Posted on

कृष्णमणि बराल

पोखरा : सुरुका दिनमा कोरोना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्त अस्पतालसम्म जान र अनुहार हेर्नसम्म पाउँदैन थिए वा डराउँदथे। कोरोना सक्रमितको मृत्यु समाजका लागि नै मृत्यु त्रास बन्थ्यो। यसैले मृतकका आफन्त अस्पतालसम्म पुगेर आफन्तको अनुहार हेर्न जान समेत सक्दैन थिए। 

कोरोना संक्रमणबाट मृत्यु भएका आफन्तको घाटमा गर्नु पर्ने धार्मिक विधि अस्पताल परिसरमा गर्दै आफन्त ।
तस्बिर ः कृष्णमणि बराल
पछिल्लो समयमा कोरोना संक्रमण दर र मृत्यु बढ्दै गयो। कोरोनासँग डराएर होइन जुधेर अघि बढ्नु पर्छ भन्ने मान्यता बढ्दै गयो। सुरुका दिनमा कोरोना संक्रमण भएको थाहा पाउँनासाथ घरमा एम्बुलेन्स आएर अस्पताल लग्ने गरिन्थ्यो। छरछिमेकले कोरोना संक्रमितको घर नजिक जान डराउने मात्र होइन घर पनि हेर्देन थिए। अहिले घरकै आइसोलेसनमा बस्दा पनि छरछिमेकी नडराउने मात्र होइन सहयोग गर्न थालेका छन्।

अाफन्तकाे काेराेना संक्रमणबाट मृत्यु भए अस्पतालमै गएर अन्तिम दर्शन गर्ने क्रम पनि सुरु भएकाे छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा बुधबार म अाफै काेराेना भएकाेले दाेस्राे पटक पिसिअार टेष्ट गर्न पुगेकाे थिए । पिसिअार टेष्ट भइरहेकाे स्थान नजिकै दुई जना कोरोना संक्रमितको शव व्यवसथापन गरिदै थियो । एक जना म्याग्दीको धौवलागिरी गाउँपालिका ७ का ८५ वर्षे पुरुषको मगलबार राति ८ बजे तिर अस्पतालमा उपचार गर्दा गर्दै मृत्यु भएको थियो । अर्कोदापोखरा १२ का ६७ वर्षे पुरुषको शव संगै व्यवस्थापन गर्ने तयारी नेपाला आर्मीको शव व्यवस्थापन टोलीले गरिरहेको थियो ।


शव व्यवस्थापन गर्दै गर्दा वरपर मृतकका आफन्त बसेका थिए । म्याग्दीका मृतकका आफन्तले पुरोहित नै लिएर आएका थिए । नेपाल आर्मीका शव व्यवस्थापन टोलीले शव बाहिर ल्याएपछि अस्पताल परिसरमै मृतकका आफन्तलाई अनुहार हेर्न छोपीएका मुख खोली दिए । छोराछोरीहरुले बुवाको मुख हेर । बिधी पूर्वक पण्डीतले भने अनुसार पुजा पाठ गरे । शव परिक्रमा गरे, धुप बाले, अबीर र फुल चढाए । टाढाबाटै शवलाई ढोगे ।

कोरोना सक्रमणबाट मृत्यु भएका पोखरा १२ का पुरुषका छोरा र आफन्त पनि अस्पताल पुगेका थिए । कोरोना भाइरस रोग कोभिड १९ को संक्रमणपछि घरमै बसेर उपचार गरिरहेका ६७ वर्षीय उनकाे अस्पताल लैजाँदै गर्दा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बताएकाे छ । उसै गरि नेपाली सेनाको शव व्यवस्थापन टोलीले अस्पताल परिसरमा मृतकका आफन्तलाई अनुहार हेर्न छोपीएको अनुहार खोली दिए । छोराले बुवाको शव धुप लिएर परिक्रमा गरे, फूल, अबिर अर्पण गरे । हिन्दु धार्मिक विधि पूर्वक प्रक्रिया पु¥याएपछि शवलाई टाढाबाटै ढोगे । यसरी आफन्तले घाटमा गर्नु पर्ने धार्मिक विधि अस्पताल परिसरमै गरेपछि शवलाई व्यवस्थापन टोलीले गाडीमा राख्यो र सेती नदीको किनारमा लगेर व्यवस्थापन ग¥यो । मृतकका आफन्तले कोरोना कहरमा धार्मिक बिधी अनुसार घाटमा सबै प्रक्रिया पुरा गर्न नपाए पनि अस्पताल परिसरमा भए पनि गरिएको बताए । पहिले पहिले यति गर्न पनि त्रास थियो । पछिल्लो समयमा सहज हुदै गएको अर्का आफन्तले सुनाए । दाग बत्ती दिन नपाए पनि केही बिधी अस्पताल परिसरमै गरेर चित्त बुझाएको अर्का आफन्तले बताए ।

मृतकका आफन्तले चाहेमा पहिले देखि नै मुख हेर्न नरोकेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका निर्देशक डा अर्जुन आचार्यले बताए । कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले पनि पहिले देखि नै मृतकका आफन्तले चाहेमा अनुहार हेर्न कहिल्यौ नरोकेको र धार्मिक विधि अनुसार टाढाबाट सुरक्षित रुपमा दर्शन गर्दा पनि पहिल्यैबाट रोकाबट नभएको सुनाए । पछिल्लो संसोधनमा होम आइसोलेसनमा मृत्यु भएकाको शव व्यवस्थापन आफन्तले नै गर्न सक्ने व्यवस्था रहेको तर कायान्वयनमा आइनसकेको पनि उनले बताए । यस विषय छलफलकै क्रममा रहेको पनि उनले जानकारी दिए ।

गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ । गण्डकीमा मंगलबार सम्म ६ हजार ८७ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये ३७ सय ७९ जना निको भएका छन् ।

५ कात्तिक २०७७ मा अन्नपूर्ण पाेष्टकाे अनलाइनमा छापिएकाे समाचार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *