मानिसको स्वस्थ्य जीवन र बालीनाली जाेगाउँनका लागि चराको महत्वपूर्ण योगदान रहदै आएको छ ।
कृष्णमणि बराल÷पोखरा
चरा र मनिसको सम्बन्ध पृथ्वीमा मानिस र चराकाे उपस्थिती हुँदा ताकै देखिको हो । पृथ्वीमा मानिसले पहिले उपस्थिती जनायो कि चराले त्यो बैज्ञानिक नै जानुन ।
मानिस र चराको उपस्थिती संगै बालीनाली जोगाउँन चराको महत्वपूर्ण योगदान रहदै आएको छ । बालीनालीलाई नोक्सान गर्ने किरा–फट्यांग्रा खाएर बाली जोगाउँन र उब्जाउ बढाउन चराले महत्वपूर्ण भूमीका खेल्छ । परागसेचनमा महुरीको जस्तै चराको पनि योगदान रहेको हुन्छ । यस्तै पारिस्थितिकीय प्रणाली सन्तुलित राख्न चराको योगदान उस्तै महत्वको छ ।
लाटोकोसेरोले मुसा खाएर बलीनाली जोगाउँछ । गिद्धले सिनो खाएर बिभिन्न रोगहरुको संक्रमणले निम्त्याउन सक्ने महामारीबाट बचाउँ छ । बिभिन्न चराका प्रजातिका आआप्नो योगदान रहेका हुन्छन् । हालसम्म ८ सय ८६ प्रजातिका चरा नेपालमा पाइएको छ । भौगोलिक हिसाबले सानो मुलुक भएर पनि नेपाल चराका प्रजातिमा मात्र होइन जैविक विविधतामा पनि उस्तै धनी छ । विश्वकै उच्च हिमाल देखि समथर मैदानका कारण नेपाल जैविक विविधतामा धनी रहेको हो ।
नेपाल जैविक विविधताले धनी रहेर पनि यसकाे संरक्षण र उपयाेगमा भने चुकेकाे छ । नेपालमा पछिल्लाे समयमा चरा हेर्न मात्र पनि पर्यटक अाउन थालेका छन् । चरा देखाएर पनि अाम्दानी लिने सुरु भए पनि संरक्षणकाे मामिलामा भने हामी चुक्दै गएका छाै । चरा संरक्षणकालागि हिन्दु धर्म, संस्कृति अनुसार तिहारमा कागको पुजा गर्ने चलन छ । काग पुजा गर्नु भनेको सबै प्रजातिका चराको संरक्षण गर भनिएको हो । हामी वर्षको एक पटक तिहारमा कागलाई मिठो खानेकुरा दिन्छौ अरु दिन शुभबोल शुभबोल भन्दै अन्ध विश्वासमै फर्कन्छौं । धार्मीक मान्यता अनुसार सरस्वतीको वाहन सेतो हाँस हो । मानिसले हवाइजाहाजको आविस्कार चरा उडेकै देखेर गरेको हो । चराको बासस्थान अतिक्रमण हुनु , सिमसार क्षेत्र पुरेर बस्ती बसाउनु, चराहरुको आहारा मानिसले अति दोहन गर्नु लगायतका कारणले चराहरु संकटमा पर्दै गएका छन् ।
यति बेला जाडो छल्न हिमाल छिचोलेर विभिन्न प्रजातिका चरा नेपाल भित्रिन थालेका छन् । चराहरु विश्वकै उच्च सगरमाथा भन्दा माथि आकाशमा उडी आउँछन् । यसरी सगरमाथा नाघेर आउने खोया हाँसले ९ हजार ३ सय ७५ मिटरमाथि उडान भरेको अभिलेख रहेको बिज्ञहरु बताउँछन् । साइबेरिया, चीन, मंगोलियाबाट जाडो छल्न धेरै प्रजातिका चरा नेपाल आउँछन् । बर्खा याममा पनि बसाइँसराई गरेर चरा नेपालमा आउँछन् । बच्चा कोरलेर फर्केर जान्छन् । मानिसको आहारा जोगाउँन र मानवको स्वस्थ्य जीवनकालागि चराको महत्वपूर्ण योगदान रहदै आएको छ ।
पछिल्ला समयमा पाेखराका फेवाताल लगायतका तालहरुमा पाहुना चराकाे अागमन घट्दै गएकाे छ । पाेखरामा ४ सय ७० प्रजातिका चराहरु पाइने पोखरा पंछी समाजका अध्यक्ष मनशान्त घिमिरे बताउँछन् । पाेखराका ९ तालहरुमा ४२ प्रजातिका पानी चराहरु पाइन्छन् । यति महत्वपूर्ण चरा संरक्षणमा सबैको ध्यान जानु पर्दछ ।
माछापुच्छ्रे हिमाल भन्दा माथी अाकाश हुँदै गन्तव्य तर्फ जाँदै चराहरु ।
लमजुङ हिमाल निजकै भएर उड्दै लाेपाेन्मुख ‘लाेभीपापी गरुड ।
पाेखराकाे कुडहर फाँटकाे बाँझाे खेतमा अाहारा खाेज्दै वस्तु बकुल्ला । अहिले कुडहर फाँट कंक्रीट जंगलकाे रुपमा परिणत हुँदै गएकाे छ ।
पोखराको फेवातालकाे अाकाशमा उडेका पानी हाँस ।
पाेखराकाे अाकाशमा देखिएका बिभिन्न प्रजातिका गिद्ध ।
तस्बिरहरु : कृष्णमणि बराल
Leave A Comment