निर्माण हुँदै गरेकाे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन ।
तस्बिर : कृष्णमणि बराल
र्राष्ट्रिय गाैरवकाे अायाेजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ६२ प्रतिशत काम सम्पन्न भएको छ । कोरोनाकहर र नियन्त्रण गर्न लगाइएकाे लकडाउनकाे कारण निर्माणकाे काम धिमा गतिमा भएकाे छ । सामान्य अवस्थामा ७५ प्रतिशत काम सम्पन्न हुने अवस्था थियाे । काेराेना कहर र लकडाउनकाे कारण निर्माण कम्पनीले ताेकिएकाे समय सिमा भन्दा ६ महिना अगाडी पोखरा विमानस्थलका निर्माण सम्पन्न गर्ने लक्ष्य भने पुरा नहुने बताएकाे छ ।
सन् २०२१ जुलाई १० मा विमानस्थल निर्माण कार्य सम्पन्न गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने सम्झौता छ । चिनियाँ निर्माण कम्पनी सीएमसीईले ११ अगस्त २०१७ बाट निर्माण कार्य सुरु गरेको हो ।
Leave A Comment