Posted on

कृष्णमणि बराल

चराको चिरविर चिरविर आवाज मलाई गित संगीत जस्तै लाग्छ । चराले आफ्नै भाषामा साथी संगी संग कुरा गरेको दोहोरो आवाज झन कर्णप्रिय लाग्छन् । चराले काफल पाक्यो, काफल पाक्यो, पोखरा जाउँ, पोखरा जाउँ जस्ता शब्द भन्दा निकै आनन्द लाग्छ । सानोमा हामी चराले काफल पाक्यो भन्दा चरा संगै स्वरमा स्वर मिलाएर काफल पाक्यो भन्दै रमाउँथ्यौ ।

चराको महत्व मानिसको जिवन संग पनि उतिकै महत्वपूर्ण रहन्छ । बालीनालीमा लाग्ने किरा खाएर बालीनाली संरक्षण्मा चराको महत्वपूर्ण भूमीका रहन्छ । यस्तै चराले वातावरण स्वच्छ राख्न पनि उतिकै भूमीका खेलका हुन्छन् । मरेका जनावरको सिनो खाएर वातावरण स्वच्छ बनाएर हैजा, रेविज जस्ता रोग फैलन रोक्छन प्रकृतिका कुचिका गिद्धले । मुसा खाएर बाली नोक्सान गर्नबाट रोक्छन लाटोकोसेरोले । यसरी बिभिन्न प्रजातिका चराले वातावरण संरक्षणमा मात्र होइन मानव जिवनलाई स्वस्थ्य रहन महत्वपूर्ण भूमीका खेलेका हुन्छन् ।

चराका बास्सथान ताल, पोखरी, नदी, खोला, वन, घाँसे मैदान लोप हुँदै गएका छन् । हाम्रौ कारणले ताल, पोखरी, खोला, नदी प्रदुर्षणको चपेटामा परेका छन् । यसरी गुनकारी चराका धेरै प्रजाति हाम्रौ कारणले लोप भएका छन त कति लोप हुने अवस्थामा पुगेका छन् । विश्वमा ११ हजार ३२ प्रजातिका चरा पाइन्छन्। पछिल्लो तथ्यांकअनुसार नेपालमा ८ सय ८८ प्रजातिका चरा पाइन्छन्। ती मध्ये १ सय ६८ प्रजातिका चरा अति संकटमा रहेको चराविद डा. हेमसागर बरालले बताउँछन्। वासस्थान विनास र चरालाई चाहिने अनुकूल वातावरण नहुँदा ६ प्रजातिका चरा नेपालबाट लोप भइसकेका छन्। यति महत्वका चरा संरक्षणमा सबैले ध्यान दिनु पर्छ । चरा संरक्षण गराै, वातावरण जाेगाउँ ।

पोखराको चाउथे फाँटमा सिनो नजिकै रमाउँदै राज गिद्ध र हिमाली गिद्ध ।
तस्बिर ः कृष्णमणि बराल

पाेखरामा उद्धार गरिएकाे लाटाेकाेसेराे । पाेखरामा पछिल्लाे समयमा युवाहरु वन्यजन्तुकाे उद्धारमा लाग्ने त्रःम बढेकाे छ । तस्बिर : कृष्णमणि बराल

पोखराको विजयपुर खोलाको आकाशमा कावा खाँदै राज गिद्ध र गोमायु महाचील । पोखरा सिकारी प्रजातिका चराकालागि स्वर्ग मानिन्छ । आफुलाई अनुकुल हुने मौषम अनुसार कास्कीमा बिभिन्न प्रजातिका गिद्ध बसाइँ सराई गरेर विभिन्न देशबाट पनि आइपुग्छन् । यसरी आइपुग्ने गिद्ध समेत गरेर कास्की जिल्लामा वर्ष भरिमा नेपालमा पाइने सबै ९ प्रजातिका गिद्ध पाइन्छन् ।

तस्बिर : कृष्णमणि बराल

Leave a Reply

Your email address will not be published. Required fields are marked *