कृष्णमणि बराल÷जनकपुरधाम

कोरोना कहरले थला परेको पर्यटन उद्योगको उठाउन पश्चिमाञ्चल होटल संघ पोखराको टोली मङि्सर २४ देखि २७ गते सम्म विरगंज, बिराटनगर र जनकपुरधामकाे यात्रामा पुगेकाे थियाे । पाेखराबाट पुगेकाे टाेली र स्थानीय व्यवसायीहरु बिच छलफल र अन्तरक्रिया भयाे । छलफलमा छिमेकी देश भारत संग सिमा जाेडिएका औधोगिक शहरहरुका व्यवसायीकाे गुनासाे एउटै रहयाे । काेराेना छेक्न सरकारले भारतीय पर्यटक राेक्याे । भारतीय पर्यटक नेपालमा आउन नदिन भइरहेकाे नाका बन्दले पर्यटन व्यवसाय चाैपट भाे । सधै काेराेना संग डराएर बाच्ने कसाेरी ? सुरक्षित रुपमा नाका खाेल्न आन्दाेलन गर्दा पनि सरकारले सुनेन् । तपाइँहरु ‍(पाेखरेली पर्यटन व्यवसायीले ) पनि यस विषयमा आवाज उठाउनु पर्याे ।

पाेखराकाे फेवातालमा माछापुच्छ्रे छायाँ । तस्बिर : कृष्णमणि बराल

काेराेनाले थला परेकाे पर्यटन उद्योग उठाउन संग संगै मिलेर अघि बढाै पाेखरेली पर्यटन व्यवसायी र औधोगिक शहर विरगंज, जनकपुर र बिराटनगरका व्यवसायीले एकै श्वरमा श्वर मिलाए । पाेखरा आउने अमेरिकन, युराेपीयन पर्यटक यता पठाउनुहाेस । हामी आप्नै दाजुभाइ दिदीबहीनीहरुलाई मात्र हाेइन छिमेकी देश भारतका नागरिकलाई पनि जाउँ है पाेखरा भन्छाै र पठाउँछाै । पाेखरेली र स्थानीय पर्यटन व्यवसायीहरुले काेराेना कहरमा व्यवसायमा परेकाे असर र दु:ख शुख साटे । पाेखरा संग तीन वटै शहर विरगंज, जनकपुर र बिराटनगरमा हवाई सेवा जाेड्नु पर्नेमा एक भए । यसाे हुन सके पर्यटन विकासमा नयँा आयामआउने बताए । सिमरा पाेखरा हवाई उडान सुरु हुन सके पाेखरामा धेरै भन्दा धेरै भारतीय पर्यटक पठाउन सकिने पर्सा र विरगंजका व्यवसायीले फेरि दाेहाेर्याए । जति पटक व्यवसायी संग यहँाका शहरमा जाँदा पनि उठ्ने विषय नै सडक मार्ग टाढा र यस रुटमा चल्ते बस सुबिधा सम्पन्न भएनन् । बाटाे नै अप्ठ्याराे भाे । धेरै समय लाग्याे भन्ने आवाज उठछ । हवाई सेवाबाट जाेड्नु पर्ने विषय उठछन् । सुन्न पर्नेले सुन्दैन । आवाज उठ्छ र दब्बिन्छ ।

माछापुच्छ्रेकाे शहरबाट माता सीताकाे जन्मभूमी जनकपुरधाम पुग्दा मन नै निकै हर्षीत हुन्छ । पवित्र धार्मिक तीर्थस्थल विश्वकै हिन्दुहरुकाे आस्थाकाे केन्द्र जति पटक पुगे पनि यहँाकाे कला, संस्कृतिले गुरुत्व आकषर्ण भए जस्तै तानिरहन्छ । माेहित बनाइरहन्छ । जसरी पाेखरा आउँदा माछापुच्छ्रे हिमाल फेवातालमा डुबुल्की मारेकाे दृश्य हेर्न पर्यटक लालाहित हुन्छन । जति हेर पनि धित उनिहरुलाई मर्दैन ।

यही टोलीमा सहभागी भएर दोस्रो पटक त्यहाँ पुग्दा एतिहासिक जनकपुर धामको तस्बिर खिच्ने मौका मिल्यो । तस्बिरमा जनकपुरधामको दैनिकी ।

जनकपुरधामको दैनिकी ।
माेबाइल तस्बिरहरु ः कृष्णमणि बराल

एतिहासिक शहर जनकपुरधाम

देवी सीताको जन्मस्थल जनकपुरधाम एतिहासिक शहर हो । रामायण, वेद, पुराण, उपनिषद र मिथिला माहात्मयमा धार्मिक महत्व संगै पवित्र धार्मिक तीर्थस्थलको रुपमा जनकपुरधामलाई वर्णन गर्रिएको छ ।
विश्वभरका हिन्दु एवं श्रद्धालु भक्तजनहरुको पवित्र तीर्थस्थल हो जनकपुरधाम । जनकपुरधाममा आयोजना हुने विवाह पञ्चमी, रामनवमी, जानकी नवमी लगायत बिभिन्न पर्वमा देश विदेशबाट श्रद्धालु भक्तजनको घुइचो लाग्छ । विवाह पञ्चमीमा वर्षेनी भारतबाट जन्तीको रुपमा तीर्थयात्रीहरु आउने गर्दछन् ।
मुगल शैलीमा बनेको प्रख्यात मन्दिर कलाको उत्कृष्ट नमूना हाे । यहाँ जतिपटक गएर कला, संस्कृतीकाे अवलाेकन गरेपनि मन तृप्ती हुँदैन । प्राचीन मिथिला राज्यको राजधानी जनकपुरमा अवस्थित यो मन्दिर विश्वभरका हिन्दुहरुको आस्थाको केन्द्र हो । भगवान राम र माता सीताको विवाह भएको पवित्र तीर्थस्थल जनकपुरधाम नेपाल र मित्रराष्ट्र भारतका बीचमा धार्मिक तथा सांस्कृतिक सेतुको रुपमा शदीयौंदेखि कामय छ ।