Posted on


कृष्णमणि बराल

पोखरा : कोभिड —१९ को सक्रमण हुन नदिन पोखराका मेडिकल पसलले आफ्नै शैलीमा साबधानी अपनाएका छन् । मेडिकल पसलले सामाजिक दुरीमा रहेर लाइनमा औषधी उपलब्ध गराउने, कतै आफैले बनाउन लगाएको पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिइ) लगाएर ओषधी लिन आएकाहरुलाई औषधी दिने र सामान्य बिरामी भएर आएका बिरामीको उपचार गराउने काम गरिरहेका छन् ।


पोखराको जिरो किलो मिटर स्थित सन्चो मेडिकल फर्माले गत दुई हप्ता देखि औषधी मात्र दिन मिल्ने गरि प्लाष्टिकको वाल बनाएर सेवा दिएका छ । लकडाउनको बेलामा घरमै गएर बिरामीलाई औषधी दिने र उपचार समेत गर्दै आएकाे मेडिकल संचालक कृष्णप्रसाद पाण्डेले कोरोना भाइरसको सक्रमण नहोस भनेर यसो गरिएको बताए ।


लकडाउन पछि भने औषधी लिन आउनेको संख्या निकै न्यून रहेको उनले सुनाए । सामान्य अवस्थामा भन्दा लकडाउनको अवस्थामा औषधीको बिक्री धेरै कम मात्र हुने गरेको उनले सुनाए । कोभिड—१९ को सक्रमण हुन नदिन मेडिकल पसलकाे साबधानी तस्बिरमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *