Posted on

कृष्णमणि बराल

मुगु ः रारा ताल पुरिन र प्रदुर्षित हुनवाट जोगाउँन २०३४ सालमा रारा गाविसको १ सय ७२ घर धुरीलाई अन्यत्र सारी रारा राष्ट्रिय निकुञ्जको स्थापना भएको हो । मुगु जिल्लाको रारा गासिवमा रहेको देशकै सबैभन्दा ठुलो र गहिरो रारा ताल पछिल्लो समयमा खहरे खोला हुँदै सानो सानो परिणममा माटो र गेग्रेयान तालमा मिसीदै जाँदा पुरिने क्रम सुरु भएको छ । ताल संगै जोडिएको मिली चौरका रुखहरु कटान भएका छन् । यस चौरका रुखहरु ६ बर्ष अघि नै कटान भएको स्थनीयले बताएका छन् ।

रारा तालको मिली चौर हुदै तालमा माटो र गेग्रयान मिसीने खहरे खोलो । तस्बिर : कृष्णमणि बराल

कटान भएका रुखहरु कुहिएर अलपत्र अवस्थामा रहेका छन् । मिली चौर क्षेत्र हुँदै बग्ने खोलाको गेग्रयान बर्षा याममा तालमा मिसीएको अवस्था यात्राका क्रममा देखिएको छ । तालवरिपरि रहेका हरियाली डाँडावाट मुल फुटेर बगेर आउने पानी नै यस तालको मुख्य स्रोत हुन् । पछिल्लो समयमा ताल संगै जोडिएको मिली चौर हुँदै बगेर आउने बर्षे खोलाले बर्षा याममा माटो र गेग्रयान बगाएर तालमा मिसीने क्रम सुरुभएको स्थानीय राजु कार्कीले बताए । सानो परिणममा मिसीएको माटो र गेग्रेयान बेलैमा प्राकृतिक रुपमै नियन्त्रण गर्नु पर्ने स्थानीयको भनाइरहेको छ । रारा तालमा ५० भन्दा बढी साना साना पानीको स्रोत रहेको बताइएको छ ।

ताल नै पुरिने गरि गेग्रयान तालमा नमिसीएको रारा राष्ट्रिय निकुञ्जका वाडेन चन्द्रशेखर चौधरीले बताए । मिली चौर भएर आएको खहरे खोलाको गेग्रयान पनि ताल सम्म नपुग्ने उनले दावी गरे । ताल संगै जोडिएको मिली चौरका रुख ६ बर्ष अघि नै काटीएको बताउँदै चौधरीले जंगली जनावरकालागि ग्रासल्याण्ड बनाउन कटान भएको सुनाए । कस्तुरी, घोरल लगाएतका जंगली जनावरकालागी हेवीटाट मेण्टेन गर्न रुख कटान गरिएको चौधरीले बताए ।

संरक्षण विद् डा तिर्थबहादुर श्रेष्ठले भने जंगली जनावरकालागि रुख काटेर ग्रासल्याण्ड बनाउनु नपर्ने बताउँदै ताल संगै जोडिएका क्षेत्रमा रुख कटान हुँदा जैविक विविधता खलवलीने जानकारी दिए । जैविक विविधताले धनी रारा तालको संरक्षणकालागि रुख कटान रोक्नुको साथै सानो खहरे खोलावाट ताल पुरिने क्रम रोक्न जैविक विधि अपनाउनु पर्नेमा जोड दिए ।

ताल वरपरका डाँडामा मानव बस्ती नभएका कारण रारा तालको पानी कञ्चन पिउन योग्य रहेको छ । तालको पानीका स्रोत खहरे खोलावाट प्राकृतिक रुपमा माटो र गेग्रयान तालमा मिसीने क्रम रोक्न नियन्त्रको काम नहुँदा भने ताल विस्तारै गेग्रयानले पुरिने हो की भन्ने चिन्ता रहेको स्थानीयले बताएका छन् । यस तालको पानीका स्रोत फेवाताल जस्तो ठुला हर्पन खोला र अन्य ठुला खहरे खोला नभएर साना बर्षे मुल खोला भएकोले फेवाताल पुरिदै गए जस्तो जटील समस्या भने यस तालमा नरहेको स्थनीय वासिन्दा कार्कीले सुनाए ।

फेवातालको वरिपरिका डाँडामा बर्षेनी जाने ठुला पहिरो हर्पन खोला हुँदै तालमा मिसीनु र बाटो घरघरमा पु¥याउन डाँडा, फाँटमा डोजर चलाउँदा बर्षा याममा ठुलो परिणाममा मुख्य खोला र खहरे खोला हुँदै फेवा तालमा माटो र गेग्रयान मिसीदा ताल छिटो छिटो पुरिदै गएको छ । रारा तालमा यस्तो समस्या भने छैन । रारा तालको वरिपरिका डाडाँमा वस्ती नहुनु र हरियाली सुन्दर डाँडा हुनुले पनि यस क्षेत्रका वरपरका वन क्षेत्रमा पहिरो गएर ताल पुरिने अवस्था नभएकोले पनि रारा ताल फेवा ताल जस्तो पुरिने अवस्था नभएको बिज्ञ बताउँछन् । फेवा जस्तो असुरक्षित छैन भनेर चुप लागेर बस्न भने नहुने बिज्ञको सुझाव छ ।

फेवातालमा बजार क्षेत्रका ढल पोखरा महानगरपालिकाले सोझै तालम मिसाउँदा र स्थानीयले ढलमा बाथरुम र सौचालयका फोहोर समेत मिसाउँदा ताल प्रदुर्षित भएर तालको पानी छुन समेत अप्ठ्यारो मान्ने अवस्था भोगेका पोखराका पर्यटन व्यवसायीको टोली रारा ताल पुग्दा तालको पानी अंजुलीले खाए । राराको सुन्दरतावाट मोहत भए र फेवाताललाई पनि रारा जस्तै कञ्चन बनाउने सपना देखे ।

प्रदुर्षित भएको फेवालको पानी पिउन योग्य बनाउन सबै पोखरेली जुटे सम्भव हुने पोखरा पर्यटन परिर्षदका अध्यक्ष केदारनाथ शर्माले सुनाए । रारा तालमा खहरे खोलाले बगाएर लग्ने माटो र गेग्रयान नियन्त्रण गर्न रारा राष्ट्रिय निकुञ्ज बेलैमा लाग्नु पर्ने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाटा) पश्चिमाञ्चल पोखराका अध्यक्ष डिल्ली प्रसाद गौतमले सुझाए ।

रारा ताल समुन्दी सतहदेखि २ हजार ९ सय ९० मीटर उचाइमा रहेको छ । महेन्द्र तालको नामले पनि चिनिने यस ताल १० दशमलव ८ बर्ग किलोमीटर क्षेत्रफलमा फैलिएको र १ सय ६७ मीटर सम्म गहिराई रहेको छ । सफा र कञ्चन यस तालको सतहवाट १५ मीटर सम्मको गहिराई देख्न सकिन्छ । यस क्षेत्रमा १ हजार ७४ प्रजातीका विरुवा, ५१ प्रजातिका स्नतनधारी र २ सय १४ प्रजातीका चराहरु पाइने बताइएको छ । रारा राष्ट्रिय निकुञ्जको बफर जोन क्षेत्र १ सय ९८ वर्ग किलोमीटर रहेको छ भने कोर एरिया १ सय ६ बर्ग किलो मीटर रहेको निकुञ्जका प्रमुख वाडेन चौधरीले जानकारी दिए ।

पछिल्लो समयमा यस तालको अवलोकन गर्ने आन्तरिक पर्यटकको संख्या पनि बढ्दै गएको स्थानीय पर्यटन व्यवसायले बताएका छन् । २०७१ मा ३५ सय पर्यटक पुगेको यस तालमा २०७३ मा यो संख्या बढेर १० हजार भन्दा पर्यटकले रारा तालको अवलोकन गर्न पुगेको स्थानीय पर्यटन व्यवसायी राजु कार्कीले जानकारी दिए । रारा राष्ट्रिय निकुञ्जमा दुई वटा होटल रहेका छन भने ताल्चा विमानस्थल क्षेत्रमा ५वटा होटल संचालनमा रहेका छन् ।

रारा ताल संगै जोडिएको मिली चौरमा कटान भएका रुख । तस्बिर : कृष्णमणि बराल

रारा ताल तस्बिर : कृष्णमणि बराल ।

-अन्नपूर्ण टुडे राष्ट्रिय साप्ताहिकमा बैशाख २७, २०७४ मा छापीएकाे समाचार हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *