Posted on

कृष्णमणि बराल

पर्यटकीय शहर पोखराको प्रमुख आकर्षण यहाँबाट देखिने सुन्दर हिमालहरु हुन् । यहाँबाट बिहान सूर्योदय संगै अन्नपूर्ण हिमश्रृखला सुन जस्तै टल्किन्छन। यिनै हिमाल दिउँसाे चाँदी झै टल्कन्छन । सूर्य अस्तको बेलामा सुन जस्तै रंगमा रंगिएर मुस्काराउँछन् । रातमा चन्द्रमाकाे प्रकाश संगै फेरि अन्नपूर्ण, धौलागिरी, मनास्लु, माछापुच्र्छे« लगातका हिमाल हिराझै झै टल्कन्छन् ।


यिनै सुन्दर हिमाल हेर्न वर्षेनी लाखौ पर्यटक पोखरा अाउँछन् । अन्नपूर्ण, धौलागिरी, मनास्लु हिमाल क्षेत्रको पदयात्रामा पुग्छन् । यहँाका हिमाल अाराेहण गर्न पनि पर्यटक अाउने भएकाेले साहसिक पर्यटनका लागि पनि यहँाकाे पर्यटन उद्दाेग विश्व पर्यटन बजारमा परिचित छ । अन्नपूर्ण प्रथम हिमाल सगरमाथा हिमाल अाराेहण हुनु भन्दा पहिला अाराेहण भएकाे हाे । सन् १९५० जुन ३ तारिखमा सर्वप्रथम फ्रान्सका मोरिस हर्जोेगले अन्नपूर्ण प्रथम हिमाल सफल आरोहण गरेसँगै विश्वमा नै हिमाल आरोहणतर्फ आकर्षण बढ्दै गएको हाे । यसैले अन्नपूर्ण हिमाललाइ जेठाे हिमाल पनि भनिन्छ ।

८ हजार ९१ मिटर उचाइकाे अन्नपूर्ण प्रथम हिमाल अाराेहण फ्रान्सेली टोलीले गरेपछि नेपाल र पाेखरा विश्व पर्यटन बजारमा चिनीएकाे हाे । अन्नपूर्ण हिमाल आरोहणको सफलतासँगै सन् १९५३ मे २९ तारिखको दिन विश्वको सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम स्व तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सफल आरोहण गरेर कीर्तिमान कायम गरेका थिए । नेपालमा आउने विदेशी पर्यटकमध्ये ७० प्रतिशत पर्यटक पदयात्राका लागि आउने गरेको र जसमध्ये लगभग १० प्रतिशत हिमाल आरोहण गर्न आउने गरेको विज्ञहरु बताउँछन् ।

सामान्य अवस्थामा सेप्टेम्बर महिनाकाे पहिलाे हप्ता देखि विदेशी पर्यटक पाेखरामा अाउने त्रःम सुरु हुन्थ्याे । अन्नपूर्ण क्षेत्रकाे पदयात्रा क्षेत्रमा यति बेला पर्यटककाे चहलपहल सुरु भइसकेकाे हुन्थ्याे । काेराेना कहरले विश्व पर्यटन बजार नै ठप्प छ । यसकाे असर नेपाल र पाेखराकाे पर्यटन उद्दाेगमा पनि परेकाे छ । पाेखरेली पर्यटन व्यवसायी काेराेना कहरमा पनि पर्यटकलाइ स्वागत गर्न अातुर छन् । पाेखराकाे सुन्दरतामा रमाउन पर्यटक अाउने विश्वासमा पखिबसेका छन् ।

तस्बिरमा पोखराबाट रातमा देखिएका सुन्दर अन्नपूर्ण लगायतका हिमाल ।


तस्बिरहरु ः कृष्णमणि बराल

Leave a Reply

Your email address will not be published. Required fields are marked *