Posted on

कृष्णमणि बराल
पाेखरा : पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरमा मंगलवार देखि ओपिडि सेवा पूर्न सुरु भएको छ । विश्वभर फैलिएको मान्छेबाट मान्छेमा सर्ने कोभिड—१९ (कोरोना भाइरस) नियन्त्रण गर्न सरकारले चैत ११ गते देखि देशभर लकडाउन गरे संगै बन्द रहेको ओपिडि सेवा ५० औं दिनमा खुलेपछि बिरामीको चाप बढेको हो ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा लकडाउनकाे ५० अाै‌ दिन मंगलवार देखि ओपिडि सेवा सुरु भए पछि अस्पतालमा बिना फिजकल डिस्टेन्स लागेकाे भिड ।
तस्बिर : कृष्णमणि बराल

टिकट लिन र डक्टर संग चेकजाँच गर्न भित्र जान फिजिकल डिस्टेन्स कायम गर्ने ब्यवस्था नमिलाइदा बिरामीहरु कोरोना कहरका बिच पनि भिडभाड र ठेलम ठेल गरी ओपिडिको टिकट लिन लाइनमा बसेका थिए । लकडाउनको समयमा अस्पताल नगैनहुने बिरामी बाहेक अन्य बिरामी घरमै औषधी सेवन गरेर बसेकोमा लकडाउन खुकुलो हुनु र ओपिडि सेवा पूर्न सुरु भए संगै बिरामीको चाम अस्पतालमा बढेको हो ।

इमरजेन्सी सेवा लिन आउने बिरामी, प्रशुती सेवा, डायग्नोसिस गर्नु पर्ने बिरामीहरुकालागि भने लकडाउनले कुनै असर गरेको थिएन । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा सामान्य अवस्थामा दैनिक १२ सय देखि १५ सय जना सम्म बिरामी उपचार गर्न आउने गरेकोमा त्यो संख्या घटेर मुस्कीलले दुई सय दुई सय पचास जना बिरामी दैनिक उपचारकालागि आउने गरेकोमा ओपिडि सेवा सुरु संगै चाप बढेको अस्पताल प्रशासनले बताएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा लकडाउनकाे ५० अाै दिन मंगलवार देखि ओपिडि सेवा सुरु भए पछि अस्पतालमा बच्चा जचाएर फर्कदै अभिभावक ।
तस्बिर : कृष्णमणि बराल

Leave a Reply

Your email address will not be published. Required fields are marked *