Posted on

कृष्णमणि बराल

पाेखरा: कोरोना संक्रमण नियन्त्रण गर्न लगाइएको लकडाउन खुकुलो भए पनि अझै पूर्ण रूपमा हटेको छैन । सामान्य समयमा यति बेला चिनियाँ, युरोपेली, अमेरिकी र भारतीय पर्यटकले चहलपहल हुने पोखरा, लेकसाइड अहिले सुनसान छ ।


लकडाउनमा फसेका फाट्टफुट्ट पर्यटक भने अझै पनि पोखराको बैदाम फेवाताल किनारमा देखिन्छन् । पोखराको खपौदीस्थित ताल किनारमा लकडाउनमा यतै अड्केका पर्यटक यस साता ‘सहमन अमेरिकन म्युजिक’ को तालमा रमाए ।

हल्का पानी परिरहेको बेला चिनियाँ कलाकार ‘ई–आगो’ बालेर आगोको छेउमै अमेरिकन म्यजिक र उस्तै शैलीमा नाचेर रमाइन् । उनी नृत्य गरिरहेको अमेरिकी पर्यटकले भिडियो क्यामरामा कैद गरिरहेका थिए । अर्का पर्यटकले मन्द धुन बजाइरहेका थिए । ‘लकडाउनमा भेट भएका साथीबीच कुरा हुँदै जाँदा यो आइडिया निस्केको थियो,’ चिनियाँ पर्यटक इगोनले भने । 

तस्बिरहरु : कृष्णमणि बराल

Leave a Reply

Your email address will not be published. Required fields are marked *