कृष्णमणि बराल

सिमसार क्षेत्र तालका पानीका स्रोतहरु हुन। यिनै पानीका स्रोतहरु प्राकृतिक र मानवीय गतिविधिका कारण सुक्दै र विनास हुँदै गएका छन् । सिमसार क्षेत्रका मुलकाे पानी, वर्षायामका खाेला, खहरेखाेलाकाे पानी सिमसार क्षेत्रमा छानीएर सफा हुँदै तालमा पुग्छ । यसैले सिमसार क्षेत्रलाई तालकाे मृगाैला पनि भनिन्छ । यिनै कारणले ताल बचाऊँन सिमसार क्षेत्र जोगाऊनु पर्छ ।

दलदल प्रांगारिक माटो भएको जमिन वा पानी सहितको प्राकृतिक वा कृत्रिम, स्थायी वा अस्थायी, छ मिटरभन्दा कम गहिराईको न्यून छालयुक्त समुन्द्रसहितको क्षेत्र नै सिमसार क्षेत्र हो । यसैगरी पानी कहिल्यै नसुक्ने, धाप, दलदल, सिम घोल, ताल, तलाउ, पोखरी, दह, बाढक्षेत्र, जलाशय, कुण्ड, सिंचित धानखेत, जलक्षेत्रको घाँसे मैदान वा जंगललाई पनि सिमसार भनिन्छ ।

विभिन्न अध्ययनहरुका अनुसार, नेपालमा दुईसय ४२ वटा सिमसार पाइएका छन् । अरु कतिपय सिमसार पत्ता लाग्ने क्रम जारी छ । तीमध्ये पश्चिमाञ्चल क्षेत्रमा मात्र ५० सिमसार रहेका छन् । भौगोलिक विषमता र जानकारीको अभावले गर्दा यथार्थ जानकारी पाउन कठिन छ ।

नेपालमा पानीले जम्मा क्षेत्रफलको पाँच दशमलव शुन्य छ प्रतिशत भाग अर्थात् ७ लाख ४३ हजार ५ सय ६३ हेक्टर क्षेत्रफल ओगटेको छ । यसमा नदी, ताल, जलाशय, पोखरी, खेत, दलदल लगायत क्षेत्र समावेश छन् । सिमसार क्षेत्रको संरक्षण हुन नसक्दा पछिल्लो समय जलवायु परिवर्तनको प्रभाव, पानीका श्रोत सुक्दै जानु, दीगोरुपमा पानीको राम्रो प्रयोग हुन नसक्नु लगायतका कारण बढ्दोरुपमा देखिदैआएका छन् ।

ताल सफा राख्न जनचेतना अभिबृद्धि गर्न, ताल र सिमसार क्षेत्र संरक्षण गर्न मैले बिभिन्न समयमा गरेकाे सिमसार संरक्षण फाेटाे प्रर्दशनीका तस्बिर ।

उद्देश्य

म पढेकाे विद्दालय पाेखराकाे बैदाम स्थित तालबाराही माविमा भएकाे सिमसार फाेटाे प्रर्दशनीकाे अवलाेकन गर्दै विद्दार्थी ।

फोटो प्रदर्शनीको मुख्य उद्देश्य सिमसार क्षेत्रको महत्व, अवस्था र संरक्षणको बारेमा बिद्यार्थी र आम नागरिकलाई तस्वीर मार्फत् ध्यानाकर्षण गराई सिमसार क्षेत्रको संरक्षणमा लाग्न प्रेरित गराउनु हो । यसको साथै सम्बन्धित संघसंस्था र सरकारलाई संरक्षणमा लाग्न घच्घच्याउनु पनि हो । प्रदर्शनीमा पोखरा उपत्कायकाका सिमसार क्षेत्र ताल, पोखरी र दलदले क्षेत्रका तस्वीर समेटिने हुनाले यस उपत्यकामा सिमसारको अवस्था बुझ्न र त्यसको संरक्षण र पर्यापर्यटनको विकासमा यो प्रदर्शनी उपयोगी हुने छ ।

विशेषताहरु÷महत्व

प्रदर्शनीमा पोखरा उपत्यका भित्रका सिमसार क्षेत्रहरु यस क्षेत्रका सिमसार क्षेत्रको अवस्था, ताल तलैया पुरिनु, प्रदूषित हुनुको कारण र संरक्षणका उपाय समेटिएको छ । सिमसार क्षेत्रको महत्व, सिमसार क्षेत्रमा पाइने वनस्पति, चरा, जीवजन्तु र मानवीय गतिविधि तस्वीरमा समेटिएको छ । तस्वीरहरु विगत १८ वर्ष अघिदेखि विभिन्न समयमा खिचिएका हुन् ।

किन सुक्दैछन् सिमसार क्षेत्र ?

सिमसार क्षेत्र प्राकृतिक र मानवीय गतिविधिका कारण सुक्दै र विनास हुँदै गएका छन् । विशेषतः वनजंगल फडानी, सिमसार क्षेत्रमा समेत प्लटिङ गरी बस्ती बसाल्नु, यस क्षेत्रको अतिक्रमण गरी बनाइने विभिन्न संरचना सिमसार क्षेत्रको विनास हुनाको मुख्य कारण हुन् । यसको साथै विश्वका धनी देशहरुले चलाएका उद्योगधन्दाबाट निस्कने कार्वनडाइअक्साइड लगायतका ग्याँसको कारण विश्वमै तापक्रम बढ्दै जाँदा पृथ्वी तात्दै जानुले पनि हिमालमा हिउँ पग्लदै जानुको साथै सिमसार क्षेत्र सुक्दै विनास हुँदै जानु थप कारण हुन् ।

संरक्षणका उपाय

सिमसार दिवसकाे अवसरमा नेपाल पर्यटन बाेर्ड पाेखरा कार्यलय परिसरमा अायाेजना भएकाे बरालकाे एकल सिमसार फाेटाे प्रर्दशनीकाे अवलाेकन गर्न अाएका विद्दार्थीलाइ सिमसारकाे महत्वकाे बारेमा बताउँदै बराल ।

प्रथमतः सिमसार क्षेत्रको पहिचान गरी महत्वको बारेमा जनचेतना बढाउनु आवश्यक छ । नेपालमा स्वतस्फूर्त संरक्षण प्रयास पर्याप्त नभएको अवस्थामा कानुनी सुरक्षा समस्या समाधानको बलियो माध्यम हुनसक्छ । नेपाल सरकार, स्थानीय निकाय र नागरिक समाजले आवश्यक लगानीतर्फ विशेष ध्यान दिनुपर्ने देखिन्छ । नेपालमा कोशी टप्पु, बीसहजारी ताल चितवन, घोडाघोडी ताल कैलाली, जगदिशपुर जलासय कपिलवस्तु, सगरमाथाको गोक्यो र आसपास क्षेत्र, माइपोखरी इलाम, गोसाइकुण्ड रसुवा रामसारमा सुचीकृत छन् । पोखरा उपत्यकाका तालतलैया पनि सिमसार क्षेत्रमा सुचीकृत भएका छन् । तर मुहान क्षेत्रबाट पुरिने क्रम र रोकीएको छैन । बजार क्षेत्रबाट हुने प्रदुर्षण उस्तै जटील छ । यस्ता समस्यालाई समाधान गर्न संघ, प्रदेश र स्थानीय सरकार जुट्नु पर्दछ ।

प्राकृतिक स्रोतहरु अर्को पिँढीलाई जस्ताको तस्तै सुम्पिनु हाम्रो पुस्ताको दायित्व हो । सुन्दर फेवाताललाई हामीले फोहोर पोखरीको रुपमा छाड्दा भोलीका हाम्रा पुस्ताले के भन्ने छन ? अहिलेकै अवस्थामा ताल पुरिदै र प्रदुर्षीत हुँदै जाने हो भने ताल हामीले सोच्नै नसक्ने अवस्थामा पुग्ने छ । यसबाट तालमा रहेका जलचर, वनस्पती, साइबेरीबाट जाडो छल्ने आउने पाहुँना चराका घरमात्र विनास हुने छैन हाम्रो पछिल्लो पुस्ताको स्वास्थ्य, जनजीवनमा पनि प्रभाव पर्ने छ । यसैले ताललाई स्वच्छ, सुन्दर तालको रुपमै पछिल्लो पुस्तालाई सुम्पिन ताल जोगाउने दायित्व हामीमा छ । विश्व सम्पदा सूचीमा सूतिकृत ताल भएकोले फेवाताल लगायतका ताल अन्तर्राष्ट्रिय करण पनि भएको छ । यति महत्वको ताल जोगाउँन सबैले आआप्नो ठाउँबाट योगदान दिन ढिलाई नगरौं । जय संरक्षण ।

यसरी पुरिदै छ फेवा सिमसार । 
पाेखराकाे लेखनाथ स्थित लेखनाथ उद्दाेगवाणीज्य सघमा भएकाे फाेटाे प्रर्दशनीमा सहभागी विद्दार्थी ।
पाेखराकाे फेवाताल किनारमा भएकाे फाेटाे प्रर्दशनीमा सहभागी विद्दार्थी ।

सिमसार संरक्षण फाेटाे प्रर्दशनीकाे अवलाेकन गर्दै विद्दार्थी ।

यसरी भएकाे छ ताल फाेहाेर । तस्बिर: कृष्णमणि बराल

यसरी भएकाे छ ताल फाेहाेर । तस्बिरहरु : कृष्णमणि बराल