वैज्ञानिकहरु भन्छन मान्छेका व्यवहारले कोरोना भन्दा जटिल किसीमका रोगहरु संग जुध्नु पर्ने छ

कृष्णमणि बराल

नेपाली युवाहरु पछिल्लाे समयमा चरा हेर्ने, चराकाे तस्बिर खिच्ने तर्फ अाकर्षीत हुँदै गएका छन् । युवाहरु फरक फरक चराकाे तस्बिर खिच्न रुचाउँछन् । काेही युवा भने अाफुलाई मन पर्ने कुनै चरा हेर्न टाढा टाढा सम्म पुग्छन् । मान्छेलाई अाअाप्नै कारणले फरक फरक चरा मन पर्छ । सबै मान्छेलाई एउटै चरा मन पर्ने कुरै भएन ।

विदेशी पर्यटक पनि नेपालमा चरा हेर्न अाउँछन् । युराेप, अमेरिकन पर्यटक चरा हेर्न बढी रुचाउँछन् । पछिल्लाे समयमा चीनीया पर्यटक पनि चराकाे तस्बिर खिच्नकालागि मात्र पनि नेपालमा अाउने गरेका छन् । काेराेना कहरले अहिले भने पर्यटन उद्दाेग ठप्प छ । चरा मन पराउने विषयमा मेराे धारणा भने यस्ताे छ ।

मलाई मन पर्ने चरा हो गिद्ध । सिनो खाएर मानिसमा रेविज, प्लेग, हैजा, आउँ, झाडापखला र पशुचौपायाहरुमा एन्थेक्स, ब्रुसेलोसिस र क्षयरोग जस्ता रोगहरुको संक्रमणले निम्त्याउन सक्ने महामारीबाट बचाउँ छ गिद्धले । समाजमा गिद्धलाई खराब मान्छे संग तुलना गर्दा भने दिक्क लाग्छ । गिद्धलाई मानिसले फोहोरी, हिंस्रक र घिनलाग्दो चराको रुपमा हेर्छन्। यसैले नेपालीहरु घर वरपर गिद्ध देखिए र घरको छानोमा गिद्ध बसे अशुभ मान्छन्। स्वस्तीशान्ति नै गर्छन्। गिद्ध वास्तवमा फोहोरी पंछी नभएर सिनो खाएर वातावरण सफा गरी मानवलाई लाग्ने विभिन्न घातक रोगहरुबाट जोगाउने गुनकारी पंछी हो ।  

गिद्धले सिनो खाएर वातावरण स्वच्छ, सफा र सन्तुलित राख्छ। यसैले गिद्धलाई प्रकृतिको कुचीकार भनिन्छ। गिद्धले मानिसभन्दा ८ गुणा टाढासम्म देख्छ। सिनो खाई हाम्रो वरपरको वातावरण प्रदूषित हुनबाट जोगाउँछ। सिनोबाट हुने दुर्गन्धित अवस्था हुन दिँदैन। विभिन्न रोग फैलनबाट रोकी पर्यावरणीय चक्र खाद्यशृंखलाको सन्तुलन र गतिशीलताको संवाहकको रुपमा भूमीका निभाउछ।

धार्मिक आस्थासँग पनि गिद्ध जोडिएको छ।  शनि देवताको बाहनको रुपमा पनि गिद्धलाई पुजिन्छ। गिद्धका यिनै गुनका कारण गिद्ध पुजनिय भएकाे हाे । धर्मले सरक्षण गर भनेकाे हाे । तर मान्छे गर्छ अर्काे । गिद्ध मांसहारी पंछी हो तर सिकार गर्दैन। गिद्धले घाइते जनावरको मृत्यु कुर्छ तर जिउँदै लुछ्दैन।गिद्धले मरेको जनारको सिनो खाएर वातावरण सफा गर्छ।

गिद्धले मान्छेभन्दा ८ गुणा बढी टाढाको बस्तु नाङ्गो आँखाले देख्छ। आफ्नो  आहारा कोसौं टाढाबाटै गन्धबाट थाहा पाउँछ। लंकाका राजा रावणले सीतालाई हरेर लैजादै गर्दा सीतालाई छुटाउन गिद्धले रावणसँग आकाशमा संघर्ष गर्दा पखेंटा काटिनु परेको र वीरगति पाएको रामायणमा उल्लेख छ। यसैले गिद्ध सत्य र न्यायको पक्षमा लड्ने मांसहारी तर अहिंसाको पुजारी पंछी हो। गिद्धका यिनै गुण खराब मान्छेसँग तुलना गर्न उपयुक्त, मानिँदै आएका हुन् त ?

कोरोनाको कारण मृत्यु त्रास बढेको बेलामा यस्ता गुनकारी पंछी र पृथ्वीमा रहेका अन्य जीबहरुको संरक्षणमा लाग्ने दायित्व बढेर गएको छ । मान्र्छे आफै पृथ्वीका अन्य प्राणी माथी अन्याय गरिरहेको छ । वैज्ञानिकहरु भन्छन यस्तै व्यवहारले मान्छेले पछिल्ला दिनहरुमा कोरोना भन्दा जटिल किसीमका रोगहरु संग जुध्नु पर्ने छ ।

सन् २००९ सेप्टेम्बर १५ देखि १८ तारिख सम्म पोखराको होटल पोखरा ग्रयाण्डमा भएको सामुदायिक वनहरुकाे अन्तराष्ट्रिय कार्यशालामा कृष्णमणि बरालकाे एकल गिद्ध फोटो प्रर्दशनीको अवलोकन गर्दै र गिद्धको अवस्थाकाे बारेमा जिज्ञासा राख्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा रामवरण यादव ।
तस्बिर : दुर्गा प्रसाद पाैडेल

प्रथम अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको अवसरमा पोखरामा सन् २००९ मा भएको गिद्ध संरक्षण सम्बवन्धि मेरो एकल गिद्ध फोटो प्रदर्शनीको अवलोकन गर्नु हुँदै वरिष्ठ कलाकार तथा व्यङ्ग्य चित्रकार दुर्गा बराल ।

प्रथम अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको अवसरमा पोखरामा सन् २००९ मा भएको गिद्ध संरक्षण सम्बवन्धि मेरो एकल गिद्ध फोटो प्रदर्शनीको अवलोकन गर्नु हुँदै नेपाल सरकारका तत्कालीन सूचना तथा संचार मन्त्री शंकर पोखरेल ।

प्रथम अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको अवसरमा पोखरामा सन् २००९ मा भएको गिद्ध संरक्षण सम्बवन्धि मेरो एकल गिद्ध फोटो प्रदर्शनीको अवलोकन विद्दर्थी ।

नवलपुरकाे पञ्चनगरमा भएकाे मेरो एकल गिद्ध फोटो प्रदर्शनीको अवलोकन गर्न अाउनु भएका पूर्व गृह राज्यमन्त्री र दर्शककाे कमेण्ट ।