Posted on

शब्द/तस्बिर: कृष्णमणि बराल

पाेखरा :  वर्षायाममा बादलुको घुम्टोले ढाकिने अन्नपूर्ण हिमश्रृंखला अविरल वर्षापछि साउनकाे पहिलाे हप्ता हिमाल खुलेको छ । वर्षा पछि खुलेकाे हिमाल पाेखराकाे सडमा जमेकाे पानीमा समते टल्कीएकाे सुन्दर दृश्य देखिएकाे छ ।

संयाेग काेराेना संक्रमण नियन्त्रण गर्न सरकारले लगाइएकाे ४ महिने लामाे लकडाउन हटेको पहिलो दिन बिहान हिमाल खुलेकाे छ । हिमालको सौन्दर्यतामा सडमा जमेकाे पानीमा पनि पाेखिएकाे छ । 

पोखराबाट आठ हजारभन्दा अग्ला तीन हिमाल देखिन्छन् । अन्नपूर्ण प्रथम, धोलागिरी र मनास्लु हिमाल हुन् । गण्डकी प्रदेशका यी तीन ८ हजार भन्दा उच्च हिमाललगायतका सुन्दर हिमालको पोखरा र सेरोफेरोबाट अवलोकन गर्न आन्तरिक र विदेशी पर्यटक आउने गर्दछन् । यसैले गण्की प्रदेश विश्वमै पदयात्रा पर्यटनका लागि प्रख्यात छ । कोरोना भाइरसको कारण पर्यटन उद्योग अहिले भने सुनसान छ ।  

अन्नपूर्ण प्रथम समुन्द्री सतहदेखि  ८ हजार ९१ मिटर उच्चा छ। यसैगरी मनास्लु हिमाल ८ हजार १ सय ६३, धौलागिरी हिमाल ८ हजार १ सय ७२ मिटर उचाइमा छ । धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रेलगायतका हिमाल त पोखराको फेवातालमै तैरिएको देखिन्छ ।

यो दृश्य हेर्न र क्यामरामा कैद गर्न लाखौं पर्यटक पोखरा आउने गर्दछन् । गएका वर्षमा हिमाल खुल्न भदौको अन्तिम महिना, असोज कुर्नुपथ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *