Posted on

कृष्णमणि बराल

पाेखरा : कोरोना संक्रमणबाट मृत्यु भएका स्याङजा वालिङका ५८ वर्षीय पुरुषको शव व्यवस्थापन मणिपाल शिक्षण अस्पताल नजिक पोखराको सेती नदी किनारमा गरिएको छ । खानेपानीकाे मुहान नजिक शव व्यवस्थापन गर्न लागेकाे भन्दै स्थानीयको अवरोधका बीच साँझ सेती किनारमा शव गाडेर व्यवस्थापन गरिएकाे हाे । स्थानीय र सुरक्षाकर्मी बिच यस विषयमा झडप समेत भएकाे थियाे । झडप पछि प्रहरी केही स्थानीयलाई नियन्त्रणमा समेत लिएकाे थियाे ।

पोखरा ११ रिठ्ठाघाटमा शव व्यवस्थापन गर्ने क्रममा रोक्न पुगेको स्थानीय बासिन्दालाई रोक्दै प्रहरी र सेती नदी किनारमा शव व्यवस्थापन गर्न लगिदै ।
तस्बिरहरु ः कृष्णमणि बराल

पोखरा ११ रिठ्ठाघाटमा शव व्यवस्थापन गर्ने क्रममा रोक्न पुगेको स्थानीय बासिन्दालाई रोक्दै प्रहरी र सेती नदी किनारमा शव व्यवस्थापन गर्न लगिदै ।
तस्बिरहरु ः कृष्णमणि बराल

आइतवार मध्यराती मृत्यु भएका उनको शव पोखरा ११ रिठ्ठाघाट भन्दा तल व्यवस्थापन गरिएको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए । मृतक पुरुषलाई वालिङ नगरपालिकाले जेठ २१ म सुनौली नाकाबाट उदर गरेर ल्याएको थियो । मृतक उच्च रक्तचाप, सुगर, रक्तअल्पता र मृगौलासम्बन्धी समस्या भएको बताइएको छ । मृतक वालिङका पुरुष कोरोनाबाट मृत्यु हुने गण्डकी प्रदेशका पहिलो व्यक्ति हुन् ।

पोखरा ११ रिठ्ठाघाटमा शव व्यवस्थापन गरिदै ।
तस्बिरहरु ः कृष्णमणि बराल

Leave a Reply

Your email address will not be published. Required fields are marked *