Posted on


कोरोना कहरमा गाउँ फर्केर घर र बाँझो जमिन स्याहारदै पोखरा कुइरेडाँडाका स्थानीय
कृष्णमणि बराल÷पोखरा
कोरोना कहरमा कुइरेडाँडाका स्थानीय गाउँ फर्केर घर र बाँझो जमिन स्याहार्न थालेका छन् । पोखरा महानगरपालिका वडा नम्बर २३ फेवातालको सिरान कुइरेडाँडा ७ वर्ष अघि सम्म निकै गुल्जार थियो । ४५ घर धुरी रहेको सुनार बस्तीका प्राय सबैका घरघरमा हलगोरु थिए । लैना भैसी थिए । खेतीकिसानी र बाख्रा पालन प्रमुख पेशा थियो । भैसी, बाख्रा भएपछि धान, कोदो, मकै, तरकारी उस्तै राम्रो हुन्थ्यो कुइरेडाँडाको सुनार बस्तीका अगुवा ६० वर्षिय बलविर सुनारले सम्झीए ।
मेरो घरमा दुई जोर हलगोरु थिए । लैन भैसी, बाख्रोहरु १०÷१२ वटा थिए । दुःख गरे अनुसार धान, कोदो लगायत अन्नपात पनि राम्रो उत्पादन हुन्थ्यो । छोरा ठुलो भयो । नेपालमै काम पाएन । विदेश हानीयो । छोरोले दुबैइमा दुःख गरि कमाएर पठाएको पैसाले पोखरा २३ कार्कीको तहरामा जग्गा किन्न भन्यो । बिस्तारै उसैले पठाएको पैसाले घर बनायौं । बेसीमा नयाँ घर बन्दा सम्म पनि म यतै गाउँमै बस्थे बुहारी र नातीनातीना पोखरा २३ कार्कीको तहरामा बस्ने र नातीनातीना स्कूल पढाउने गर्थिन ।


छोराले तलै झर्नु बा भनेर हत्ते गरिरहेकै थिए । छोराकै जोडबलले तल झरे उनले सुनाए । गाउँ नजिकको स्कूल पनि मर्ज भएर टाढा भयो । हाम्रा भाइ भतिजा बिस्तारै दुबइ, कतार जान थाले । दुःख गरि कमाएको पैसाले बालबालीका पढाउन सजीलो हुने देखि तल फेदीको कार्कीको तहरा र ठुलाखेतमा क्षेत्रमा घडेरी किन्ने र उतै सर्दै जान थालेपछि ५ वर्ष देखि ४५ घर धुरी रहेको कुइरेडाँडाको सुनार बस्ती नै खाली भएको उनले सुनाए ।
कुइरेडाँडाको सबै दाजु भाइ भेटहुँदा गाउँ फर्कने बारे सल्लाहा भइरहन्थ्यो । तर समय जुरेको थिएन । कोरोनाको कराण नेपालमा पनि समस्या भयो । गाउँमा त्यत्रो जमीन बाँझै । फेदीमा रहेको एउटा घडेरीमा पनि घर भएपछि अव गाउँ फर्कने र खेती किसानीमै जुट्ने सल्लाहा भएर मेरै पहलमा गाउँ फर्किएको हो उनले सुनाए । कोरोना पछि दुबइमा भएको छोराको जागीर गुम्यो ।
हामी गाउँ फर्कीएर घर मर्मत गरेर बस्न र खेती गर्न थालेपछि छोरा पनि खुशी भएको छ । अव नेपाल फर्कीपछि गाउँमै बस्ने र खेती किसानी गर्ने विदेश नर्फकने छोराले बताएको खुशी हुँदै उनले सुनाए । पहिले धान झुल्ने र कोदा, तरकारी हुने १५ सय देखि २ हजार रोपानी जमीनमा फैलिएको झाडी फाँडेर अव बिस्तारै खेती गरिने उनले बताए । बरु सरकारले यसरी विदेशमा अलपत्र परेका छोराहरुलाई ल्याउने काममा सघाउन उनले अनुरोध गरे ।
२३ वर्षिय सोनु सुनारको बिहे परिवार कुइरेडाँडाबाट कार्कीको तहरामा झरेपछि भयो । बिहेपछि कहिले काही गाउँ हेर्न गए पनि गाउँमा भने उनि बसेकी थिइनन् । अहिले उनि एक हप्ता देखि कुइरेडाँडाको आफ्नै घरमा छिन । बिहीवार दिउँसो उनको गाउँको घर पुग्दा सोनु घरको आँगन संगैका जोडीएको बारीमा पलाएको झाँडी फाडेर डडाउँदै थिइन । यस अघि नै झाडी फाँडेर लगाएको सिमी लगायतका तरकारी उम्री सकेको थियो । कोदाको बिउँ पनि उम्री सकेको छ । अव यही फाँडेका बारीमा कोदो रोप्ने हो खुशी हुँदै उनले सुनाइन् ।
तल फेलीमा घर बाहेक यहाँ जस्तो खेती गर्ने जमिन छैन । कोरोना लागेपछि अव आफै उत्पादन गरेर भए पनि खानु प¥यो नि उनले सुनाइन् । यहाँ हाम्रो भागमा ७ रोपनी जति जमीन छ । यसैमा खेत ीगर्ने र यही बस्ने गरि गाउँ फकिएको उनले सुनाइन् ।
गाउँलाई पुरानै अवस्थामा फर्काउने गरि एक हप्ता अघि देखि दाजु भाई जुटेको र पाँच घर फर्की सकेको जिवन सुनारले बताए । बिस्तारै सबै ४५ घरकै परिवार फर्कने उनले सुनाए । गाउँमा रहेको पुरानो टंकी मर्मत गरि अहिले खाने पानीको ब्यवस्था भइसकेको पनि उनले बताए । अहिले पाँच वर्ष देखि रित्तो रहेको गाउँमा बिजुली भने छैन । अहिले टुकी बालेर बसेका छौै । चट्याङ पर्दा बिजुलीको तारमै आगो बल्ने भएकोले सुरक्षित रुपमा बिजुली जडान गर्ने योजना रहेको उनले सुनाए ।
कुइरेडाँडा गाउँमा रहेको ४५ घर धुरीमा सबै घरका मानिसले ५ वर्ष लेखि गाउँ छाडेकोले सुनसान भएको बस्तीमा गाउँले घर फर्केर खेती किसानीमा जुटेको थाहा पाएपछि पोखरा महानगरलिकाको कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर कडरिया विहीवार २ सय वटा लहरे बालीका बिरुवा लिएर गाउँ पुगेका थिए ।
समुन्द्र सतह देखि १६ मिटर उचाइमा रहेको कुइरेडँडामा उपयुक्त हुने तरकारी, अन्नबाली उत्पादन गर्न महानगरपालिकाले सघाउने उनले गाउँले माझ बताए । गाउँ फर्केर खेतीपातीमा लाग्नु भएकोमा धेरै खुशी लागेको छ । तपाईहरुलाई कृषि उत्पादनमा आवश्यक प्राविधिक सहयोग पनि हामी दिन्छौ उनले भने । छिमेकी गाउँ हर्पनका भानु पराजुलीले छिमेकी बाबा, आमा, दाजु भाई गाउँ फर्कनु भएकोमा खुशी लागेको बताउँदै गाउँ अव सधै गुल्जार रहने विश्वास गरे ।
कोरोना (कोभिड—१९) कहरले विश्वलाई नै आर्थिक संकटले गाँजेको छ । सन् २०१९ को डिसेम्बर महिनामा चीनको उहान सहरमा पहिलो पटक देखा परि विश्वभर फैलिएको कोरोना भाइरस नेपालमा पनि २ सय ४६ जनामा सक्रमण भइसकेको छ ।
कोरोना कहरका कारण आफ्नो जन्मस्थल, घर र देश सम्झने र फर्कने क्रम बढेको छ । यसै क्रममा नेपालमा पनि गाउँ फर्कने र बाँझा जमिन खनजोत गर्ने क्रम सुरु भएको छ । वर्षै देखि मानिसको पर्खाइमा रहेका गाउँका भुत्याहा जस्तै देखिने घर र बाँझा जमीनले स्यारसुसार पाउन थालेका छन् ।

  • पाँच वर्ष पछि गाउँ फर्केर खेती गर्न घर अगाडीको झाँडी फालेर आगो लगाउँदै बाँझाे जमीन खन्जाेत गर्दै पाेखरा २३ कुइरेडाँडाका स्थानीय ।
    तस्बिरहरु ः कृष्णमणि बराल

Leave a Reply

Your email address will not be published. Required fields are marked *