Posted on

सन् २०२१ लाई पाेखरामा यसरी गरियाे स्वागत

कृष्णमणि बराल÷पोखरा
कोरोना त्रासका कारण अंग्रेजी नयाँ वर्ष २०२१ लाई स्वागत गर्न यस वर्ष फेवाताल किनारमा पोखरा सडक महोत्सव गर्ने नगर्ने दोधारमा रहेकाे थियो आयोजक रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) पाेखरा । महोत्सव गर्दा पर्यटक आउने हुन कि होइनन् ? धेरै आए भने फेरि कोरोना पो फैलने हो कि ? सडक महोत्सवलाई निरन्तरता दिदा राम्रो हुने हो कि नदिदा भन्ने विषयमा छलफल गरे, अन्तरक्रिया भयो । पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकारका प्रतिनिधि संग पनि छलफल गरेको रेबान पोखराका उपाध्यक्ष नरेश भट्टराईले सुनाए ।

नयँा वर्ष सन् २०२१ लाई स्वागत गर्न पाेखराकाे लेकसाइडमा भएकाे सडक महाेत्सवमा भेला भएका युवायुवती । तस्बिर : कृष्णमणि बराल

बैदामका स्थानीय, पर्यटन व्यवसायी संग पनि छलफल भयो । सबैले थला परेको पर्यटन उद्योगलाई चलायमान बनाउन सडक महोत्सवलाई निरन्तरता दिने पक्षमा मत राखे । यसपछि हामीलाई हौसला मिल्यो । यसरी सडक महोत्सव गर्ने निर्णयमा पुगेको उपाध्यक्ष भट्टराईले सुनाए । सबैको साथ र हौशलाले पोखरा खुला छ भन्ने सन्देश दिन पनि २२ औं संस्करणकाे सडक महोत्सव गर्ने निर्णयमा आयोजक पुगेको रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) पोखराका अध्यक्ष लक्ष्मण बरालले बताए ।

सडक महोत्सवको दोस्रो दिन बिहीबार राति १२ बजे पछि ( सन् २०२१) नयाँ वर्ष सुरु हुँदै थियो । सन् २०१९ काे अन्तिम महिनामा देखा परेर (सन् २०२० ) वर्ष भर नै कोरोना त्रासमा मान्छे बाँचे । काेराेनाले विश्वका मान्छेलाई घरमै कैदमा परेर राखेको सन् २०२० लाई बिदाई गर्दै नयाँ शु:खका दिन सुरु हुने आशा र विश्वासाका साथ सन् २०२१ लाई स्वागत गर्न कोरोना विर्साउने गरि मानव सागर पोखराको लेकसाडमा ओलीयो । पोखरेली त आए नै काठमाण्डाै, चितवन लगायत बिभिन्न सहर र भारतीय पर्यटक समेत पोखरामा नयाँ वर्ष मनाउन आइपुगे । आयोजक रेबानलाई जिल्ल पार्ने गरि मानवसागर नै लेकसाइडमा अाेइरियाे । सामान्य अवस्थामा जस्तै व्यवसायीले अाशा नै नगरेकाे मानव सागर सडक महाेत्सवमा सहभागी भयाे । सुनसान रहेको पर्यटकीय क्षेत्र लेकसाइडमा उज्यालो छायो । गीत, संगीत, नृत्यले गुन्जयमान बन्यो । लामाे समय काेराेना त्रासमा थुनीएका युवायुवती पिजडामा परेकाे चरा स्वतन्त्र उडान भर्न पाएर कावा खाएजस्तै । युवायुवती उस्तै गरि उडान भरेर फेवा किनारमा अवतरण गरे झै देखिएकाे थियाे सडक महाेत्सवमा मानवसागर ।

काेराेना भर्खर नेपालमा भित्रदा ताकाकाे त्रास तिर फर्काै । एक वर्ष अघि सन् २०१९ काे डिसेम्बार महिनामा चीनको उहानबाट सुरु भएर विश्व यात्रा गरेको कोरोना भाइरसले नेपालमा पनि उस्तै गरि त्रास फैलाएको थियो । कोरोना संक्रमितको नजिक आफन्त पनि जान डराएकाे अवस्था थियाे । काेराेना संक्रमण भएर मृत्यु भएकाकाे शव व्यवस्थापनमा पनि उस्तै चुनाैती थियाे । जता लगेर व्यवस्थापन गर्न लाग्दा पनि बिराेध हुन्थ्याे । मानव काेराेनाबाट हुने मृत्यु त्रासले असामाजिक बनेकाे थियाे । यस अघि नै सरकारले कोरोना नियन्त्रण गर्न चैत ११ गते देखि देशमा लकडाउन लगाएकाे थियाे । कोरोना कहरले देश ठप्प मात्र भएन सुनसान रहयो । लकडाउन लगाउनु अघि नै नेपालमा रहेका पर्यटक कोरोना त्रासका कारण घर फर्कन थाले । पदयात्रामा रहेका पर्यटक पनि बिचबाटाे बाटै यात्रा छाेट्याएर फर्कीए । केही पर्यटकले भने नेपाल सुरक्षित छ भनेर पाेखरामा पत्रकार सम्मेलन गरेरै यही बस्न पाउँ भने । अझै पनि पोखरा सुरक्षित मानेर बस्ने पर्यटक पोखरामा छन् । काेराेना त्रासले विश्वका मान्छे घुम्न निस्केनन । यसकाे असर विश्व पर्यटन बजारमा पर्याे । नेपालमा पनि नपर्ने कुरै रहेन । यसरी कोरोनाकहरले रातभर जागा रहने पोखराकाे लेकसाइड पनि सुनसान रहयो ।

फेवातालका माछा र सिमसार क्षेत्रमा रहेका चराहरुले पनि मान्छे कहाँ गए होलान ? उनिहरुबाट बचियो बाबा भने हुन् । यसरी मान्छे कोरोना त्रासका कारण घरमा कैद रहदा सुनसान रहे गल्ली, बजार, शहर र गाउँहरु । देश लकडाउनमा जानु अघि नै पर्यटन उद्योगमा सबैभन्दा पहिले असर प¥यो । स्वदेशी र विदेशी पर्यटक आउँलान र सेवा गरेर केही शुल्क लिउला भन्ने होटल, रेष्टुरेण्ट व्यवसायी लकडाउन खुलेको लामोसमय पनि चल्न सकेनन् । रमाइलाे गर्न हिड्ने पर्यटक ज्यान नै जोखिममा राखेर घुम्न निस्कने कुरै रहेन । कसैकोमा गएर खान पनि डराउनु पर्ने । होटलमा गएर बास बस्नु त टाढाको कुरा भो । यसैले लकडाउन खुलेको लामो समय सम्म पनि पर्यटन उद्योग सुनसान रहेको व्यवसायी सुनाउँछन् । कोरोना संक्रमण भएको ९ महिना पछि भने पर्यटन क्षेत्रमा अशाका किरण देखिए । दशै, तिहारमा आन्तरिक पर्यटक विस्तारै घुम्न निस्कन थाले । पोखरामा पनि स्वदेशी पर्यटक आउन थाले । पर्यटन व्यवसायीलाई आशा र विश्वास जाग्यो । पश्चिमाञ्चल होटल संघ पोखराले नेपालका औधोगिक शहर विरगञ्ज, बिराटनगर र जनकपुरधारममा पुगेर पोखरा घुम्न आउन निम्तो बाढ्यो । संघका अध्यक्ष विकल तुलाचन, पर्यटन बोर्डका सदस्य बिप्लब पौडेल सहितको टोली जाउँ है पाेखरा अभियान लिएर पुगेकाे थियाे । पोखरा आउने पर्यटकलाई ५० प्रतिशत सम्म छुट दिने पत्रकार सम्मेलनमा पश्चिमाञ्चल होटल संघ पाेखराका अध्यक्ष तुलाचनले बताएका थिए ।

अंग्रेजी नयाँ वर्ष २०२१ नजिकीदै गयाे । रेबान पोखराले पोखरा खुला छ भन्ने सन्देश दिन बिगतको झै पोखरा सडक महोत्सवलाई निरन्तरता दिने निर्णयमा पुग्यो र स्वागतमा जुट्यो । सन् २०२० भर विश्वका मानव काेराेनाकाे छायाँमा रहयाे र त्रासमा बाच्याे । कोरोना त्रासका बिचमा जीवन बाँच्नु परेकाे त्याे कठीन वर्ष सन् २०२० जस्ता वर्ष अब फेरि नआउँन र सन् २०२१ ले सबैमा नयाँ खुशी ल्याउने आशा र विश्वासका साथ पोखराको फेवाताल मध्यभागमा रहेको बाराही मन्दिरलाई साँची राखि नयाँ वर्ष सन् २०२१ लाई पोखरामा भब्य स्वागत गरियो । सडक महाेत्सवमा आन्तरिक पर्यटककाे उत्साहाजनक उपस्थितीले पर्यटन व्यवसाय छिट्टै लयमा फर्कने आशा पलाएकाे व्यवसायीले बताएका छन् ।

यसरी सडक महाेत्सवमा अाेलीएकाे थियाे मानव सागर तस्बिरमा हेर्नुहाेस ।

सडक महाेत्सवमा परमपरागत नेपाली सारङ्गी बजाउँदै कलाकार ।

सडक महाेत्सवमा सहभागी ।

सडक महाेत्सवमा सहभागी ।
सडक महाेत्सवमा सहभागी ।
सडक महाेत्सवमा नृत्य प्रस्तुत गर्दै कलाकार ।
सडक महाेत्सवमा अाफ्नै भेषभुषामा सहभागी थारु समुदाय ।
सडक महाेत्सवमा निकालिएकाे झाँकी ।
माउन्ट कैलाश रिसोर्टले सडक महाेत्सवमा काेराेनाबाट बच्न स्वास्थ्य सतर्कता अपनाउन तरबूजामा लेखेर राखेकाे सन्देश ।
सडक महाेत्सवमा निकालिएकाे झाँकी ।
सडक महाेत्सवकाे उद्घाटन गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ ।

नयँा वर्ष सन् २०२१ लाई स्वागत गर्न पाेखराकाे लेकसाइडमा भएकाे सडक महाेत्सवकाे उद्घटन अघि निकालिएकाे शाेभा यात्रामा सहभागी । माेबाइल तस्बिर : कृष्णमणि बराल

बैशाख महिनाकाे पहिलाे हप्ता लकडाउनमा यस्ताे थियाे पाेखरा । तस्बिरमा लकडाउन अन्नपूर्ण सम्पूर्णमा शानदार हिमाल सुनसान पोखरा (sampurnaweekly.com) मैले खिचेका तस्बिरहरु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *