कृष्णमणि बराल
पोखरा महानगरपालिका–१८ सराङ्कोटस्थित गोठादीमा २६ असार शुक्रवार राति सुतिरहेकाे समयमा पहिरो जाँदा ५० वर्षीय टंकबहादुर थापा मगरको घर पुरिदा टंकबहादुर, उनकी श्रीमती साेममाया, सालीकाे छाेरा सहित ५ जनाकाे ज्यान गयाे ।
राति पहिरोले घर पुरिदा घर धनी सहित ५ जनाको मृत्यु भएपछि पुरिएकाे घर भएकाे क्षेत्र नियाल्दै कुकुर। तस्बिर : कृष्णमणि बराल
टंकबहादुरकी जेठी छाेरीकाे जन्मदिन मनाउन टंकबहादुरकी साली दमाैली देखि दुइ जना छाेरा लिएर अाएकी थिइन । उनै पाहुना सहित अरु ७ जना घाइते भए । पहिरोले पुरिएर घरमा पालेका ३-४ वटा बाख्रा पनि मरे ।
याे दु:खद घट्ना भएपछि पहिराेले छाेपीएकाे घर पुग्दा टंकबहादुरका साइला दाजु साेमबहादुर र जेठा दाजु भाइकाे पुरिएकाे घर छेउँकाे कान्लामा सुस्ताइ रहेका थिए । यसैमा एउटा कुकुर पनि पहिराेले पुरिएकाे घर तिर हेरिरहन्थ्यो। घरी घरी सानो आवाजमा कराई रहन्थ्यो। याे दृश्य देखेपछि नजिकै रहेका मृतक टंकबहादुरका दाइ सोमबहादुरले कुकुर भाइकाे भएकाे सुनाए। ‘भाइलाई यसले एक छिन छोड्दैन थियो’, उनले भने, ‘भाइ वरपर हिँड्दा संगै हिड्थियो।’
छिमेकी सरस्वतीले मानव र कुकुरकाे सम्वन्ध कस्ताे हुदाे रैछ भन्ने यस कुकुरले देखाएकाे सुनाइन् । झण्डै एक घण्टा पहिराे गएकाे क्षेत्रमा रहदा टंकबहादुरकाे कुकुरकाे अाँखा पुरिएकाे घर तिरै थियाे । तस्बिरमा पहिरोमा पुरिएर मृत्यु भएका घरधनीको प्रतिक्षामा कुकुर ।
शब्द तस्बिर र भिडियाे : कृष्णमणि बराल
Leave A Comment