कृष्णमणि बराल
मानव सभ्यनाको विकास नदी किनारमै भएको भन्ने छ । त्यती बेला पनि यस्ता विपद आएहुन् । यस्तो विपद् पनि आए हुन् । अहिले भने जनसंख्या बढ्यो । बस्तीहरु लेकबाट बेसी, बेसीबाट नदी, खोला किनारमा सरे । विकास निर्माणका योजना, जलविद्युत लगायतका विकास तिब्र भए ।
हामीले बुझनु पर्ने मुख्य विषय भनेको नदीको मार्ग कति हो भन्ने पहिचान गरेर स्वतन्त्र रुपमा बग्न दिने र त्यसपछिमात्र मानव वस्ती बसाउनु पर्ने थियो । नदी, खोलाको मार्ग एकिन गर्न सकेनौ वा टेरेनौ ? नदी, खोलाको मार्ग अवरुद्ध हुने गरी बस्ती बसाल्यौ । विकासका संरचना बनायौं ? नदीहरुले हामीलाई पटक पटक यसोनगर्न चेतावनी पनि दिएकै हो । भोटेकोशीले त गत वर्ष नै चेतावनी दिएकै हो । फेरी त्यो भन्दा ठूलो बाढी आउँला भन्ने हामीलाई विश्वास नै भएन ।
यस्तै चेतावनी पोखराको सेती नदीले पनि दिएको छ । २३ वैशाख २०६९ मा सेती नदीमा भीषण बाढी आएको थियो । सेतीको त्यो बाढीलाई चेतावनीको रुपमा लिने कि अव आउँदैन भनेर ढुक्क संग बस्ने विचारणीय छ । यस्तै म्याग्दीको बेनीमा पनि काली गण्डकीले पटक पटक चेतावनी दिएको छ । रेन स्याडो जोन मानिएका हिमाल पारीका जिल्ला मनाङको चामे बजार र मुस्ताङको कागबेनी लगायत क्षेत्रमा पनि त्यहाँका खोलामा ठूलो बाढी आएर खोला किनारको बस्तीका विषयमा सचेत रहन चेतावनी दिएको मान्ने कि ? जे भयो यस वर्ष भयो अब हुँदैन भनेर ढुक्क भएर बस्ने यो सोचनीय विषय बनेको छ ।
यस्तो चेतावनीलाई चेतावनीकै रुपमा लिने कि सचेत हुने भन्ने हो । सच्याउने अवसर संकेत दिएर आउँछन् बाझा बजाएर आउँदैनन भन्ने छ । तर हामीकोमा सचेत रह संकेत होइन चर्के मुल्य चुकाएका छौं । धेरै नदीले चेतावनीलाई बेवास्ता गरेका भन्दै बाझा बजाएर नै बिउँझाउन खोजेको देखिन्छ । तर पनि हामी प्रकृतिलाई खेलाची ठानीरहेका छौं । हिमाली क्षेत्र हुँदै आउने नेपालका धेरै नदीले पटक पटक हामीलाई चेतावनी पनि दिदै आएका छन् । बेला बेलामा आउने बाढीले नदी किनारका बस्ती विकास सुरक्षित ठाउँमा सार्न चेतावनी दिएका छन् । गत वर्ष असार २४ गते भोटेकोशी नदीमा ठूलो बाढी आएको थियो । त्यती बेला अहिलेको जस्तो ठूलो बाढी नआए पनि रसुवा नाकाको मैत्री पुल नै क्षति पु¥याएको थियो ।
गत वर्षको चेतावनीलाई हामीले ख्यालै गरेनौं । १० भदौं २०८३ अकल्पनीय बाढी आयो । ठूलो धनजनको क्षति भयो । घर, बस्ती, जलविद्युत आयोजना छिनभरमै बगाएर बगर बनाएको छ । यस्ता प्राकृतिक विपद् रोक्न जसरी भन्न र लेख्न सजिलो छ नि । व्यवहार त निकै जटील छ । हुँदा खादाको बस्ती, विकासका संरचना सारेर अन्यत्र लग्नु सहज पक्कै होइन । तर पनि भदौ १० को भोटेकोशी बाढीले यस तर्फ गम्भिर भएर सोच्न बाध्य बनाएको छ ।
हामी मानवले प्रकृतिलाई टेर्न छाड्यौं । मानव सभ्यनाको विकास नदी किनारमै भउको भन्ने छ । त्यती बेला पनि यस्ता विपद आएहुन् । हामीले बुझनु पर्ने मुख्य विषय भनेको नदीको मार्ग कति हो भन्ने पहिचान गरेर स्वतन्त्र रुपमा बग्न दिनु पर्ने थियो । नदी, खोलाको मार्ग एकिन गर्न सकेनौ वा टेरेनौ रु नदी, खोलाको मार्ग अवरुद्ध हुने गरी विकासका संरचना र बस्ती बसाल्यौ । यसैले हामीलाई पटक पटक यसो नगर्न नदीले चेतावती पनि दिएकै थियो । भोटेकोशीले त गत वर्ष नै चेतावनी दिएकै हो । फेरी त्यो भन्दा ठूलो बाढी आउँदा भन्ने हामीलाई विश्वास नै भएन ।
पोखरामा २०६९ वैशख २३ सेती नदीमा भीषण बाढाी आएको थियो । सेतीको त्यो बाढीलाई चेतावनीको रुपमा लिने कि अव आउँदैन भनेर ढुक्क संग बस्ने विचारणीय छ । यस्तै म्याग्दीको बेनीमा पनि काली गण्डकीले पटक पटक चेतावनी दिएको छ । यस्तो चेतावनीलाई चेतावनीकै रुपमा लिने कि सचेत हुने भन्ने हो । सच्याउने अवसर संकेत दिएर आउँछन् बाझा बजाएर आउँदैनन भन्ने छ । तर धेरै यहाँ उल्लेख गरेका नदी लगायत धेरै नदीले बाझा बजाएर नै बिउँझाउन खोजेको देखिन्छ । तर पनि हामी प्रकृतिलाई खेलाची ठानीरहेका छौं ।
नदी सभ्यता जसरी भन्न र लेख्न सजिलो छ नि । व्यवहारत निकै जटील पनि छ । हुँदा खादाको बस्ती, विकासका संरचना सारेर अन्यत्र लग्नु सहज पक्कै होइन । तर पनि भदौ १० को भोटेकोशी बाढीले यस तर्फ गम्भिर भएर सोच्न बाध्य बनाएको छ ।