जस्तो ढुङ्गा पाइन्छ, ति प्रायस् अन्नपूर्ण क्षेत्रमा पाइन्छन् – त्यसको मतलब ती ढुंगाहरु अन्नपूर्ण हिमालय क्षेत्र बाट बाढीले बगाएर ल्याएका हुन् । धेरै कोणबाट भएको अध्ययनबाट यो पत्ता लागेको पोखरामा प्राकृतिक प्रकोप र विपद विषयमा फ्रान्सको पेरिस विश्व बिधालयबाट विद्यावारिधि गरेका बरिष्ठ जियो टेक्निकल इन्जिनियर नारायण गुरुङले सुनाए । पोखरामा हुन सक्ने प्राकृतिक प्रकोपहरु र यी प्राकृतिक प्रकोपहरुलाई विपद हुन बाट कसरी बचाउन सकिन्छ भन्ने बिषयमा बिशेष अध्ययन अनुसन्धान भइरहेको पनि उनले बताए ।
२०६९ वैशाख २३ गते वर्षा नहुँदा सुख्खा समयमा आएको बाढीले त्यस्तो विनास गरेको थियो । वर्षा याममा वा भूकम्प आएर अवरोधका कारण, हिमताल फुटेर बाढी आउने हो भने ठूलो विनास निम्त्याउने छ । यसैले पनि सचेत भएर नदी वरपर मात्र होइन वैज्ञानिक अध्ययनले जोखिपूर्ण क्षेत्र भनेका गुफामाथी लगायत कम्जोर भूबनोट भएका क्षेत्रमा घर बनाउनु हुँदैन । भूकम्प प्रतिरोधक घर बनाउनु त छदैछ् । पोखरा जस्तो भौगोलिक अवस्था भएका क्षेत्रमा भौगोलिक संवदेनशिलता हेरेर पनि बस्ती बसाल्ने तर्फ सरकार लाग्नु पर्ने हो । तर सरकारले अहिले सम्म बस्ती बस्ने क्षेत्र, कृषि भूमी, औधोगिक क्षेत्र छुट्याएर सहरलाई सुरक्षित र व्यवस्थित बनाउन सकेको छैन् ।
प्रजातन्त्र आएको ३३ वर्ष मात्र होइन गणतान्त्रि आएको पनि दशक बढी भयो तर देशका एउटा सहर पनि योजना वद्ध रुपमा बन्न सकेका छैनन् । अस्त व्यस्ता बजार, अस्तव्यस्त बस्ती मात्र होइन नदी, ताल, प्राकृतिक संरचना अतिक्रमण गरेर संरचना बन्ने क्रम तिब्र छ । यसले भोली दुर्घट्ना निम्त्याउने निश्चित छ । तर सरकार आप्नो सत्ता जोगाउन र प्रतिपक्ष सत्तामा पुग्ने विषयमा सोच्ने बाहेक सुरक्षित बस्ती, आत्मनिर्भर देश बनाउन कुनै योजना नै बनेका छैनन् । शैक्षित युवा निराश हुँदै विदेश पलायन भएका छन् । खाडी मुलुकमा युवाहरुले दु:खजीलो गरि काम गरी पठाएको रेमिट्यान्समा सरकार रमाइरहेको छ ।
आम मान्छेहरुको अहिले पनि बुझाई के छ भने प्राकृतिक प्रकोपहरु ९जस्तै बाढी, पहिरो, भूकम्प आदि० आफै प्राकृतिक विपद हुन् तर विपद कहिलै पनि प्राकृतिक होइनन् र हुदैनन् भन्ने छ । जब प्राकृतिक प्रकोपहरुले जनधनको क्षति गर्दछ, त्यस पछि मात्र त्यो विपदमा परिणत हुन्छ । सारांशमा प्राकृतिक प्रकोपहरु भनेका यस धर्तीमा भैरहने प्रकृतिको नियमित प्रक्रियाहरु हुन् । यसलाई कहिलै पनि रोक्न सकिन्न। तर विपदलाई रोक्न र कम गर्न सकिन्छ,अनि विपद हुनुमा मानव जन्य क्रियाकलापहरु नै मुख्य कारण रहेको हालको हाम्रो अध्ययन अनुसन्धानहरुले देखाई रहेको अवस्था छ । यसैले सरकार, नागरिक सबैले आआप्नो क्षेत्रबाट सचेत भएर भूकम्पिय जोखिम कम गर्न तर्फ लाग्नु पर्नेमा गुरुङको जोड छ ।
सेती बाढी पछि तयार पारिएको डकुमेन्ट्री हेर्न यहाँ क्लिक गर्नुहोस ।
Leave A Comment